समरसेवल पम्प सहितको बोरिङका लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

Ratauli Yuwa Club (RYC)

Details / requirements:

रतौली युवा क्लब

समरसेवल पम्प सहितको बोरिङका लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

पहिलो पटक सूचना प्रकाशन मितिः २०८२/०६/१२

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत Drought संबन्धी गतिविधी कार्यान्वयन गर्नको लागि यस संस्था रतौली युवा क्लब द्वारा सिंचाइका लागि Installation of 120m Deep Borewell with submersible pump जडान गर्नको लागि आवश्यक ड्रिलिंग तथा अन्य उपकरणहरू खरिदका गर्न देशै भरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक आपुर्तिकर्ताहरू बाट यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिलको शर्तहरूको आधिनमा रही शिलबन्दी दरभाउ पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः

१. माथी उल्लेखित ड्रिलिंग तथा अन्य उपकरणहरू एकमुष्ट वा छुट्टाछुट्टै खरिद गर्न सकिने छ ।

२. भुक्तानी प्रकिया बैँक खाता मार्फत गरिने छ र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३. बोलपत्र दाताले जम्मा प्रस्तावित बोल रकमको २.५% एकमुष्ट रकम Bid सुरक्षण वापत बैंक गारेन्टी यस कार्यालयको नाम (रतौली युवा क्लव) मा जारी भएको पत्र पेश गर्नु पर्ने छ वा Bid सुरक्षण वापतको रकम यस संस्थाको रहेको प्रभु बैंक जलेश्वर शाखाको खाता नं. ०६३००९२६२९८०००११ मा दाखीला गरि जम्मा गरेको बैंक भौचर वा सुरक्षण वापतको बैंक गारेन्टी पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्नेछ ।

४. पेश गरिएका बोलपत्रहरू मिति २०८२/६/३१ गते दिनको १ बजे रतौली युवा क्लबको जलेश्वर स्थितको कार्यालयमा बोलपत्र दाता स्वयम वा निज को प्रतिनिधीहरूको उपस्थितीमा खोलिने छ । तोकिएको दिनमा बोलपत्र दाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगतै कार्यालय खुलेको दिन शिलबन्दी दरभाउ खोलिने छ ।

५. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खाम बन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।बोलपत्र तल उल्लेखित ईमेल मार्फत पनि पठाउन सकिने छ।

६. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारवाही हुने छैन ।

७. अन्य शर्तहरु रतौली युवा क्लब को “आर्थिक तथा प्रशासनिक नियमावली-२०६६” र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुने छ । निर्णयको सर्वाधिकार रतौली युवा क्लव मा निहित रहनेछ ।

८. शिलबन्दी दरभाउ पेश गर्दा TOR मा उल्लेख गरिए अनुसारको प्रमाण पत्रहरू तथा कागजातकहरूको प्रतिलिपी पेश गर्नु पर्नेछ ।

दरभाउ पेश गर्ने अन्तिम मिति: २०८२/६/२६

सम्बन्धित लिंकहरु: Link-1 (ToR)

                            : Link-2 (Supplier Registration Form)

थप जानकारी लिन वा आवेदन दिने ठेगाना : रतौली युवा क्लव, टाउन प्लानिंग, जलेश्वर-२, महोत्तरी

फोन नं. -०४४-५२०८४३,

ईमेलः eoi@ryc.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 28 Sep, 2025
Apply Before 12 Oct, 2025
City Mahottari