कर्मचारीहरु आवश्यकता सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति २०८२ आषाढ २४ गते

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।

महासंघले आर्थिक सशक्तिकरण तथा जलवायु न्याय अन्तर्गत पोषणसंग सम्बन्धित गतिविधिहरु मार्फत लक्षित वर्गको पोषणमा पहुंच साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले केएर नेपालसंगको सहकार्यमा सिरहा जिल्लाका ६ वटा र सप्तरी जिल्लाका २ वटा स्थानीय सरकारहरुसंगको सहकार्यमा कार्यक्रम संचालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहामा एवं सम्बन्धित पालिकाहरुमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपसिलमा उल्लेखित ठेगानामा  साउन २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न अनुरोध गरिन्छ ।

निवेदन पेश गर्दा अपेक्षिततलव समेत उल्लेख गर्नुपर्नेछ ।

पदपद  संख्याशैक्षिक योग्यताआवश्यक अनुभव
परियोजना संयोजक  (Project Coordinator- Health or Nutrition Background)

जन स्वस्थ्य वा पोषण  विषयमा स्नातका तह उतिर्ण गरी कम्तिमा ३ वर्ष पोषण क्षेत्रमा कार्य अनुभव भएको ।

(संम्वन्धित विषयमा स्नातकोत्तर भएमा प्राथमिकता दिइने छ )

  • पोषण तथा स्वास्थ्यमा आधारित गतिविधिहरुको विश्लेषण गर्ने सघन ज्ञान र अनुभव भएको ।
  • परियोजना  ब्यवस्थापन तथा टीम संयोजन र परिचालन सम्बन्धी कुशल क्षमता भएको ।
  • कार्यक्रमको उद्देश्य, रणनीति प्रतिको गहिरो बुझाई सहितको संचार क्षमता साथै  समुदायको आवश्यकता पहिचान, चुस्त योजना एवं गुणात्मक कार्यान्वयनको दक्षता भएको । 
  • संचालित गतिविधिहरुको प्रभावकारी अनुगमन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण बारे विविधिकृत ज्ञान एवं सीप भएको ।
  • पोषण विशेष र संबेदनशील क्रिृयाकलापबारे गहिरो ज्ञान र सहजीकरण सीप भएको ।
  • पोषण विविधिकरणमा आधारित उत्पादनसंग सम्बन्धित कृयाकलापहरुमा नविनतम अभ्यास सहित तोकिएको क्रियाकलापरु गुणस्तरीय रुपमा संचालनको ज्ञान र अनुभव भएको । 
  • सहजकर्ताहरुको लागि प्राविधिक ज्ञान विकास एवं गतिविधिहरुको प्रभावकारी कार्यान्वयनको सीप र अनुभव भएको ।
  • लैङ्गिक मूलप्रवाहीकरण, सहभागितात्मक उत्पादन र उत्पादनको बजारीकरणबारे ज्ञान भएको ।
  • कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग, अन्य सरकारी तथा गैरसरकारी संघ संस्था र विकास साझेदारहरुसँगे समन्वय एवं सहकार्य गर्ने ।
  • कार्यक्रमको आवश्यकता अनुसार (मासिक, अर्ध वार्षिक र बार्षिक) प्रतिवेदन लेखन, घटना अध्ययन र सफलताका कथा लेखन तथा प्रभाव मुल्यांकनको सीप भएको ।
  • स्थानीय सरकारको अगुवाईमा सघन रुपमा पोणणमैत्री गाउँ अभ्यास संचालन र कृषकलाई डिजिटल माध्यमबाट बजारमा पहुँच पुर्याउने काममा सहजीकरण गर्ने ज्ञान र सीप भएको । 
  • कृषि क्षेत्रमा रहेको खराव अभ्यासलाई कम गर्न महासंघको संरचना परिचालन मार्फत समुदायमा सचेतना बढाउने अनुभव भएको ।
  • स्थानीय तहको कृषि, पोषण एवं स्वास्थ्य सम्बन्धी नीति र कानुनको ज्ञान भएको र सो नीति तथा कानुनको कार्यान्वयनका लागि गाउँ तथा नगरपालिकासँग वकालत गर्न सक्ने 
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेकोअनुभव भएको ।
  • नेपाल सरकारको स्वास्थ्य तथा पोषण सेवा संम्वन्धि प्रणालीगत व्यवस्थापन बारे जानकार रही आवश्यक सहकार्य तथा बहुक्षेत्रीय समन्वय गर्न सक्ने अनुभव तथा सीप भएको ।

कृषि तथा

बजारीकरण अधिकृत  

(Agriculture and Marketing Officer)

कृषि विषयमा स्नातक तह उतीर्ण गरी सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • पोषणमा आधारित गतिविधिहरुको विश्लेषण गर्ने अनुभव भएको ।
  • कृषि, पोषण घर बगैचा र पोषणमा आधारित उत्पादनमा संलग्न रही, जीविकोपार्जनका कार्यक्रहरु संचालनको ज्ञान र अनुभव भएको ।
  • स्थानीय तह –नगररगाउँ पालिका)को प्रणाली सुदृढिकरण, क्षमता विकाससंग सम्बन्धित गतिविधिहरु, नीति सहजीकरण एवं सहयोग सम्बन्धि ज्ञान र अनुभव भएको ।
  • स्थानीय उत्पादनमा सहजीकरण, विविधिकृत उत्पादन एवं  उत्पादनको बजारीकरणको बारे ज्ञान भएको ।
  • सरोकारवालाहरुसंगको  समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको ।
  • स्थानीय सरकारसंगको सहकार्यमा सघन रुपमा सिमान्तकृत तथा महिला कृषक लक्षित स्वच्छ उत्पादनसंग सम्बन्धित गतिविधि सहजीकरण गर्ने ज्ञान र सीप भएको । 
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको । 
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
  • स्थानीय तह तथा समुदाय स्तरमा पोषण विशेष तथा पोषण संवेदनशिल किृयाकलाप संचालन तथा व्यवस्थापन गरेको अनुभव भएको । 
  • पोषण, कृषी तथा बजारीकरण सम्बन्धी विषयको तालिम, गोष्ठीहरुको तालिम मोड्युल, पाठ्यक्रम तथा सामग्री निर्माण गर्न र कार्यक्रमको सहजीकरण गर्न सक्ने सीप भएको । 

स्वस्थ्य तथा पोषण 

अधिकृत  (Health and Nutrition Officer)

जन स्वास्थ्य वा पोषण  विषयमा स्नातक तह उतिर्ण गरी  कम्तिमा २ वर्ष पोषण तथा मातृशिशु स्वास्थ्यको क्षेत्रमा कार्य अनुभव भएको ।
  • सामुदायिक स्वस्थ्य तथा पोषणमा सुधारमा आधारित गतिविधिहरुको विश्लेषण गर्ने एवं कायान्वयन गर्ने अनुभव भएको ।
  • सिमान्तकृत समुदायतहमा पोषण सँग सम्बन्धित गतिविधिहरु संचालनको ज्ञान र अनुभव भएको ।
  • स्वस्थ्य, स्वच्छता एवं पोषणमा आधारित उत्पादनमा संलग्न रही, जीविकोपार्जनका कार्यक्रहरु संचालनको ज्ञान र अनुभव भएको ।
  • सरोकारवालाहरुसंगको  समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको ।
  • स्थानीय सरकारसंगको सहकार्यमा सघन रुपमा सिमान्तकृत तथा महिला कृषकलक्षित स्वच्छ उत्पादनसंग सम्बन्धित गतिविधि सहजीकरण गर्ने ज्ञान र सीप भएको । 
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको । 
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिईने ।
  • नेपाल सरकारको स्वास्थ्य तथा पोषण सेवा संम्वन्धि प्रणालीगत व्यवस्थापन बारे जानकार रही आवश्यक सहकार्य तथा बहुक्षेत्रीय समन्वय गर्न सक्ने अनुभव भएको ।
  • स्वास्थ्य प्रणाली सुदृढीकरणका बहु आयामिक पक्षहरुको बारेमा जानकारी तथा कार्य अनुभव  भएको । 
  • स्वास्थ्य संस्था तथा समुदाय स्तरमा पोषण विशेष तथा पोषण संवेदनशिल किृयाकलाप संचालन तथा व्यवस्थापन गरेको अनुभव भएको ।
  • पोषण तथा स्वास्थ्य सम्बन्धी विषयको तालिम, गोष्ठीहरुको तालिम मोड्युल, पाठ्यक्रम तथा सामग्री निर्माण गर्न र कार्यक्रमको सहजीकरण गर्न सक्ने सीप भएको ।

अनुगमन  तथा मुल्यांकन अधिकृत 

(MEAL Officer)

जन स्वस्थ्य वा पोषण वा मानविकि, समाजशास्त्र  अन्य, विषयमा स्नातक वा सो सरह उतीर्ण गरी सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • कार्यक्रमको लक्ष्य, उद्देश्य एवं उपलब्धी मापन एवं सुचकमा आधारित अनुगमन तथा मुल्यांकन सम्बन्धी अनुभव भएको ।
  • तथ्यांक संकलन, विश्लेषण र प्रतिवेदन सम्बन्धि दक्षता भएको साथै संजालमा आधारित तहगत संरचनाहरुसंग सम्बन्धित कृयाकलापहरुको अनुगमन  तथा मुल्यांकनको ज्ञान भएको । 
    • उपलब्धिको मापन साथै गुणस्तरीय दस्तावेजीकरण सम्बन्धि दक्षता भएको ।
    • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको । 
  • तहगत सरकार, सरोकारवाला एवं सामुदायिक सेवा प्रदायसंगको समन्वय, सहकार्य र साझेदारीका काम गरेका अनुभव भएको ।
  • संचारमाध्यमसंगको सहकार्य,  संस्थागत एवं कार्यक्रमगत दृश्यात्मक सामाग्री निर्माण साथै सरोकारवालाहरु समक्ष संप्रेण, प्रकाशन र प्रसारणमा दक्षता भएको । 
  • कार्यक्रम कार्यान्वयन योजना,  प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन र दस्तावेजीकरण सीप भएको ।
    • DMIS तथा तथ्यांक, अनुगमन तथा मूल्यांकन सम्बन्धी मोवाइल एप र Software सञ्चालन गर्न सक्ने सीप तथा ज्ञान भएको । सरोकारवालाहरु विच प्रभावकारी संचार सीप साथै सामाजिक संजालको प्रभावकारी उपयोग सम्बन्धि अनुभव भएको ।

अधिकृत (महिला एवं किशोरी समानता र सामाजिक न्याय)

(Women and girls equality and social justice officer)

मानविकि, समाजशास्त्र, मा स्नातका वा सो सरह उत्तीर्ण गरी सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • कार्यक्रमहरुको लक्ष्य, उद्देश्य एवं लक्षित उपलब्धि हासिलको लागि GESI मूलप्रवाहीकरण योजना तथा कार्यक्रम निर्माण सम्बन्धि अनुभव भएको ।
  • महासंघले संचालन गरेको जलवायुमैत्री गाउँ अभ्यास, कृषक पाठशाला खाद्य तथा पोषण सुरक्षा, अधिकारमा आधारीत गतिविधिहरुको GESI योजना कार्यान्वयन गर्न टिमलाई प्राविधिकरुपमा सहजीकरण गर्नसक्ने क्षमता भएको । 
  • सरोकारवालाहरुसंगको  समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको साथै GESI दृष्टीकोणबाट मूल्यांकन गर्न सक्ने । 
  • परियोजनाको लक्षित समुदाय, महासंघका कर्मचारी, संरचनाका पदाधिकारीको क्षमता अभिबृद्धि गर्न GESI सम्बन्धि तालिमहरुको विकास गर्ने र कार्यान्वयनमा सहजीकरण सीप भएको ।  
  • क्षमता अभिबृद्धिमा GESI संबेदनशीलता समाबेशको लागि आवश्यक पहल, गतिविधिहरुको सुनिश्चितता गर्न सक्ने महासंघका संस्थागत एवं परियोजनागत गतिविधिहरुमा GESI सिद्धान्तहरुलाई एकिकृतरुपमा समावेश गर्न सक्ने सीप भएको ।  
  • पोषण, खाद्य तथा स्वास्थ्यसँग सम्बन्धित हानिकारक सामाजिक मूल्य मान्यता र अभ्यासका साथै लैंगिक विभेदको पहिचान गरि कार्यक्रमको लक्षित समुह तथा समुदायसँग संवाद, छलफल, पैरवी  तथा रिफ्लेक्ट गर्ने ज्ञान तथा सीप भएको । 
  • GESI असमानतालाई विश्लेषण गर्ने र सीमान्तकृत समूहहरुको अर्थपूर्ण नेतृत्व, सहभागितर अवसरको लागिे स्थानीय सरकारसँग नीतिगत वकालत गर्ने । 
  • सरोकारवालाहरु सँग  सम्पर्क, समन्वय तथा संचार गर्न सक्ने सीप  भएको । 
  • हानिकार सामाजिक व्यवहार परिवर्तन सम्बन्धि विभिन्न सचेतनामूलक कार्य गर्न सक्ने, सूचना, सञ्चार समाग्रीको उत्पादन र उपयुक्त प्रयोग बारे मातहतका कर्मचारीहरुको क्षमता विकास गर्न सक्ने ।  
  • समुदायको अवस्था र आवश्यकता अनुसार नवप्रवर्द्धनको प्रयोग गर्न सक्ने । 

लेखा तथा प्रशासनअधिकृत

(Finance and Admin officer)

ब्यवस्थापन विषयमा स्नातक वा सो सरह उतीर्ण गरी सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि लेखा ब्यवस्थापन एवं प्रसासनमा कम्तिमा २ वर्षको अनुभव भएको ।
  • लेखाको सिद्धान्त, विद्यमान आयकर तथा अन्य करबारे ज्ञान भएको ।
  • प्रभावकारी वित्तिय ब्यवस्थापन क्षमता एवं गुणस्तरीय आर्थिक प्रशासकीय ब्यवस्थापनको ज्ञान भएको ।
  • वित्तिय अनुगमन मुल्यांकन र कर्मचारी तथा पदाधिकारीहरुको वित्तिय दस्तावेजिकरण क्षमता विकासमा योगदान गर्न सक्ने खरिद प्रकृया, कर ब्यवस्था, लेखा प्रणाली सम्बन्धि अनुभव भएको ।
  • दस्तावेजिकरण एवं प्रशासनीक गतिविधिहरु बारे ज्ञान भएको ।
  • दाहोरो लेखा प्रणालीको व्यवहारिक ज्ञानभएको । 
  • नेपाल सरकारको करप्रणाली तथा अन्य नीतिगत व्यवस्था र अभ्यासबारे ज्ञान भएको । 
  • FAMAS software को प्रयोग र FAMAS मार्फत रिर्पोट तयार गर्ने, विश्लेषण गर्ने ज्ञान र अभ्यास भएको ।

स्वस्थ्य तथा सरसफाई  सहजकर्ता

(Health and Wash Facilitator)

स्वस्थ्य सहायक वा नर्सिग विषयमा    प्रमाण पत्र तह, वा सो सरह उतिर्ण गरी पोषण तथा मातृशिशु स्वास्थ्य वा खानेपानी, सरसफाइ तथा स्वाच्छता को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • सामुदायिक स्वस्थ्य तथा पोषणमा सुधारमा आधारित गतिविधिहरुको सहजीकरण सीप तथा अनुभव भएको ।
  • सिमान्तकृत समुदायमा सामाजिक  परिचालन एवं पोषण सँग सम्बन्धित गतिविधिहरु संचालनको  अनुभव भएको ।
  • स्वस्थ्य, स्वच्छन्दता एवं पोषणमा आधारित उत्पादनमा संलग्न रही, जीविकोपार्जनका कार्यक्रहरु सहजीकरणको अनुभव भएको ।
  • सरोकारवालाहरुसंगको  समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको ।
  • स्थानीय सरकारसंगको सहकार्यमा सघन रुपमा सिमान्तकृत तथा महिला कृषक लक्षित स्वच्छ उत्पादनसंग सम्बन्धित गतिविधि सहजीकरण गर्ने ज्ञान र सीप भएको । 
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको । 
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
  • स्वास्थ्य संस्था तथा समुदाय स्तरमा पोषण विशेष तथा पोषण संवेदनशिल किृयाकलाप संचालन बारे अनुभव भएको ।
कृषि तथा बजारीकरण  सहजकर्ता (Agriculture and Marketing Facilitator)१०कृषि विषयमा प्रमाण पत्र तह,   वा  जे.टि./जे.टी.ए. उतीर्ण गरी सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि कृषि प्राविधिक भई समुदाय परिचालनको जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
  • सरोकारवालाहरु विच प्रभावकारी संचार सीप साथै सामाजिक संजालको प्रभावकारी उपयोग साथै कृषि एप्सहरु (प्रविधि) प्रयोग गरि सहजीकरण गर्न सक्ने सीप भएको ।
  • कृषक समुह मार्फत सिमान्तकृत समुदायमा  परिचालनको  ज्ञान र अनुभव भएको ।
  • साना किसान लक्षित, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, ब्यवहार परिवर्तन, स्वच्छ उत्पादन, उपभोगसंग सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको । 
  • स्थानीय उत्पादनमा सहजीकरण, विविधिकृत उत्पादन एवं उत्पादनको बजारीकरणको बारे सहजीकरण सीप भएको
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुताबारे बुझाई भएको । 
  • कृषक पाठशालामा आधारित कृषि प्रसार सम्बन्धी अनुभब भएको । 
  • स्वास्थ्य संस्था तथा समुदाय स्तरमा पोषण विशेष तथा पोषण संवेदनशिल किृयाकलाप संचालन तथा व्यवस्थापन गरेको अनुभव भएको ।
  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि 
  • दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मिति: ७ साउन २०८२ सम्म छनौट विधी: लिखित र मौखिक