आपुर्ति/सप्लाई सम्बन्धि सुची दर्ता गर्ने सम्बन्धमा
CDC Doti is a Provincial non-profit organization, NGO working for the social and economic empowerment of people under the vulnerable zone and community. It was established on 16/09/2049 B.S and has been serving since 30 years for the same cause for social empowerment, inclusive and quality access to education, Disaster Preparedness and Humanitarian Response. Over the period since its inception, CDC has had long experience working with government, international non-government agencies, community based organization in various sectors of social and economic development. In addition, CDC supports community capacity strengthening for rural development, community groups and people on advocacy development in various sectors. CDC believes in human potentials and strives to empower social well-being, community-led development, accountability to community, donors and stakeholders, government and non-government agencies. In this period CDC Doti has developed strong networking, professional relationship among various organizations, networks and structures in the district and province . CDC has hands-on experience on social development, capacity strengthening of local level government, community based organization in Nepal.
Details / requirements:
बिषय: आपुर्ति/सप्लाई सम्बन्धि सुची दर्ता गर्ने सम्बन्धमा ।
प्रथम पटक प्रकासित मिति २०८२/०८/०५
सामुदायिक विकास केन्द्र (CDC), डोटी जिल्लाको स्थानिय स्वयं सेवकहरू द्धारा जिजौडामाण्डौ गा.वि.स.मा स्थापना भै वि.सं.२०४९ साल पौष १६ (December 31, 1992) गते जिल्ला प्रशासन कार्यालय डोटी दर्ता नं. १२ सहित विधिवत दर्ता गरिएको संस्था हो । वि.सं. २०५२ असोज २३ गते समाज कल्याण परिषदमा दर्ता नं.३२८८ सहित दर्ता भएको छ र संस्थाले हाल सुदुर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा विभिन्न दातृ निकायहरुको सहयोगमा समुदाय विकासका कार्यक्रमहरू गदै आईरहेको छ । यसै अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ (FY 26) को लागि यस कार्यालयलाई आवश्यक पर्ने तपसिल बमोजिमका सामाग्रीहरू तथा सेवाहरूको आपुर्ति गर्न इच्छुक ईजाजत प्राप्त फर्म, कमपनी तथा व्यक्तीहरू बाट सुची दर्ता गर्नको लागि यो सुचना प्रकाशित गरिएको छ । यो सुचना प्रकाशित भएको मिति देखि २०८२ मंसिर १९ गते भित्रमा सुची दर्ता फारम भरी साथै उल्लेखित कागजातहरू संगै Suppliers Code of Conduct मा छाप र हस्ताक्षर गरी सुची दर्ता गर्नको लागि यो सुचना प्रकाशित गरिएको छ ।
क. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
ख. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
ग. आधिकारकि बिक्रेता प्रमाणपत्रको प्रतिलिपी ।
घ. आयकर र मु.अ. कर प्रमाण पत्रको प्रतिलिपी तथा मु.अ. करमा दर्ता गर्न नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपी ।
ङ. स्थायी लेखा नम्बरको दर्ता फर्म अध्यावधिक भएको प्रमाण पत्र सहित आफुले चाहेको कारोबारको व्यहोरा ।
च. स्व घोषणा मुल्यङ्कन पत्र ।
छ. आ.ब. २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।
ज. विभिन्न संघ संस्था तथा सार्वजनिक निकायहरू सँग गरेको कार्यअनुभव तथा यो सुचनामा उल्लेख भए बाहेक थप केही सम्बन्धीत प्रमाणपत्र भए सोको पनि प्रतिलिपी संलग्न गर्न सकिने छ ।
सेवा तथा सामाग्रीहरू खरिद सम्बन्धिकार्यहरू
१) कार्यालयको लागि आवश्यक मसलन्द/स्टेशनरी, रिचार्ज, खेलकुद तथा अन्य विविध सामाग्रीहरू ।
२) आवश्यक विभिन्न छपाई (कपि, पोष्टर, पम्पलेट, ब्रोरोसर, किताब, प्रमाण पत्र, फलेक्स ब्यानर) मायाको चिनो, फोटोकपी, प्रीन्ट, भित्तेलेखन तथा होर्डिङ वोर्ड सम्बन्धी कामहरू ।
३) एफ.एम. रेडीयो, टेलिभिजन बाट तथा पत्रिकामा विज्ञापन, सुचना, सन्देश प्रसारण तथा कुरीयर सेवा सम्बन्धी कार्यहरू ।
४) फर्निचर तथा फर्निसिङ्ग सामानहरूको आपुर्ति र मर्मत सम्बन्धी कामहरू ।
५) भवन निर्माण सामाग्री (सि जि आइ सिट, सिमेन्ट, टुलकिट, हेन्डकिट, वाटर पाइप) तथा रङ्ग रोगन, प्लम्बीङ सामाग्री र सम्बन्धीत अन्य हार्डवयर सामाग्री ।
६) सवारी साधन सेवा (स्कारपियो, बोलेरो, तथा टेक्टर ) साना ठुला भाडाका ढुवानी सेवा सम्बन्धमा ।
७) किचन सेट, हाईजिन किट तथा सरसफाईका सामान सम्बन्धमा ।
८) तालीम, बैठक तथा गोष्ठी संचालनका लागी आवास र खाना सहीत तालीमकक्ष भएको होटेल सेवा सम्बन्धमा ।
९) खाद्यान्न तथा अन्य कार्यालयलाई आवश्यक पर्ने खुद्रा तथा किराना सामाग्रीहरू ।
१०) मोटर पाटर्स मर्मत तथा सर्भिसिङ्ग सेवाहरू ।
११) आईटि, हार्डवेयर इक्विपमेण्ट, कम्प्युटर, क्यामेरा, स्क्यानर, प्रिन्टर, हार्डवेयर, पेनडाइभ, एस डी कार्ड तथा मर्मत सम्बन्धि सामाग्रीहरू ।
१२) फोटोग्राफी तथा भिडियोग्राफी ।
१३) प्रकोप व्यवस्थापन तथा राहत सम्बन्धि सामाग्रीहरू (तारपुलिन, इमरजेन्सी किट, गो व्याग, सेल्टर टेन्टस्, कार्पेट, पि–फर्म, विन्टराइजेसन किट आदि) ।
१४) प्रिन्टिङ्ग मिडिया (पत्रपत्रिकामा गरिने विज्ञापन, रेडियो तथा टेलिभिजन विज्ञापन सम्बन्धि सेवा)।
१५) विद्यालय पोशाक, झोला, जुत्ता, स्वीटर, अन्य कपडा तथा त्रिपाल आपुर्ती सम्बन्धी सेवा ।
१६) कृषी बिँउ बिजन, कृषी औजार तथा सामाग्रीहरू ।
१७) स्वयंमसेवक, तथ्याङ्क संकलन तथा परामर्श सेवाहरू (विभिन्न विषयका लागी प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)।
१८) कुरीयर सेवा सम्बन्धी कार्यहरू ।
अन्य थप जानकारी:
- सूचिकृत हुन निवेदन दिनेहरू मध्येबाट योग्य ठहरिएमा फर्म तथा कम्पनीहरूलाई मात्र सूचिकृत गरिने छ र सूचिकृत हुन आएको विवरण क्षमता, दक्षतालाई आधारमानी गरिने छ।
- सूचिकृत भएको विक्रेता, फर्म तथा कम्पनीहरूबाट मात्र यस संस्थाको आवश्यकता अनुसारको सामाग्रीहरू खरिद गर्न तथा सेवा प्राप्त गर्न शिलबन्द कोटेशन माग गरिने छ ।
- यस सम्बन्धि थप जानकारी आवश्यक परेमा यस संस्थाको फोन नं. ०९४–४११०८१ अथवा मोबाईल नं.९८४८५२५७६७ मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
दर्ता प्रकृया:
इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले “सूचीकृत दर्ता” फारम र Suppliers Code of Conduct सामुदायीक विकास केन्द्र सि.डी.सी, डोटी को कार्यालय वा तलको Link अथवा संस्थाको वेभसाइटः www.cdcdoti.org.np बाट प्राप्त गर्न सकिनेछ।
https://drive.google.com/file/d/1mFccHe0Yiy7jv935PWcXcruG3xtZjOX4/view?usp=sharing
सामुदायीक विकास केन्द्र (CDC),
खरिद उपसमिति
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 21 Nov, 2025 |
| Apply Before | 05 Dec, 2025 |
| City | Doti |