स्थानीय जातका कुखुरा र हाँसका चल्ला आपूर्तिका लागि दरभाउ (कोटेशन) माग गर्ने सम्बन्धि सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.

Details / requirements:

Ref no.: FN05/NPL 1083-22

विषयः स्थानीय जातका कुखुरा र हाँसका चल्ला आपूर्तिका लागि दरभाउ (कोटेशन) माग गर्ने सम्बन्धि सूचना ।

(दोस्रो पटक प्रकाशित मिति : २०८२/०८/०५)

उपरोक्त सम्बन्धमा यस ‘विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल)’,‘कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC Nepal)’, र वेल्टहन्गरहिल्फे (WHH) को संयुक्त साझेदारीमा सञ्चालित “सुधारिएको खाद्य प्रणाली र समान जीविकोपार्जनका अवसरहरू प्रवद्र्धनका लागि नागरिक समाज (NPL 1083-22)” परियोजनाका स्थानीय जातका कुखुराका चल्ला (घाँटी खुईले, साकिनि, कडकनाथ, न्यु ह्याम्पशायर, अष्ट्रालोर्प) र तराइका स्थानीय जातका हाँसका एक महिने चल्लाहरू खरीद गर्नुपर्ने भएकोले PAN/VAT मा दर्ता भएका ईच्छुक आपूर्तिकर्ता/बिक्रेताहरूबाट रीतपूर्वक कोटेशन आह्वान गरिन्छ । यो सूचना प्रकाशन भएको मितिले ०७ दिन भित्र अर्थात् मिति २०८२/०८/१२ गते तदानुसार २८ नोभेम्बर २०२५ बेलुका ३:०० बजेभित्र फरवार्ड नेपालको परियोजना कार्यालय कपिलवस्तु न.पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा कोटेशन पठाउनु हुन अनुरोध छ । कोटेशनको लागि आवश्यक फाराम तथा कोटेशन सम्बन्धि थप जानकारीका लागि मिति २०८२ मंसिर १२ गते (बेलुका २:०० बजे) भित्र फरवार्ड नेपालको परियोजना कार्यालय तौलिहवा वा संस्थाको info@forwardnepal.org मा ईमेलमा अनुरोध गरि माग गर्न सकिनेछ ।

कोटेशन निम्न शर्तहरू अनुसार पेश गर्नु पर्नेछ ।

  • आपुर्तिकर्ताले स्थानीय जातका कुखुरा र हाँसका एक महिने चल्लाहरू के–कति दर/रेटमा दिन सकिन्छ सोको मूल्य/दरभाउ यसैसाथ संलग्न दरभाउ सूचीमा उल्लेख गरी खाम बन्दी गरी फरवार्ड नेपालको परियोजना कार्यालय वा केन्दीय कार्यालयमा पेश गर्नु पर्नेछ । 
  • कोटेशनमा उल्लेखित कुनै कुरा स्पष्ट नभएमा शाखा कार्यालय कपिलवस्तु न.पा. ३, तौलिहवा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
  • आपुर्तिकर्ताले कोटेशन पेश गरेको दरभाउ परिवर्तन गर्ने सम्बन्धमा कुनै सर्त राख्न पाइने छैन ।
  • अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्य उल्लेख गर्ने आपुर्तिकर्ताहरू स्वतः अयोग्य हुनेछन् ।
  • आपुर्तिकर्ताले फर्म दर्ता प्रमाणपत्र, PAN/VAT दर्ताको प्रमाणपत्र, आ.व. २०८१/८२ को कर चुक्ताको प्रमाणपत्र वा म्यादथपको फोटोकपि र फर्म सञ्चालन गर्न आवश्यक पर्ने अन्य कागजातहरूको फोटोकपि पनि कोटेशनसँगै संलग्न गरी पेश गर्नु पर्नेछ ।
  • छनौट भएको आपुर्तिकर्ताले आपूर्ति गर्ने कुखुरा र हाँसका एक महिने चल्ला स्वस्थ नभएको पाइएमा खरिदकर्ताले सम्झौता रद्द गर्न सक्नेछ । 
  • आपूर्तिकर्ताले आपूर्ति गर्ने कुखुरा तथा हाँसको खोप (vaccination) सम्बन्धी प्रतिवेदन भेटेरिनरी डाक्टरबाट प्रमाणीकरण गरी पेश गर्नु पर्नेछ।
  • कुखुरा तथा हाँसको चल्लाहरू आपूर्तिकर्ताले परियोजना कार्यालय, तौलिहवासम्म ढुवानी गर्नुपर्ने छ । 
  • कोटेशन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस फरवार्ड नेपालमा सुरक्षित रहनेछ ।

फरवार्ड नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 21 Nov, 2025
Apply Before 28 Nov, 2025
City Kapilvastu