प्रशाासन तथा लेखा अधिकृत (Admin and Finance Officer)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशन मिति: २०८२ श्रावण ०६ गते मंगलवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरूको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

वर्ल्ड भिजन इन्टरनेशल (World Vision International Nepal) सँगको सहकार्यमा महोत्तरी जिल्लाको सम्सी र एकडाँरा गाउँपालिकाहरुमा संरक्षण–समुदाय संलग्नता तथा बालस्पोन्सारसीप कार्यक्रम (Protection-Community Engagement and Sponsorship Programme) सञ्चान गरी रहेको हुँदा उक्त कार्यक्रमका लागि तपसिल अनुसारका कर्मचारी आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको अहवान गरिन्छ ।

पदशैक्षिक योग्यतान्युनतम योग्यता

प्रशाासन तथा लेखा अधिकृत

(Admin and Finance Officer) १  (एक) जना

लेखा तथा व्यवस्थापन बिषय मा स्नातक तह उत्तिर्ण गरेको
  • सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
  • सृजनशील, उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ज्ञान भएको ।
  • निर्धारित समयावधि भित्र गुणस्तरीय नतिजाहरु उपलब्ध गराउन  विविध टोली व्यवस्थापन गर्न सकिने ।
  • कम्प्युटर तथा लेखा प्याकेज (SMART, FAMAS, I-PASS, PFMS, Tally, Spreadsheet ) मा काम गर्न सक्ने भएको ।
  • TAX र VAT सम्बनधी पूर्ण ज्ञान भएको ।
  • आपूर्ति श्रृखला र खरीद व्यवस्थापन सम्बन्धी पूर्ण ज्ञान भएको ।
  • कार्यतालिका तथा मानव श्रोत व्यवस्थापन सम्बन्धी ज्ञान भएको ।
  • English Nepali typing and email internet राम्रो दक्षता भएको 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु

मथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-Data), निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम र कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference person) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरु स्व: प्रमाणित गरी संस्थाको कार्यालय जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा ईमेल dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

आवेदन दिने अन्तिम मितिसूचना प्रकाशित भएको मितिले ५ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
जनकारीका लागिफोन नं. ०४४–५२१०४०, ९८४४२७०२३३ र ९८५४०२९२७७

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुती करण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल र कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Accounting and Finance, Finance & Administration
Openings 1
Salary As per organization rules /
Position Type Full Time
Position Level Mid Level
Experience 3+ years
Education Bachelor's in Management, Bachelor's degree in a related field
Posted Date 22 Jul, 2025
Apply Before 26 Jul, 2025
City Dhanusha, Mahottari