कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२ कार्तिक २३ गते आइतवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरूसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

Islamic Relief Worldwide (IRW), Nepal को सहयोगमा मधेश प्रदेशको महोत्तरी जिल्लाको बलबा नगरपालिकामा सञ्चालित Scaling-up Extreme Poverty Graduation and Climate Change Resilience in Disaster Vulnerable Communities in Asia परियोजना अन्तर्गत तपसिल अनुसारका जनशक्ति आवश्यक भएको हुँदा निम्ननुसार योग्यता पुगेका इच्छुक नेपाली नागरीकसंग  दरखास्त आह्वान गरिन्छ ।

पद तथा संख्या
शैक्षिक योग्यता
न्युनतम योग्यता तथा सिपहरू

कृषि प्रविधिक सहायक (Junior Technical  Assistance (PJTA) 

१ (एक) जना     

I.SC. Ag. jf PJTA उत्तीर्ण गरेको 

  • कृषि परियोजना सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव र सो सम्बन्धि आधारभूत तालिम लिएको । 
  • सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको ।
  • अन्तर वैयक्तिक कला र सहजीकरण सिप भएको ।
  • समुह गठन, परिचालन र व्यवस्थापन गर्न सकिने ।

उमेरको हद:

  • कामको प्रकृति र गम्भीर्यतालाई मध्येनजर गर्दै २२ वर्ष देखि ४० बर्ष उमेर समुहलाई प्राथमिकता दिईने छ । 

अन्य योग्यता:

  • MS Word, Excel, Power point को दक्षता भएको साथै इमेल, इन्टरनेट चलाउन सक्ने ।
  • स्पष्ट रुपमा अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ।
  • दुई चक्के सवारी साधनको लाइसेन्स प्राप्त गरेको ।

JD:

https://docs.google.com/document/d/1KNdGm9c8oeMlFAXjdCUSb_02ab8TdkZI/edit?usp=sharing&ouid=109437978822291331088&rtpof=true&sd=true

पशु सेवा प्राबिधिक सहायक

(VJTA)

२ (दुई) जना

Isc Animal Science वा VJTA उत्तीर्ण गरेको ।
  • पशुधन विकासका परियोजनाहरू सम्बन्धित कम्तीमा २ वर्षको कार्य अनुभव भएको । 
  • सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको ।
  • अन्तर वैयक्तिक कला र सहजिकरण सिप भएको ।
  • समुह गठन, परिचालन र व्यवस्थापन गर्न सकिने ।

उमेरको हद:

  • कामको प्रकृति र गम्भीर्यतालाई मध्येनजर गर्दै २२ देखि ४० बर्ष उमेर समुहलाई प्राथमिकता दिईने छ । 

अन्य योग्यता:

  • MS Word, Excel, Power point को दक्षता भएको साथै इमेल, इन्टरनेट चलाउन सक्ने ।
  • स्पष्ट रूपमा अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ।
  • दुई चक्के सवारी साधनको लाइसेन्स प्राप्त गरेको ।

JD:

https://docs.google.com/document/d/10t6pYrEWp4L1Gm8QyoMpqo5B3a_4xNPg/edit?usp=sharing&ouid=109437978822291331088&rtpof=true&sd=true

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू
  • व्यक्तिगत विवरण (Personal bio-data), 
  • निवेदन (Application),
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates),
  • तालिम तथा कार्यअनुभव पत्रहरूको प्रतिलिपि (Copy of training certificate and experience letter),
  • दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference Persons details)
आवेदन दिने अन्तिम मिति
सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
आवेदन पेश गर्ने स्थान र तरिका

स्थानः— दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा

ईमेलः— dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

जनकारीका लागि
९८५४०२९२७७ र , ९८०४८४४२३५

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरूको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिनेछ । 

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू अस्विकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Agriculture, Development Project, Animal Health
Openings 3
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 09 Nov, 2025
Apply Before 15 Nov, 2025
City Dhanusha