कोटेशन आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कोटेशन आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/०३/२३)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपाल सँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा।पा। तथा धनगढीमाई न.पा. साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णसावरन गा पा संगको सहकार्यमा साना,  भूमिहीन, महिला,  युवा र सीमान्तकृत किसानहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउँदै जलवायु परिवर्तनका असरहरुलाई अनुकूलनीय अभ्यासहरू मार्फत उत्थानशील बनाउने र सम्बन्धित स्थानीय नगरपालिका तथा गाउँपालिकाहरुको नीतिहरू, योजनाहरूमा जलवायु न्यायलाई मूलप्रवाहीकरण गर्न मद्दत गर्ने उद्देश्यले जलवायु मैत्री गाउँ नेपाल परियोजना संचालनमा रहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका सेवारसामग्रीहरु खरिद गर्नुपर्ने भएकाले मुल्य अभिवृद्धि करमा दर्ता भएको वा मुल्य अभिवूद्धि करमा दर्ता नगरी संचालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा पान दर्ता भएका उल्लेखित सेवा आपुर्ती गर्न ईच्छुक बिक्रेता/आपुर्तिकर्ता/वितरक/कम्पनी तथा सेवा प्रदायकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र  सम्बन्धित आपूर्तीकर्ताहरुकै लेटर प्याडमा दरभाउ तथा शर्तहरु उल्लेख गरी कोटेशन ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

आपूर्ति गरिने सेवा/सामग्रीहरुको विवरण:

सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई न.पा. साथै सप्तरी जिल्लाको रुपनी तथा अग्नीसाईर कृष्णसावरन गा.पा. स्थित करिव ५०० कृषक समूहहरूका किसानहरूलाइ लक्षित गरी लागि बजार र मौसम सम्बन्धी सूचना मोबाइल सन्देश (SMS) मार्फत उपब्ध गराउने ।

१. कोटेशन पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमादर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सेवा/सामग्रीको लेटरप्याडमा दर भाउ अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । यसरी सेवा/सामग्रीको विवरण उल्लेख गर्दा उपलब्ध गराउने समयसीमा र बारेन्टी ग्यारेन्टी लगायतका सेवा सुविधाहरु के कसरी, कस्ता शर्तहरुमा रही दिन सकिने हो वा नसकिने हो स्पष्ट खुलाई पेश गर्नु पर्ने छ ।  

६. म्याद नाघी वा रित नपूगी आएका कोटेशन उपर कुनै कारबाही हुने छैन । 

७. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र  नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

सम्पर्कका लागि:

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

राष्ट्रिय सचिवालय, मध्य बानेश्वर, काठमाडौं

फोन नं. ४१०५०१८