सिलबन्दी दरभाउपत्रको सूचना आह्वान
Details / requirements:
सिलबन्दी दरभाउपत्रको सूचना आह्वान
मितिः २०८२ चैत्र ११ गते
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र र ANDHERI HILFE सँगको साझेदारीमा संचालित खाद्य सुरक्षामा सामुदायिक रूपान्तरणको लागि पैरवी परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको बिजयनगर गाँउपालिकामा लाभग्राहीको लागि Shallow Tube Well with Motor जडान गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरूबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नविकरण, आ.ब. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।
प्राप्त सिलबन्दी दरभाउपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८२ चैत्र २० गते तदानुसार 3rd April 2026 बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।
मिति २०८२।१२।२२ गते तदानुसार 5th April 2026 बिहान १०:०० बजे सिलबन्दी दरभाउपत्रदाताको प्रस्तावना खोलिने छ ।
शर्तहरू:
१. Shallow Tube Well with Motor जडान कार्य कपिलवस्तु जिल्ला बिजयनगर गाँउपालिकाको जर्लैया, छुटपाटी, उज्जवलपुर, लालपुर, बेतहानी, सिसवा, जुडपनिया, गेडुआजोत, देबीपुर र महदेइयामा गर्नु पर्नेछ ।
२. सम्पुर्ण जडान तथा निर्माण कार्यका लागि कार्यादेश पाएको मितिले १ महिना भित्र कार्य सम्पन्न गरी सक्नु पर्नेछ । समय सिमा भित्र कार्य सम्पन्न हुन नसकेको उपयुक्त कारण देखिएमा संस्थाले थप समय दिन सक्नेछ ।
३. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री उप-समितिमा निहित रहने छ ।
४. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरू स्वतः अयोग्य हुने छन् ।
५. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।
६. सिलबन्दी दरभाउपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
७. आपुर्तिकर्ता/निर्माणकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
८. इमेलबाट पठाइएको दरभाउपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।
९. प्राप्त दरभाउपत्रहरू खोलिने मिति र समय सम्बन्धित दरभाउपत्र दातालाई जानकारी गराईने छ । दरभाउपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
१०. माथि उल्लेखित भएका कुराहरू बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
११. दरभाउपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
१२. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।
LINKS:
Financial Proposal-Shallow Tube Well with Motor
सम्पर्कः खरिद तथा लिलाम बिक्री उप-समिति कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा सम्पर्क नम्बरः ०७६-५६०२८२ | गुनासो गर्नको लागिः टोल फ्री नम्बरः १८१०५०००२८२ इमेलः cfm.kssc@gmail.com |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 25 Mar, 2026 |
| Apply Before | 03 Apr, 2026 |
| City | Kapilvastu |