सूची दर्ता गर्ने सम्बन्धी सूचना

KIRDARC Nepal

Details / requirements:

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०९/२०

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रुपान्तरणको क्षेत्रमा नेपाल सरकार र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्थासँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को लागि यस संस्थालाई आवश्यक पर्ने तपसिल बमोजिमका सामाग्री तथा सेवाहरूको सरल र सहज ढंगले आपुर्ति गर्नुपर्ने भएकोले इच्छुक ईजाजत प्राप्त फर्म/कम्पनी/संस्थाहरू/व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि यो सुचना प्रकाशित भएको मितिले २१ दिन अर्थात मिति २०८२ माघ १० गते ( २४ जनवरि २०२६), समय बेलुका ५ बजेभित्र तोकिएको ढाँचाको फारमसहित तपसिलमा उल्लेखित आवश्यक कागजात पेशगरि सु्चीकृत गराउन हुन यो सूचना प्रकाशित गरिएको छ । 

आवश्यक सामाग्री तथा सेवाहरूको विवरण

क्र.स.
आवश्यक वस्तु तथा सामाग्री विवरण
क्र.स.
आवश्यक वस्तु तथा सामाग्री विवरण

कार्यालय मसलन्द/स्टेसनरी तथा अन्य विविध सामाग्रीहरू, पुस्तक तथा पाठ्य सामग्री ।

भवन निर्माण सामाग्री (सि जिआइ सिट, ओ पी सि सिमेन्ट, टुलकिट, हेन्डकिट, वाटर पाइप) तथा रङ्ग रोगन, प्लम्बीङ सामाग्री र सम्बन्धीत अन्य हार्डवयर सामाग्री 

फर्निचर तथा सजावट/फर्निसिङ्ग सम्बन्धी सामग्रीहरू

होटल सेवा, तालिम तथा कार्यक्रमहरू संचालनका लागि लज, होटेल र हल

कम्प्युटर, प्रिन्टर तथा अन्य सुचना प्रविधि सम्बन्धी सामाग्रीहरू– टोनर, हार्डड्राईभ, पेनड्राईभ आदि

कृषिजन्य सामाग्री तथा विउ विजन र यन्त्र उपकरणहरू ।

 कम्प्यूटर, ए.सि. तथा अन्य विद्युतीय सामग्रीहरू/उपकरण मर्मत तथा संभार सेवा

विज्ञापन विद्युतीय् तथा छापा, रेडियो कार्यक्रम र स्थानिय तथा राष्ट्रिय पत्रिका 

विद्युतीय सेवा तथा विद्युतीय उपकरण/सामाग्रीहरू सप्लाई
१०
स्वास्थ्य सम्बन्धी सामाग्री तथा उपकरणहरू
११
 प्रेस तथा छपाइ कार्य, फोटोकपी, तथा फ्लेक्स प्रिन्ट, बार्षिक पुस्तिकाहरू र फ्ल्यास प्रिन्टहरू, क्यालेन्डर प्रिन्ट, बाल कथा किताब प्रकाशन
१२
गैरखाद्य राहत सामाग्री आपूर्ती– तारपोलिन, कम्बल, प्लास्टिक मेट, पि–फोम, प्लास्टिक डोरी तथा भाडाकुडा
१३
आई.टि., हार्डवेयर इक्विपमेण्ट, कम्प्युटर सामाग्री, क्यामेरा, स्क्यानर, प्रिन्टर, हार्डवेयर मर्मत सम्बन्धि सामाग्रीहरू ।
१४
भेडा, बाख्रा तथा कुखुरा र मौरी पालन तथा आपूर्ती सम्वन्धी फर्महरू ।
१५
शैक्षिक सामग्री– शिशु विकास केन्द्र तथा सक्रिय शिक्षण सिकाई सामग्रीहरू
१६
पिउने पानी आपूर्ती तथा खानेपानी जडान सम्बन्धि सामाग्री
१७
भिजिबिलिटी सामाग्री प्रिन्ट – टिर्सट, क्याप, झोला/व्याग आदि
१८
खाद्यान्न तथा अन्य कार्यालयलाई आवश्यक पर्ने खुद्रा तथा किराना सामाग्रीहरू ।
क्र.स.
आवश्यक सेवा विवरण
क्र.स.
आवश्यक सेवा विवरण
१९
कार्गो तथा कुरीयर सेवा
२०
सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन सहजकर्ता
२१
 सिप विकास तथा विपद सम्वन्धि तालीम
२२
गाडी तथा सवारी साधनका अतिरिक्त पार्टपूर्जा र मर्मत संभार
२३
 विविध प्रकारका तालीम संचालन तथा सहजिकरणका तथा व्यवस्थापन ।
२४
इेलेक्ट्रीसियन, डकर्मी, प्लम्वीङ्ग तथा सिकर्मी सेवा 
२५
विभिन्न वीमा योजना सम्बन्धी सेवाहरू ।
२६
गाडि रिजर्भ तथा सामाग्री ढुवानी

 दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू 

१. किर्डाक नेपाल द्धारा प्रदान गरिएको ( तोकिएको ढाँचा अनुसारको दर्ता फारम, Suppliers code of conduct, Child & Adult safe guarding policy, Behavior protocol, कुनैपनि निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र)

२. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

३. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी  

४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी  

५. प्रोप्राईटर/कम्पनी प्रमुखको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

६. बैंक खाताको विवरण

आवश्यक विवरण प्राप्त गर्ने तथा दर्ता गर्ने प्रक्रियाः यो सुचना प्रकाशित भएको मितिले २१ दिन अर्थात २०८२ माघ १० (२४ जनवरी २०२६), गते बेलुका ५ बजे भित्र माथि उल्लेखित कागजातहरूको शिल/खाम बन्दीगरि निम्न उल्लेखित कार्यालयमा वा इमेलमा सम्पूर्ण आवश्यक कागजात स्क्यान गरि पेश गर्न सकिने छ । उत्त दिन कुनै सार्वजनिक बिदा परेमा भोलिपल्टको कार्यालय समयभित्र पेश गर्नुपर्ने 

थप जानकारी र तोकिएको फारम तथा अन्य विवरण प्राप्त गर्नको लागि amar.pharsal@kirdarc.org ईमेलमा अनुरोधगरि अथवा निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल

जिल्ला कार्यालय, जुम्ला

फोन नं  ०८७ –५२०२०१

मो नं. ९८६४७३४०४९

 प्रदेश कार्यालय विरेन्द्रनगर न.पा,

सुर्खेत फोन नं ०८३–५२५६६४

समन्वय कार्यालय,

सानेपा ललितपुर   फोन नं ०१–५५४९०९३

जिल्ला कार्यालयहरू:

कालिकोट,हुम्ला, मुग र अन्य......

Document

  • Legal documents (Form registration, PAN/VAT and latest tax clearance certificate)
  • Other documents ( Supplier code of conduct, firm registration form, self declaration, Child adult safeguarding, Kirdarc Code of conduct)

Links

KIRDARC-Self Declaration Latter_Sample Format

Supplier Registration Form-Consultant 

Self Declectration Form 

Child and Adult SafeguardingPolicy_Nepali 

COI + Child Safe Guarding + Code of Conduct for suppliers 

Supplier Registration Form 

Supplier Code of Conduct in Nepali_2022_V0 

Behavior Protocol_Final 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 04 Jan, 2026
Apply Before 24 Jan, 2026
City Jumla