आपूर्ति र सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Social Awareness and Development Academy SAADA-NEPAL

Details / requirements:

सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा-नेपाल), कालीकोट

आ.व. २०८२/०८३ का लागि आपूर्ति र सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०३/२७ गते

वि.स. २०६१ सालमा स्थापना भएको सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालीकोट नाफा रहित गैरसरकारी विकास साझेदार संस्था हो । यस संस्थाले समावेशी लोकतान्त्रिक अभ्यासहरुलाई प्रवर्धन गर्ने र शान्तिपूर्ण सामाजिक रुपान्तरणको लागि क्षमता निर्माण, नागरिक राजनितिक,  आर्थिक,सामाजिक र सांस्कृतिक आयामहरुमा बाल अधिकार सहित समग्र मानव अधिकारको अभिवृद्धि,  बहु सरोकारवालाहरुको संलग्नता र मानवीय सहयोग मार्फत जिविकोपार्जनमा सुधार,  विपन्न दलित, जनजाती, यौनिक तथा लैङ्गिक अल्पसंख्याक समुदाय, सिमान्तकृत समुदाय र पछाडि पारिएका समुदायको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य,सञ्चार, खाद्यान्न सुरक्षा, पोषण, जलवायु परिवर्तन, बाल बिवाह न्यूनिकरण, समावेशी शिक्षा तथा अपांङ्गगता बालबालिकाहरुको शिक्षामा पहुँच, खानेपानी तथा सरसफाई लगायत विकास निर्माण, सुशासन, मानवअधिकार, बालअधिकार, शान्ति र लोकतन्त्र प्रवर्धनका साथै सामुदायिक संस्थाहरुको गठन,  अभिमुखीकरण र सशक्तिकरण गरी समतामुलक समाजको निर्माण मार्फत राष्ट्रको विकासका लागि योगदान पुयाउदै आईरहेको छ । संस्थाद्वारा संचालनमा रहेका विभिन्न परियोजनामा आथिक वर्ष २०८२/०८३ का लागी तपशिल बमोजिमका विभिन्न वस्तु तथा सेवाहरु आवश्यक हुने भएकाले वस्तु तथा सेवा प्रदायकहरुबाट सुचना प्रकाशन भएको मिति २०८२/०३/२७ गते देखि २०८२/०४/०९ अर्थात १५ दिन भित्र सुचिकरणको लागि पुर्व योग्यता निर्धारण फाराम भरी पेश गर्ने हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकशित गरिएको छ । इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरूबाट कार्यालय समय भित्र कार्यालयमा सुचीदर्ताको लागि यही मितिः २०८२ श्रावण ०९ गते साँझ ५ बजे सम्म कार्यालयमा वा ईमेल procurement.saadanepal2004@gmail.com मार्फत उल्लेखित कागजात सहित आवेदन पेश गर्न आह्रान गर्दछौं ।

सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरूः

  • परामर्श सेवाहरूः (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता, स्टोरी तथा भिडियो डकुमेन्ट्री र अनुसन्धानकर्ता)।
  • लेखापरिक्षकः नेपाल चार्टड एकाउन्टेन्ट संस्थामा दर्ता भएका लेखा व्यावसायीहरु ।
  • भवन निर्माणः भवन निर्माण कार्यको लागि निर्माण व्यवसायी ।
  • सवारी साधनः (बस, स्कारपियो, बुलेरो, मिनि ट्रक) भाडामा लिने सम्बन्धि कार्य ।
  • कार्यलय मसलन्दः स्टेशनरी तथा खेलकुद सामाग्रीको आपुर्तिकर्ताहरू ।
  • छपाईः (कपि, पोष्टर, किताब, डायरी, प्रमाण पत्र, ब्यानर, होर्डिङ्ग बोर्ड आदि) ।
  • कृषि औजारः  पशु सम्बन्धि, बिउ बिजन, मल किटनाशक औवधि, बाख्रा, सुँगुर,  कुखुरा आदिसँग सम्बन्धि ।
  • त्रिकामा विज्ञापनः सूचना तथा सन्देश प्रसारण गर्ने र कुरियर सेवा एफ.एम.रेडीयो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण गर्ने कार्य ।
  • मर्मत सम्भारः मोटरसाईकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य, कम्प्युटर, ल्यापटप, फोटोकपी एवं ईलेक्ट्रोनिक्स सम्बन्धि सामानहरूको आपूर्ति तथा मर्मत सम्भार गर्न ।
  • फर्निचर (दराज, टेबल, कुर्चि, कार्पेट, कुसन आदि) सामानहरू आपूर्ति गर्ने कार्य ।
  • हार्डवयर (कर्कट पाता, सिमेन्ट, रङ्ग रोगन, शौचालयका सामाग्रीहरू र सिचाई सामाग्रीहरूको आपूर्ति सम्बन्धि ।
  • खानेपानी तथा पाइपलाईन विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस सामाग्रीहरू आपूर्ति कार्य ।
  • माटो, इटा, बालुवा र गिटी आदि आपुर्तीगर्ने कार्य ।
  • तालिम, बैठक तथा गोष्ठी सञ्चालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटलहरू ।
  • समुदायमा खाना खाजा खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने होटलहरू ।
  • उद्यमशीलता तथा सीपमुलक तालिम (हाउस वाइरिङ्ग, मोबाईल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक) आदि सम्बन्धि तालिम प्रदान गर्ने सेवाप्रदायकहरू ।
  • स्कुल पोशाक, ब्याग, कम्बल, त्रिपाल तथा कीटनाशक झुल आदि आपूर्ति गर्ने कार्य ।
  • किराना, सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुत्ता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरू आपुर्तिकर्ताहरू ।

रखास्तका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरूः

  • फर्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण-पत्र
  • स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
  • आर्थिक वर्ष ०८१/८२ वा ८२/८३ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि
  • सुचि दर्ताका लागि निवेदन

यो  सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण(पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

Attachment's:

Supplier Registration Form

Self-Declaration Form

Child Protection Policy

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Jul, 2025
Apply Before 25 Jul, 2025
City Kalikot