कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
Details / requirements:
संरक्षण नेपाल, बारा
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
विज्ञापन नम्बरः ०१/२०८२/०८३
प्रथम पटक सूचना प्रकाशन मिति: ५ श्रावण २०८२, (२१ जुलाई २०२५)
संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।
CARE Nepal and iDE Nepalको सयुक्त साझेदारीमा संरक्षण नेपालको सहजिकरणमा Nurture Every Future-Poshan Project रौतहट जिल्लाको ५ वटा नगरपालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारिकरण, लैगिक समानता र सामाजिक समावेशिकरण र लक्ष्ति बर्गहरूको व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।
संरक्षण नेपाल संस्थाले CARE Nepal र iDE Nepal सँगको साझेदारीमा (रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकामा) Nurture Every Future-Poshan परियोजना लागू गर्न लागेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरूको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
क्र.स | पद | पद संख्या | योग्यता | योग्यता, अनुभव र सिप: |
१ | Project Coordinator (कार्यक्रम संयोजक) | १ | स्नातकोत्तर/स्नातक तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
२ | Monitoring, Evaluation, Accountability & Learning (MEAL) Officer (अनुगमन, मुल्यंकन, जवाफदेहिता तथा अभिलेखिकरण अधिकृत) | १ | स्नातकोत्तर/स्नातक तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण) मा स्नातकत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्ष कार्यअनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको हुनुपर्ने । |
३ | Admin and Finance Officer (प्रशासन वित्त अधिकृत) | १ | स्नातकोत्तर/स्नातक तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन वा अर्थ शास्त्र) मा स्नातकत्तर तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा स्नातक सम्बन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभव भई गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रतिवेदन, बजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा कार्य अनुभव भएको हुनुपर्ने । |
४ | Agriculture, Livelihood and Marketing Facilitator (कृषि, जीविकोपार्जन तथा बजारीकरण सहजकर्ता ) | २ | प्रविणता प्रमाण पत्र तह | कृषि विषयमा प्रमाण पत्र तह, वा जे.टि./जे.टी.ए. उत्तिर्ण भई सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएका विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी खाद्य, सुरक्षा, पोषण तथा कृषि सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । JD_PN_ Agriculture_Livelihood and Marketing_Facilitator.docx |
५ | Nutrition and WASH Facilitator (पोषण तथा खानेपानी, सरफाइ तथा स्वच्छता सहजकर्ता ) | ४ | प्रविणता प्रमाण पत्र तह | स्वस्थ्य सहायक वा नर्सिङ्ग विषयमा प्रमाण पत्र तह, वा सो सरह उत्तिर्ण भइ पोषण तथा मातृशिशु स्वास्थ्य वा खानेपानी, सरसफाइ तथा स्वाच्छता को क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएका । |
नोट: महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:
आवश्यक कागजातहरू
१. नेपाली नागरिकताको प्रमाण पत्र ।
२. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि ।
३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)
५. आवेदन पत्र सहित हाल सालै खिचेको फोटो (PN_Job Application Form.doc)
६. छनौटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै)- Physically
आवेदन गर्ने प्रकृयाः
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको ........ पदको लागि आवेदन भनेर खुलाउनु होला ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।
दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको दष्यमबतब सहित ७ दिन भित्र ११ श्रावण २०८२ (२७ जुलाई २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
आवेदन दिने ठेगाना:
संरक्षण नेपाल
कलैया, बारा
फोन नः ०५३–५५०६०५/६९०३१८
वा
ईमेल ठेगाना: vacancy.pnbara@gmail.com
कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।
Overview
Category | Administrative / Management, Public Health, Social Science, Development Project, Finance & Administration, Development studies, Management, Agriculture/Livelihood, Nursing, Nutrition |
Openings | 9 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 21 Jul, 2025 |
Apply Before | 27 Jul, 2025 |
City | Kalaiya |