शिलबन्दी बोलपत्र आह्वान

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल

जनकपुरधाम उपमहानगरपालिका ४, धनुषा

शिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति २०८२।०६।११ गते

Islamic Relief USA सहयोग तथा Islamic Relief Nepal प्राविधिक सहयोगमा यस दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) को सहजिकरणमा मधेश प्रदेशका महोत्तरी जिल्लाको बलवा नगरपालिकाको वडा नं.४ र ११ मा संचालित Scaling Up Extreme Poverty Graduation & Climate Change Resilience in Disaster Vulnerable Communities in Asia परियोजना अन्तर्गत गरिब, दलित, सिमान्तकृत र जोखिममा परेको समुदायका अति विपन्न घर परिवारहरूको आय आर्जनमा बृद्धि गर्नको लागि व्यवसायीक सहयोग गर्ने उद्देश्यले कस्मेटिक पसल, सिलाई कटाई पसल, फलफूल व्यवसाय, खेलौना पसल, चाउमिन पसल, बाख्रा र बोका पालन, पाडा पालन, तरकारी खेति तथा किराना पसल आपुर्तिकर्ताहरूको लागि आवश्यक सामाग्री खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरुबाट रितपूर्वक शिलवन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

बोलपत्र न.सामाग्री विवरणस्थान
०१/२०८२/८३आयआर्जनका लागि व्यवसायीकसहयोग महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. ४ र ११
  • ईच्छुक र इजाजत प्राप्त फर्म तथा कम्पनीले www.JobsNepal.com को बेबसाईटमा गई आवश्यक थप जानकारी प्राप्त गर्न सक्नेछन तथा लिंक मार्फत बोलपत्र सम्बन्धि कागजातहरु (प्राविधिक तथा वित्तिय प्रस्ताव फारम) प्राप्त गर्न सकिनेछ । वा संस्थाको कार्यालयबाट शिलबन्दी बोलपत्र फारम निःशुल्क प्राप्त गर्न सकिनेछ वा ईमेल dswcn.procurement@gmail.com मार्फत् समेत माग गर्न सकिनेछ ।
  • शिलबन्दी बोलपत्र पेश गर्दा योग्य कम्पनी तथा फर्मले आवश्यक कानुनी कागजातहरू दर्ता प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाण पत्र, अनुमति वा इजाजत पत्रपछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र साथै अनुभवको प्रमाणपत्र समेत पेश गर्नुपर्ने छ । नयाँ दर्ता भएको फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने छैन । कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र वित्तिय प्रस्तावाना फारम सँगै पेश गर्नु पर्नेछ ।
  • बोलपत्रको प्राविधिक र वित्तिय प्रस्तावलाई छुट्टा छुट्टै खाममा लाहाछाप शिलबन्दी गरी खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछफर्मको छाप अनिवार्य खाममा लगाई पेश गर्नु पर्नेछ ।
  • शिलबन्दी बोलपत्र पेश गर्ने अवधि सूचना प्रकाशन भएको मितिले १६ दिन सम्मको लागी २०८२।०६।२६ गते आईतबार दिनको ५:०० बजे सम्म रहनेछ । शिलबन्दी बोलपत्र पत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा कार्यालय खुलेको दिनमा शिलबन्दी बोलपत्र बुझने छ । साथै मिती २०८२।०६।२७ का दिन ११:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ ।
  • प्रिविड मिटिङ्ग मिति २०८२।०६।२० गते ९६ अक्टोवर २०२५० सोमबारको दिन गरिने छ । सहभागिताको लागि dswcn.procurement@gmail.com मा सम्पर्क गर्नु होला ।
  • कुनै कारणबश उक्त मितिमा बोलपत्र खोल्न नसकिएमा खरिद समितिले निर्णय गरे बमोजिम हुनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
  • समय सिमा नाघि पश्चात प्राप्त भएको शिलबन्दी बोलपत्रहरू स्वतः अस्विकृत हुनेछन्
  • शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
  • शिलबन्दी आशयपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावनाको मुल्यांकनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ ।
  • ईच्छुक योग्य कम्पनी तथा फर्मले शिलबन्दी बोलपत्र यस संस्थाको कार्यालय जनकपुरधाम उप महानगरपालिका४, विश्वकर्मा चौक, धनुषामा शिलबन्दी गरि हार्डकपि बुझाउनु पर्नेछ ।
  • शिलबन्दी बोलपत्र सम्बन्धमा केही जानकारी आवश्यक परेमा तल उल्लेखीत ईमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।

Technical Proposal

Financial Proposal

ठेगाना

दलित समाज उत्थान समिति नेपाल (DSWCN), महोत्तरी

जनकपुरधाम उपमहानगरपालिका४, विश्वकर्मा चोक, धनुषा

ईमेलः dswcn.procurement@gmail.com