दरभाउ आह्वानको सूचना
Details / requirements:
जन जागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहीत संस्था हो । कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (KOICA) र सेभ द चिल्डे«न नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जन जागरण यूवा क्लब बाराको सहजीकरणमा संचालित INSPIRE- Inclusive Nurturing System to Promote digital Innovation, job Readiness परियोजना मधेश प्रदेशको बारा जिल्लार्का न.पा., देवताल गा.पा. र करैयामाई गाउँपालिकामा संचालन गर्दैछ । उक्त परियोजनामा अन्तर्गत Literacy महागढीमाइ and Numeracy – Training of Trainers (ToT) हरुको प्रशिक्षणका लागी योग्य प्रशिक्षक नियुक्ति सम्बन्धी दरभाउ आह्वान गरिएको छ ।
- ईच्छुक योग्य प्रशिक्षक तथा परामर्शदाता संस्थाहरूले ईमेल/फोन मा अनुरोध गरी आवश्यक थप जानकारी लिन सक्नु हुनेछ साथै दरभाउ सम्बन्धी फारम अनलाईन लिंक वा संस्थाको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ ।
- दरभाउ पेश गर्दा प्रशिक्षक तथा परामर्शदाता संस्थाहरुको आवश्यक कानुनी कागजातहरू संस्था दर्ता प्रमाण पत्र नविकरण सहित, प्यान/भ्याट दर्ता प्रमाण पत्र र आ.ब.२०८०/०८१ वा ०८१/०८२ को कर चुक्ताको प्रमाणपत्रको साथमा सम्बन्धित प्रशिक्षण सम्बन्धी कार्य अनुभवको प्रमाणपत्र छ भने सो समेत पेश गर्नुपर्ने छ ।
- भौतिक रुपमा दरभाउ पेश गर्दा अनिवार्य रुपमा खाममा राखी प्रत्येक पानामा सही छाप गरी खाम बाहिर अनिवार्य बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ ।
- दरभाउ पेश गर्ने अवधि ७ दिनको हुने छ र मिति २०८२/०७/३० गते दिनको ४ बजे भित्र दर्ता गर्नु पर्नेछ । दरभाउ पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलीपल्ट वा कार्यालय खुलेको दिनमा हुनेछ । रित नपुगेको र म्याद नाघि आएको शिलबन्दी दरभाउ उपर कुनै कारवाही हुने छैन ।
- दरभाउ खोल्ने मिति २०८२/०८/१ गते दिउसो १: बजे संस्थाका प्रतिनिधीहरू र दरभाउदाता स्वय्म वा निजको अधिकारीक प्रतिनिधीको अनलाईन साथै भौतिक उपस्थितीमा यस संस्थाको कार्यालयमा दरभाउ खोलिनेछ । तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि दरभाउ खोल्न कुनै बाधा पर्ने छैन ।
- दरभाउ तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।
- दरभाउको मुल्याङ्कनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ ।
- ईच्छुक प्रशिक्षक तथा परामर्शदाता संस्थाहरुले शिलबन्दी दरभाउ यस संस्थाको कार्यालय जन जागरण यूवा क्लब (JJYC) कलैया बारामा हार्डकपि वा ईमेलमार्फत पनि बुझाउन सकिनु हुन्छ ।
- दरभाउ सम्बन्धमा केही जानकारी आवश्यक परेमा तपसिलमा उल्लेखीत ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ ।
Click Here: Terms of Reference for Literacy and Numeracy – Training of Trainers (ToT)
जन जागरण यूवा क्लब (JJYC)बारा
कलैया उपमहानगपालिका – १, राजदेवी टोल, कलैया, बारा
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 09 Nov, 2025 |
| Apply Before | 16 Nov, 2025 |
| City | Bara |