शिलबन्दी दरभाउको सूचना आह्वान सम्बन्धी सूचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

जन जागरण युवा क्लब (JJYC), बारा

कलैया उपमहानगरपालिका१, राजदेवी टोल

शिलबन्दी दरभाउको सूचना आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिती २०८२०६२२

यस जन जागरण युवा क्लब (JJYC), ले बारा जिल्लाको महागढीमाई नगरपालिका, देवताल गाउँपालिका र करैयामाई गाउँपालिकामा सन्चालन गरीरहेको INSPIRE परियोजना अन्तर्गत बिभिन्न बिद्यालयहरूको कक्षा कोठाहरू, हात धुने स्थान, शौचालयको मर्मत र नयाँ हात धुने स्थान निर्माण गर्नुपर्ने भएकोले निम्न लिखित शर्तहरूको अधिनमा रही शिलबन्दी दरभाउ पत्र आह्वान गरिन्छ ।

शर्तहरू

. शिलबन्दी दरभाउ पत्र यस कार्यालय बाट यो सुचना प्रकाशित भएको २१ दिन सम्म कार्यालय समय भित्र निःशुल्क प्राप्त गर्न सकिने छ ।

. यो सूचना प्रकाशित भएको २१औ दिन सम्म दिनको ४ बजे सम्ममा जन जागरण युवा क्लब (JJYC), बाराको कार्यालय कलैया उपमहानगरपालिका१, राजदेवी टोलमा शिलबन्दी दरभाउ पत्र पेश गरिसक्नु पर्नेछ र प्राप्त शिलबन्दी दरभाउ २२औ दिन दिनको ४ बजे जन जागरण युवा क्लब (JJYC), बाराको कार्यालय कलैया उपमहानगरपालिका१, राजदेवी टोलको कार्यालयमा खोलिने छ ।

. शिलबन्दी दरभाउपत्र बुझाउने अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा बुझाउन सकिने छ ।

. हुलाक, कुरियर र ईन्टरनेट बाट पठाईएको शिलबन्दी दरभाउ पत्रलाई मान्यता दिईने छैन ।

. इच्छुक बोलपत्रदाताहरूले शिलबन्दी दरभाउ पत्र लिङ्कबाट डाउनलोड गर्न सक्नेछन् ।

. अन्य जानकारीका लागि यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिने छ ।

नोट: यस प्रक्रिया बाट छनौट हुने फर्म संग जन जागरण युवा क्लब (JJYC), बारा २ वर्षको Frame work Agreement गर्नेछ ।

RFQ_ Construction and Renovation.xlsx

सम्पर्क का लागी

जन जागरण युवा क्लब (JJYC), बारा

कलैया उपमहानगरपालिका१, राजदेवी टोल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 08 Oct, 2025
Apply Before 28 Oct, 2025
City Bara