मील सहायक (MEAL Assistant)
Details / requirements:
कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८२/०२/११
रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको बाल, उमेर नपुगी तथा जबरदस्ती पुर्वक गरिने विवाह सम्बन्धी रोकथाम तथा प्रतिक्रिया (Prevent and Respond to Child, Early and Forced Marriage-CEFM) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली महिलाहरूबाट यो सूचना प्रकाशित भएको मितिले ८ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदन तल उल्लेखित ठेगानामा वा ईमेल मार्फत पठाउन आव्हान गरिन्छ ।
१. पद: अनुगमन मुल्यांकन जवाफदेहिता र सिकाइ (MEAL) सहायक – १ जना (विज्ञापन नं: २२–०८१/०८२)
- प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण भएको (स्नातकलाई ग्राहयता दिइने) ।
- अनुगमन, मुल्यांकन, जवाफदेहिता तथा सिकाइ, तथ्याङ्क व्यवस्थापन र अभिलेखिकरणमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
- सरोकारवालाहरूसँग समन्वय गर्ने, प्रतिवेदन लेखन, सुपरिवेक्षण आदिमा कार्य अनुभव भएको ।
नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
पदको विस्तृत कार्य–विवरण: मील सहायक (MEAL Assistant)
दरखास्त दिने अन्तिम मिति: २०८२।०२।१८ गते साँझ ५։०० बजे सम्म ।
आवेदनका लागि: रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर–२, महोत्तरी
वा
ईमेल: vacancyryc@gmail.com
Overview
Category | Development and Project, Development / NGO |
Openings | 1 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Position Level | Mid Level |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 25 May, 2025 |
Apply Before | 01 Jun, 2025 |
City | Mahottari |