शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/३/२२)
राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक वन उपभोक्ता महासंघद्वारा केएर नेपालसँगको साझेदारी तथा लहान नगरपालिकाको समन्वयमा सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १५ र १८ मा मुतनी खोला जलाधार क्षेत्र भित्रका वासिन्दाहरूलाई लक्षित गरी वन संरक्षण, जलाधार व्यवस्थापन तथा संरक्षण मैत्रि जीविकोपार्जन सुधार कार्यक्रमहरू सञ्चालन गरिहेको छ । यसै सन्दर्भमा साना तथा भूमिहिन किसानहरूले सञ्चालन गरिरहेका कृषक समूहका सदस्यहरूलाई लक्षित गरी संरक्षण मैत्री जीविकोपार्जन सुधारका लागि महिला मैत्री कृषि औजारहरू र टेलरिंङ्ख सम्बन्धि सामग्रीहरू खरिद गर्न पर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका तपशिलमा उल्लेखित स्पेसिफिकेशन बमोजिमका सामग्रीहरू आपूर्ति गर्न योग्य तथा इच्छुक अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
S.N. | Name of Tool | Specifications | Unit | Quantity | Rate with VAT (In figure) | Rate in words | Remarks |
Agricultural tools | |||||||
1 | Garden Rake | Manual, made up of mild steel | |||||
2 | Seed planter | Both planting and fertilizer, adjustable spacing, 2-4kg seedbox capacity, single row hand push seeder | |||||
3 | Millet thresher with winnower | Power Source: Electric motor Rated Power: 2 hp Rated Speed: 1440 rpm | |||||
4 | Millet milling machine | Motor power. 1-3 HP; Electricity Connection. Single Phase; Operation Mode. Automatic; Applications. Husk Remover; Product Capacity. 60 - 80 Kg / Hr. | |||||
5 | Jab planter | Seed and fertilizer mode, manually operated double type, seedling no. 1-3 seeds adjustable, 2.5kg gross weight, efficiency: 7 kattha/day applicable for maize, bean, mungbean,chickpeas etc. | |||||
6 | Corn sheller | Single tube electric, single feeding type, 0.48Kv rated power, 220volt,standard motor speed atleast 1600 rev/min, minimum 18kg weight, more than 750kg/hr productivity, applicable for maize. | |||||
7 | Chaff cutter | Motor power (2-3 HP), cutting capacity ( 400-1200 kg/hr), and blade material (high carbon steel). Additionally include dual operation modes (manual & electric), construction material (iron or steel), and cutting size (10-35mm), using for cutting fodder like grass, hay, or straw into small pieces for animal feed | |||||
8 | Solar trap | Solar Panel: Size: 99X66 mm (Fitting in HIPS body with on off switch). Power: 1-watt high efficiency solar panel. Lamp : 3- watt UV LED lamp | |||||
9 | Reaper | Self-propelled,hand held, designed for cutting and gathering crops like wheat, rice, or soybeans, 1 acres/hr, 7 HP · 4 Feet Paddy Reaper Machine | |||||
Tailoring materials | |||||||
10 | Interlock machine | 3 Needle 5 Thread Flat Bed Interlock Stitch Machine with Active Thread Control & Top Feeder. | |||||
11 | Piko machine | Semi-automatic embroidery stitch machine, with rotary hooks set and steel gears. |
१. बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमादर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । माथि उल्लेखित सामग्रीहरू मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरूको मात्र दर भाउ उल्लेख गर्नु पर्ने छ ।
२. बोलपत्र सम्बन्धित आपूर्तीकर्ताकै लेटर प्याडमा प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
३. दर भाउ पेश गर्दा उपरोक्त बमोजिमका कृषि औजारहरू तथा टेलरिंङ्ख सम्बन्धि सामग्रीहरूको ढुवानी लहान न.पा. वडा नं. १५ र १८ का कृषक समूहहरूमा गर्नु पर्ने भएकोले ढुवानीको व्यवस्था, बिक्री पछिको सेवा, बारेन्टी ग्यारेन्टी लगायतका सेवा सुविधाहरू के कसरी, कस्ता शर्तहरूमा रही दिन सकिने हो वा नसकिने हो स्पष्ट खुलाई पेश गर्नु पर्ने छ ।
४. बोलपत्र फाराम खामबन्द गरी लाहा छापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा भएमा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
५. पेश गरिएका बोलपत्रहरू यो सूचना प्रकाशन भएको मितिबाट ८ औँ दिन मध्यान्न २:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्रदाता स्वयम्वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्र दाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
६. म्याद नाघी वा रित नपूगी आएका बोलपत्रउपर कुनै कारबाहीहुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
७. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
बोलपत्र पेश गर्ने र खोलिने ठेगानाः
राष्ट्रिय कृषक समूह महासंघ नेपाल ,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.– १, सिरहा–(बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली बाट १०० मि.भित्र ।)
फोन न. ०३३–५६४०७३
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 06 Jul, 2025 |
Apply Before | 12 Jul, 2025 |
City | Kathmandu |