प्रशासन तथा वित्त अधिकृत

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०८२/७/१०

जन जागरण युवा क्लब (JJYC) विगत २७ वर्ष देखि नेपालका १२ जिल्लाहरूमा विभिन्न विकासे काम गरेको अनुभवी तथा दक्ष मानव संसाधन भएको एउटा गैर सरकारी संस्था हो । यस सस्थाले एक्सनएड अन्तराष्ट्रिय नेपाल (AAIN) को साझेदारीमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा “स्थानीय अधिकार कार्यक्रम” सञ्चालन गर्दैछ । उक्त कार्यक्रमको लागि तपसिल बमोजिम पदपुर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका १८ वर्ष पूरा गरी ५० वर्ष उमेर पूरा नभएका ईच्छुक नेपाली नागरिकहरूसँग दरखास्त आह्वान गरिएको छ । 

क्र.स. पद र संख्या न्यूनतम योग्यता र सीपमुख्य जिम्मेवारी र भूमिका

प्रशासन तथा वित्त अधिकृत – १ जना

Admin and Finance Officer- 1 (Part-time)

  • व्यवस्थापन, वाणिज्यशास्त्र वा सम्बन्धित बिषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरी ३ वर्ष प्रशासन तथा वित्तिय सम्बन्धि कार्य गरेको । 
  • कम्प्युटर सीप Microsoft Office  प्याकेज  बिषेश गरी MS-Excel र इमेल इन्टरनेटको ज्ञान भएको र लेखा सम्बन्धी सफ्टवेयर चलाउन सक्ने ।
  • नेपाल सरकारको कर सम्बन्धी ज्ञान भएको ।
  • संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार कार्य गर्ने गराउने
  • कार्यक्रममा आवश्यक कोषको सुनिश्चित्ता गर्ने
  • परियोजना तथा संस्थाको आर्थिक कारोबारको हिसाबकिताब दोहोरोलेखा प्रणाली अनुसार चुस्तदुरुस्त राख्ने । 
  • संस्थाको सम्पत्तिको बिबरण व्यवस्थित गरी राख्ने
  • आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाई दैनिक कारोबारमा सहयोग गर्ने ।
  • संस्थाको आर्थिक क्रियाकलाप तथा पालना गर्नपर्ने नीति नियमको बारेमा कार्यक्रम तथा अन्य कर्मचारीहरूलाई अभिमुखीकरण गर्ने गराउने
  • बित्तिय बिबरण, प्रगती तथा चुनौतीहरूको कर्मचारी, व्यवस्थापक तथा साझेदार संस्थाहरू समक्ष पेश गर्नुको साथै बिकल्पहरू दिने
  • सञ्चालित कार्यक्रमहरूको बित्त व्यवस्थापनको दृष्टिबाट अनुगमन गर्ने
  • आर्थिक मितव्ययीताका साथ कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउने 
  • कर्मचारीहरूको हाजिरी, विदा तथा व्यक्तिगत बिबरणहरूका अद्याबधिक अभिलेखहरूलाई व्यस्थित तरीकाले राख्ने
  • सम्बन्धित कर्मचारी, ब्यवस्थापक, साझेदारहरूसँग बित्तिय व्यवस्थापनको बारेमा समन्वय तथा संचार गर्ने
  • साझेदार संस्थाको लेखा तथा वित्तीय शाखासँग सम्पर्क र समन्वयमा रही काम गर्ने र मासिक प्रतिवेदन तयार गरी पेश गर्ने ।

दरखास्त बुझाउने प्रावधान

दरखास्त दिने अन्तिम मिति: २०८२।०७।१६ गते साँझ ४։०० बजे सम्म । 

इमेल: recruitmentjjycbara@gmail.com

ठेगाना: जन जागरण युवा क्लब, कलैया–०१, मोतिबाग बारा (भौतिक उपस्थितिमा)

नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, यौनिक अल्पसंख्यक , अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ र फिल्डमा नै बसी काम गर्ने ईच्छुक रहेको , निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

Overview

Category Development Project, Finance & Administration
Openings 1
Position Type Part Time
Experience 3+ years
Education B. Com./BBS, BBA / BBM, Finance/Management
Posted Date 27 Oct, 2025
Apply Before 02 Nov, 2025
City Bara