कर्मचारीहरु आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
मिति २०८२ साल आषाढ २३ गते
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघ सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकास साथै अधिकारमा पहुंच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागी कार्यरत रहदै आएको छ ।
लक्षित वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागी महासंघले विगत १४ वर्ष देखि संस्थागत रणनीतिक योजना, राष्ट्रिय अन्तराष्ट्रिय कृषि विकासको परिवेश, नेपाली मौलिक कृषि एवं किसानको भोगाई र अभ्यास साथै श्रोत साझेदारीमा संचालित गतिविधिहरु, असल अभ्यास र सिकाई प्रमाणमा आधारित नीतिगत एवं विषयगत अभियान गर्दै आएको छ ।
नीतिगत एवं विषयगत अभियान साथैं श्रोत साझेदारसंगको सहकार्यमा गतिविधिहरुको जीम्मेवारीको भूमिकामा रही महासंघको राष्ट्रिय सचिवालय काठमाण्डौमा रहि तपशिल बमोजिमको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकले तपशिलमा उल्लेखित ठेगानामा: २०८२ साल आषाढ ३० गते सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाडा पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।
पद | संख्या | शैक्षिक तथा अनुभव योग्यता | आवश्यक अनुभव तथा मुख्य जिम्मेवारी तथा कार्यहरु |
अभियान ब्यवस्थापक Campaign Manager | १ | आम संचार, कानुन,सामाजिक विज्ञान वा सो सरहको विषयमा कम्तिमा स्नातकोत्तर तह उर्तिण भई सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव वा स्तानक तह उत्तीर्ण गरी कम्तीमा तीन बर्षको कार्य अनुभव भएको |
|
बरिष्ठ अधिकृत (मानीवय श्रोत ब्यवस्थापन/सुरक्षण/ जेसी एवं दस्तावेजीकरण) (HR/Safeguarding, GESI and Documentation) | १ | समाजिक विज्ञान, लैगिक अध्ययन, मानवश्रोत ब्यवस्थापन वा सो सरहको विषयमा कम्तिमा स्नातक तह उर्तिण भई सम्बन्धित पदमा रहि कम्तिमा ३ वर्षको कार्य |
|
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
- ड्राइभिङ्ग लाइसेन्स भएकोलाइ विषेश प्राथमिकता दिइने छ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
दरखास्त बुझाउने अन्तिम मिति: २०८२ साल आषाढ ३० गते सम्म छनौट विधी: लिखित र मौखिक
Overview
Category | Human Resources, Development Project, Development / NGO, Mass Communication/Journalism |
Openings | 2 |
Salary | As per organization rules / |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 07 Jul, 2025 |
Apply Before | 14 Jul, 2025 |
City | Kathmandu |