Project Coordinator

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२ पुस २० गते आईतवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

Save the Children सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा Child Participation & Community Mobilization Program (बाल सहभागिता तथा समुदाय परिचालन कार्यक्रम) यस संस्था द्धारा सञ्चालन भईरहेको हुँदा उक्त कार्यक्रममा तपशील अनुसारका कार्मचारी आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि अहवान गरिन्छ ।

पद तथा संख्या
शैक्षिक योग्यता
आवश्यक योग्यता तथा सीपहरू

Project Coordinator

१ (एक) जना

Bachelor's degree in Sociology, Management or any relevant discipline (Master's degree preferred)
  • स्वास्थ्य, शिक्षा, बाल अधिकार, बाल संरक्षण तथा जीविकोपार्जन क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव भएको ।
  • सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न सक्ने ।   
  • परियोजना कार्यन्वयन, अनुगमन तथा  मूल्याङ्कनको नेतृत्व गर्न सक्ने ।
  • जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ—संस्थाहरुसँग आत्म विश्वासी तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने ।
  • तथ्याङ्क तथा सूचना व्यवस्थापनमा दक्षता, परियोजनाको प्रगति अभिलेख राख्नुको साथै निर्धारित समयसीमा भित्र गुणस्तरीय नतिजा सुनिश्चित गर्न सक्ने ।
  • बालमैत्री स्थानीय शासन, बाल सुरक्षा, बाल अधिकार तथा स्पोन्सारसीप कार्यक्रम सम्बन्धि कार्य अनुभव भएको ।   
  • Office package; World, Excel, Power point and email internet मा राम्रो दक्षता भएको ।
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू:-

  • व्यक्तिगत विवरण (Personal bio-data),
  • निवेदन (Application),
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates),
  • तालिम तथा कार्यअनुभव पत्रहरूको प्रतिलिपि (Copy of training certificate and experience letter)
  • दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference Persons details)

आवेदन दिने अन्तिम मिति:- सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।

आवेदन पेश गर्ने स्थान रतरिका स्थान:- दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा

ईमेल:- dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौं । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौ

Overview

Category Administrative / Management, Social Science, Development Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 04 Jan, 2026
Apply Before 11 Jan, 2026
City Janakpurdham