वार्षिक लेखापरीक्षणका लागि प्रस्ताव - पत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
प.सं. २०८२/८३
मितिः २०८३/०३/०८
च.नं.: ४७६
वार्षिक लेखापरीक्षणका लागि प्रस्ताव - पत्र आह्वान सम्बन्धी सूचना
पीसविन नेपाल एक गैरसरकारी सामाजिक विकास संस्था हो। यसले नेपालका विभिन्न समुदायमा सरोकारवालाहरूसँग साझेदारीमा महिला, बालबालिका, युवा समुदायका साथै स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, सुशासन र जलवायु न्यायका क्षेत्रमा कार्य गरिरहेको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक लेखापरीक्षण गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा दर्ता भएका लेखापरीक्षण व्यवसायी संस्थाबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित बजेट प्रस्ताव खामबन्दी रूपमा पेश गर्न आह्वान गरिन्छ।
खरिद समिति
पीसविन नेपाल
पेश गर्नुपर्ने आवश्यक कागजातहरूः
- फर्म/संस्थाको प्रोफाइल
- फर्म दर्ताको प्रमाणपत्र (नवीकरणसहित)
- स्थायी लेखा नम्बर (PAN/VAT)
- गत आ.व.को कर चुक्ताको प्रमाणपत्र
- प्रस्तावित बजेटसहितको प्रस्तावना
- आर्थिक प्रस्तावनामा प्रति एक करोड रुपैयाँसम्म लाग्ने सेवा शुल्क वा एकमुष्ट दश करोडसम्म र सोभन्दा माथिको कारोबारमा लाग्ने तथा अन्य कुनै शुल्क लाग्ने भए स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
- लेखापरीक्षणका लागि पुग्नुपर्ने स्थानहरूः बाजुराको मार्तडी, अछामको साँफेबगर र कैलालीको धनगढी।
प्रस्ताव-पत्र पेश गर्ने ठेगाना :
पीसविन नेपाल केन्द्रीय कार्यालय, मार्तडी, बाजुरा
(फोनः ०९७-५४१११३) वा
प्रदेश कार्यक्रम सहयोग कार्यालय, तारानगर, धनगढी, कैलाली
(फोनः ९८४०९४६८०२) वा
जिल्ला परियोजना सहयोग कार्यालय, साँफेबगर, अछाम
(फोनः ०९७-५९०४८०) वा
वा इमेल ठेगाना: peacewin.calls@gmail.com मा पासवर्ड सहित संलग्न गरी पठाउन सकिनेछ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 22 Jun, 2026 |
| Apply Before | 06 Jul, 2026 |
| City | Bajura |