सिलाई तालिम प्रशिक्षक
Details / requirements:
सिलाई तालिम प्रशिक्षकको आवश्यकता
(प्रकाशन मिति: 19/01/2026)
छिमेकी संस्था नेपालबाट, तालिम प्राप्त महिला स्वंयसेविकाहरू संगठित भई २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो । यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अन्र्तगत आफ्नो कार्यक्षेत्र भित्र रहेका महिला तथा बालबालिकाहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन र महिलाहरूलाई सीप विकास तालिम मार्फत आय–आर्जन सम्बन्धी गतिविधिहरूमा सहभागी गराई उनीहरुलाई आत्मार्निभर बनाउने काममा सहयोग गर्दै आईरहेको छ । यसै सन्र्दभमा हाल संस्थाले महिलाहरूलाई आधारभूत सिलाई तालिम संचालन गर्न लागेको हुदाँ संस्थालाई एक इमान्दार तथा अनुभवि सिलाई तालिम प्रशिक्षकको आवश्यकता परेकोले सो पदको लागि तल उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरूलाई आवेदनको लागि आवहान गरिन्छ ।
पदः सिलाई तालिम प्रशिक्षक
संख्याः १
कार्यक्षेत्रः का.म.पा, वडा नं १३, कालिमाटी
कार्य अवधिः पाँच (५) महिना
प्रमुख जिम्मेवारीहरू:
- दैनिक आधारभुत तहको सिलाई तालिम संचालन गर्ने ।
- तालिममा सैदान्तिक/व्यवहारिक ज्ञान तथा अभ्यासहरू गराउनु पर्ने ।
- सहभागीहरुको दैनिक क्रियाकलापहरूको निगरानी गरी आवश्यकता अनुसार सुधार गर्न सहभागीहरुलाई सल्लाह दिने ।
- संस्थालाई मासिक प्रतिवेदन बुझाउनु पर्ने ।
योग्यता र सीपहरू:
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी ToT प्रमाण पत्र भएको ।
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी स्तर दुईको level(II) प्रमाण पत्र प्राप्त भएको र सिलाईको क्षेत्रमा प्रशिक्षकको रुपमा कम्तिमा दुई वर्ष कार्य अनुभव भएको ।
उल्लेखित पदको लागी इच्छुक तथा योग्य उम्मेद्धारहरूले निवेदन, आफ्नो CV र आवश्यक तालिम प्रमाण–पत्रहरू सहित २५ जनवरी २०२६, बेलुकी ५:०० बजेसम्म chhimekijobs@gmail.com, अथवा छिमेकी संस्था नेपालको कार्यलय कालिमाटीमा आवेदन दिनको लागी अनुरोध छ ।
Overview
| Category | Development Project, Employment Training |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 19 Jan, 2026 |
| Apply Before | 25 Jan, 2026 |
| City | Kathmandu |