शिलबन्दी बोलपत्र आह्वानको सूचना
Details / requirements:
निड्स नेपाल
कञ्चनपुर
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०६/१२
OXFAM नेपाल तथा KOICA को सहयोग र राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपालद्वारा यस कञ्चनपुर जिल्लामा संचालित “Empowering Her: Advancing Women’s Economic and Poltical Leadrership For Climate Resilient Communities Project” अन्तर्गत विभिन्न जलवायु मैत्री कृषि जन्य सामाग्री र उपकरणहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहररूबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वाान गरिन्छ ।
क्र.सं. | बोलपत्र नं. | विवरण | थप जानकारी |
१ | 1076-001-2025/26 | कृषि जन्य सामाग्री र उपकरणहरू | तल दिईएको फोन नम्बर वा ई–मेलमा सम्पर्क गरी जानकारी लिन सकिनेछ । |
१. सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले यस संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा सम्पर्क गरी माग गर्नु पर्नेछ अथवा तलका लिंक बाट बोलपत्रका कागजातहरू डाउनलोड गर्न सकिन्छ ।
२. यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८२/०७/१० गते बेलुकी ४ बजे भित्र अथवा ई–मेल मार्फत बुझाउन सकिनेछ । बोलपत्र बुझाउने प्रकृया बारे प्राविधिक प्रस्तावनामा विस्तृत रुपमा उल्लेख गरिएको छ ।
३. बोलपत्र फारम प्राप्त गर्ने अन्तिम मिति २०८२/०६/३० गते रहने छ भने र त्यस पछि बोलपत्र बितरण गरिने छैन । वोलपत्रका सर्तहरू स्पष्ट गर्नकालागि ईच्छुक आपुर्तीकर्ता वा विक्रेता सगं पुर्व वोलपत्र वैठक मिति २०८२ कार्तिक २ गते दिउसो १२ वजेवाट अनलाईन र भौतिक उपस्थिति मार्फत आयोजना गरिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । बोलपत्र फारम मिति २०८२/०७/ १४ गते दिउँसो ११ बजे देखि सम्पुर्ण आपूर्तिकर्ताको भौतिक उपस्तिथिमा यस संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा खोलिने छ ।
४. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस निड्स नेपाल कञ्चनपुरको खरिद समितिमा निहित रहने छ ।
५. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्द भएको मानिनेछ ।
६. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०८० बमोजिम हुनेछ ।
Technical Proposal_Agriculture_item_Empowering_Her
Financial Proposal_Agriculture_item_Empowering_Her
निड्स नेपाल
भिमदत्त १८, महेन्द्रनगर कञ्चनपुर, भाँसि
फोन.नं. ०९९(४१८१५०, ९८६४०१३५६७
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 28 Sep, 2025 |
Apply Before | 27 Oct, 2025 |
City | Kanchanpur |