शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

Project Sarangi Foundation

Details / requirements:

Project Sarangi Foundation is a community-driven, non-profit organization dedicated to the preservation, revitalization, and promotion of Nepal’s traditional musical heritage, while creating sustainable livelihood opportunities for marginalized communities. Rooted in the belief that cultural heritage can be a powerful driver of economic empowerment, the foundation works to bridge traditional craftsmanship with contemporary markets, enabling artisans to sustain both their craft and their livelihoods.

शिलबन्दी दरभाउपत्र (RFQ) आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०३/०१  गते

प्रोजेक्ट सारंगी फाउन्डेसनद्वारा अष्ट्रेलियन दूतावासको Direct Aid Program (DAP) को सहयोगमा सञ्चालित परम्परागत सारंगी निर्माण तथा जीविकोपार्जन प्रवर्द्धन कार्यक्रम अन्तर्गत आवश्यक मेसिन, उपकरण तथा औजार खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त आपूर्तिकर्ता/विक्रेता/फर्म/कम्पनीहरूबाट सिलबन्दी दरभाउपत्र (RFQ) आह्वान गरिन्छ।

कोटेसन नं.वस्तु तथा सेवाको विवरणकैफियत
PSF-RFQ-FY83-01सारंगी निर्माणका लागि आवश्यक मेसिन, उपकरण तथा औजार (Bandsaw, Table Drill, Wood Turning Lathe Machine, Grinding Machine, Power Drill, Blender/Wood Planer Machine, Table Saw, Hammer, Chisel Set for Sarangi, Chisel Set for Pegs Making)।विस्तृत विवरण RFQ मा उल्लेख गरिएको छ

आवश्यक कागजातहरू

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि (नवीकरण गर्नुपर्ने प्रकृतिको भए नवीकरण भएको प्रमाणपत्र समेत)।

ख. VAT/PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि।

ग. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र वा कर विवरण पेश गरेको प्रमाण।

घ. समान प्रकृतिको सामग्री आपूर्ति गरेको अनुभव सम्बन्धी कागजात (भएमा)।

ङ. हस्ताक्षर तथा छापसहितको Supplier Registration Form / Code of Conduct (RFQ सँगै उपलब्ध गराइने)।

शर्तहरू

१. सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्द्र ) दिनभित्र इच्छुक आपूर्तिकर्ता/विक्रेता/फर्महरूले संस्थाबाट RFQ प्राप्त गरी दरभाउपत्र पेश गर्न सक्नेछन्।

२. कोटेशनसँग सम्बन्धित उपलब्ध कागजातहरू रीतपूर्वक भरी (प्रत्येक पानामा सही तथा छाप सहित) शिलबन्दी गरी संस्थाको फिल्ड कार्यालयमा स्वयम् उपस्थित भई वा संस्थाको इमेलमा पासवर्ड सुरक्षित फाइलमार्फत २०८३/०३/१५ गते दिनको ५:०० बजेसम्म पेश गर्न सकिनेछ। इमेलमार्फत प्राप्त कोटेशनको पासवर्ड कोटेशन खोल्ने समयमा मात्र उपलब्ध गराउनुपर्नेछ।

३. दरभाउपत्रमा प्रस्तावित मूल्य, VAT तथा अन्य लागू करहरू स्पष्ट उल्लेख गरिएको हुनुपर्नेछ।

४. कोटेशन खोल्ने तथा मूल्याङ्कन गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ। कोटेशनमा उल्लेखित सामग्री पूर्ण वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार प्रोजेक्ट सारंगी फाउन्डेसनमा सुरक्षित रहनेछ।

५. कोटेशनमा उल्लेखित संख्याभन्दा आवश्यकताअनुसार थप वा कम परिमाणमा सामग्री खरिद गर्न सकिनेछ।

६. शिलबन्दी कोटेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा संस्थाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ।

७. सामग्री खरिद पूर्व RFQ मा उल्लेखित प्राविधिक Specification अनुसार Sample Verification तथा प्राविधिक मूल्याङ्कन गरिनेछ।

८. खरिद गरिएका सम्पूर्ण सामग्रीहरू प्रोजेक्ट सारंगी फाउन्डेसनको फिल्ड कार्यालय, कीर्तिपुर नगरपालिका–९, काठमाडौं मा ढुवानी गरी बुझाउनुपर्नेछ।

RFQ प्राप्त गर्ने तथा दरभाउपत्र बुझाउने स्थान:

प्रोजेक्ट सारंगी फाउन्डेसन (Field Office)

कीर्तिपुर नगरपालिका–९, काठमाडौं, नेपाल

इमेल: projectsarangifoundation@gmail.com

सम्पर्क नं.: ९८४१३६४३६७

LINKS:

RFQ FORM

SUPPLIER REGISTRATION FORM

SUPPLIER CODE OF CONDUCT

Overview

Category Development / NGO
Salary Rs. /
Position Type Contract
Posted Date 15 Jun, 2026
Apply Before 30 Jun, 2026
City Kathmandu