कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

तेस्रो पटक प्रकाशित मितिः २०८२ असोज ०९ गते बिहिवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत शिक्षा र बाल संरक्षण तथा आयआर्जन क्षेत्रहरुमा कार्य गर्नको लागि देहाय बमोजिमका योग्यता र अनुभव भएको व्यक्तिहरुबाट रिक्तपूर्वक दरखास्त आह्वान गरिन्छ ।

पदआवश्यक संख्यायोग्यता

कार्यक्रम अधिकृत

(Project Officer)

१ (एक) जना

न्युनतम योग्यता

  • शिक्षा संकायमा वा सम्बन्धित क्षेत्रमा स्नातक तह वा सो सरह उत्तिर्ण गरेको
  • (स्नाकोतरलाई विशेष ग्राह्यता दिईनेछ)
  • सम्बधित क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको तथा शिक्षा, बाल संरक्षण र समावेसी शिक्षा क्षेत्रमा काम गरेको तथा जिल्लामा चलनचल्तिको स्थानीय भाषा जानेकोलाई प्राथमिकता दिईनेछ ।
  • क्षमता अभिवृद्धि तालिम, कार्यक्रम व्यवस्थापन र संस्थागत कर्मचारी विकास तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको ।
  • जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग आत्म विश्वासी तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने ।
  • अन्तर वैयक्तिक कला र सहजीकरण सीप भएको र कार्य तनावमा पनि ब्यवस्थापन गर्न सक्ने दक्षता भएको ।
  • जिल्लाको सामाजिक, आर्थिक एवमं सांस्कृतिक विषयहरुमा राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने सक्ने क्षमता भएको ।
  • Office package; World, Excel, Power point and email internet राम्रो दक्षता भएको ।
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू
  • व्यक्तिगत विवरण (Personal bio-data),
  • हस्त लिखीत निवेदन (Hand written application),
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि(Copy of educational certificates),
  • तालिम तथा कार्यअनुभव पत्रहरुको प्रतिलिपि(Copy of training certificate and experience letter)
  • दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference Persons details)

आवेदन दिने अन्तिम मितिसूचना प्रकाशित भएको मितिले ११ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
आवेदन पेश गर्ने स्थान र तरिका स्थानः

 दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा

ईमेलः dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

सम्पर्क नं.९८५४०२९२७७ र ९८१२००९२९२

संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 25 Sep, 2025
Apply Before 05 Oct, 2025
City Dhanusha