शिलबन्दी बोलपत्र आह्वानको सुूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

ग्रामीण विकास केन्द्र नेपाल

रौतहट

शिलबन्दी बोलपत्र आह्वानको सुूचना

प्रथम पटक प्रकाशित मिति २०८२/०६/११

OXFAM नेपाल तथा KOICA को सहयोग र ग्रामीण विकास केन्द्र नेपालद्वारा यस रौतहट जिल्लामा संचालित “Empowering Her: Advancing Women’s Economic and Poltical Leadrership For Climate Resilient Communities Project” अन्तर्गत विभिन्न जलवायु मैत्री कृषि जन्य सामाग्री र उपकरणहरु खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वाान गरिन्छ ।

क्र.सं. बोलपत्र नं. विवरणथप जानकारी
TRN/FY2025/26-005कृषि जन्य सामाग्री र उपकरणहरूतल दिईएको फोन नम्बर वा ईमेलमा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

१. सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले यस संस्थाको मुख्य कार्यालय चंद्रपुर४, रौतहटमा सम्पर्क गरी माग गर्नु पर्नेछ अथवा JobsNepal.com बाट बोलपत्रका कागजातहरू डाउनलोड गर्न सकिन्छ ।

२. यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको मुख्य कार्यालय चंद्रपुर४, रौतहटमा आपुर्तिकर्ताको स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८२/०७/०९ गते बेलुकी ४ बजे भित्र अथवा ईमेल मार्फत बुझाउन सकिनेछ । बोलपत्र बुझाउने प्रकृया बारे प्राविधिक प्रस्तावनामा विस्तृत रुपमा उल्लेख गरिएको छ ।

३. बोलपत्र फारम प्राप्त गर्ने अन्तिम मिति २०८२/०६/२९ गते रहने छ भने र त्यस पछि बोलपत्र बितरण गरिने छैन । बोलपत्रको शर्तहरू स्पष्ट गर्नका लागि ईच्छुक आपुर्तिकर्ता वा विक्रेता सँग पूर्वबोलपत्र बैठक मिति २०८२ साल असोज ३१ गतेको दिन बिहान ११ बजे देखी अनलाईन र भौतिक उपस्थिति मार्फत आयोजना गरिनेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । बोलपत्र फारम मिति २०८२/०७/१३ गते बिहानको ११ बजे देखि सम्पुर्ण आपूर्तिकर्ताको भौतिक उपस्तिथिमा यस संस्थाको मुख्य कार्यालय चंद्रपुर४, रौतहटमा खोलिने छ ।

४. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस ग्रामिण बिकाश केन्द्र नेपाल रौतहटको खरिद समितिमा निहित रहने छ ।

५. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्द भएको मानिनेछ ।

६. यस सूचनामा उल्लेख गरिएका शर्तहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा यसै संस्थाको बन्दोबस्ती तथा खरिद नियमावली २०२३ र नेपाल सरकारको सार्वजनिक खरिद ऐन २०६३ बमोजिम हुनेछ ।

Technical Proposal_Agriculture_item_Empowering_Her

Financial Proposal_Agriculture_item_Empowering_Her

COI Bidder and Supplier V2

ग्रामीण विकास केन्द्र नेपाल

चन्द्रपुर ४, रौतहट, मधेश प्रदेश

फोन.नं. ०५५५४०२०३, ९८६५४११८३३

procurement@rdcnepal.org