शिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित २०८२/१/२५ गते
नेपाल सर्वाङ्गिण विकास समाज काठमाण्डौले विगत १८ वषदेखि सर्वाङ्गिण विकासमा विभिन्न कार्यक्रम मार्फत विभिन्न संस्था तथा सरकारी निकायसंग साझेदार गरी विभिन्न कार्य गर्दै आईरहेको छ । कन्भोय अफ होप, अमेरिकाको आर्थिक सहयोगमा भुमे गा.पा.वडा नं ३ रुकुम पूर्वमा संचालित सामुदायिक विकास कार्यक्रम अंतर्गत कृषकहरुको लागि फलामको टनेल निर्माण-फेज २ अंतर्गत कृषकहरुलाई फलामको टनेल निर्माण सहयोगको लागि आवश्यक सामाग्रीहरु खरिद गरि वितरण गर्नुपर्ने भएकोले ईच्छुक स्थानिय वा राष्ट्रिय फर्म, कम्पनी तथा आपूर्तीकर्ताबाट शिलबन्दी बोल-पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरु:
१) कम्पनी/फर्म दर्ता तथा नविकरणको प्रमाणपत्रहरुको प्रतिलिपि
२) आर्थिक बर्ष २०८०/०८१ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजातको प्रतिलिपि
३) VAT दर्ताको प्रमाण पत्रको प्रतिलिपि
आवेदन दर्ता गर्ने प्रकृया:
शिलबन्दी बोल पत्र यो सुचना प्रकाशित भएको मितिले ६ दिन भित्र अर्थात २०८२/०१/३१ गते तदनुसार १४ मेई २०२५ साझ ५:०० बजे भित्र नेपाल सर्वाङ्गिण विकास समाजको केन्द्रिय कार्यालय, कोटेश्वर, काठमाण्डौ वा फिल्ड कार्यालय भुमे गा.पा. वडा नं ३, सिमा रुकुम पूर्वमा बुझाउनुपर्नेछ । खरिद सामाग्रीको नाम, विवरण, परिमाण र बोल पत्रको फारम तथा TOR संस्थाको बेबसाईट www.nims.org.np/download बाट डाउनलोड गर्न सकिनेछ । शिलबन्दी बोल पत्र खोल्ने, मुल्याङ्कन तथा आपूर्तीकर्ता छनौट गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 08 May, 2025 |
Apply Before | 14 May, 2025 |
City | Kathmandu |