बोलपत्र आह्वानको सूचना

PESWAN (Preservation of Environment and Social Welfare Association of Nepal)

Details / requirements:

बोलपत्र आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८२/१२/११

बोलपत्र आह्वानको सूचना नं. PESWAN/ OB-02 /2082/083

प्राक्टिकल एक्शन र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, कन्चनपुरको सहजिकरणमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत वडास्तरीय विपद् व्यवस्थापन समितिलाई बाढीको पूर्वतयारीका लागि आपत्कालिन उद्धार सामग्री राष्ट्रियस्तरको खुल्ला बोलपत्रका माध्यमबाट खरिद गर्नुपर्ने भएकोले योग्य फर्म वा संस्थालाई यो बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

बोलपत्रको विवरण

क्र. सं.
सामाग्रीको नाम
जमानत रकम रू.
बोलपत्र फारम दस्तुर रू.
बोलपत्र मान्य हुने अवधि
शिलबन्दी बोलपत्र खरिद गर्ने अन्तिम मिति र समय
बोलपत्र दर्ता गर्ने अन्तिम मिति र समय
बोलपत्र खोल्ने मिति र समय
१.
आपत्कालिन उद्धार सामग्री
७३,०३७।००
५,०००।००
३० दिन

२०८३।०१।०९

कार्यालय समय भित्र

२०८३।०१।१०

गते दिनको ५:०० बजे भित्र

२०८३।०१।११

गते दिनको १२:०० बजे

१. बोलपत्र खरिद गर्न चाहने इच्छुक योग्य बोलपत्रदाताहरूले बोलपत्र सम्बन्धी कागजात यस वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, महेन्द्रनगर, कन्चनपुरको कार्यालयबाट लिखित निवेदन पेश गरी वा ईमेल मार्फत मिति २०८३/०१/०९ गते सम्म कार्यालय समय भित्र प्राप्त गर्न सक्नेछन्। त्यस्तो निवेदनको साथमा कम्पनी/फर्म/व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ताको प्रतिलिप र बोलपत्र सम्बन्धी कागजातको दस्तुर यस संस्थाको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड महेन्द्रनगर, कन्चनपुरको खाता नं.०८३०१०४०२५१५६३ मा जम्मा गरेको सक्कल बैंक भौचर पेश गर्नुपर्नेछ।

२. बोलपत्र सम्बन्धि कागजात तथा प्राविधिक स्पेसिफिकेसन लगायतका विषयमा छलफल गर्न मिति २०८२/१२/१५ गते विहानको ११ बजे यस कार्यालयमा वा भर्चुवल माध्यमबाट पूर्व (बोलपत्र बैठक आयोजना हुनेछ।)

३. शिलबन्दी गरिएको बोलपत्र मिति २०८/०१/१० गते दिनको ५:०० बजे भित्र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, महेन्द्रनगर, कन्चनपुरमा पेश गर्नु पर्नेछ। उल्लेखित समय भन्दा ढिलो गरी प्राप्त बोलपत्र स्वीकार गरिने छैन। बोलपत्रको साथ कम्तिमा रू. ७३,०००।०० को बोलपत्र जमानत वा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड महेन्द्रनगर, कन्चनपुरको खाता नं.०८३०१०४०२५१५६३ मा जम्मा गरेको सक्कल बैंक भौचर संलग्न गर्नुपर्नेछ र त्यस्तो बोलपत्र जमानतको मान्य हुने अवधि बोलपत्र खोलेको मितिबाट कम्तिमा पनि ९० दिन बढी हुनुपर्नेछ ।

४. तोकिएको समयभित्र पेश भएका बोलपत्रहरू उपस्थित हुन चाहने बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, महेन्द्रनगर, कन्चनपुरमा मिति २०८३/०१/११ गते दिनको १२:०० बजे खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न बाधा पर्ने छैन । 

५. बोलपत्र खरिद गर्ने, पेश गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन अन्तिम दिन कायम हुनेछ । त्यस्तो अवस्थामा बोलपत्र र बोलपत्र जमानतको मान्य अवधि भने साविककै मितिदेखि गणना गरिने छ ।

६. बोलपत्र स्वीकृत गर्ने, रद्ध गर्ने र आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, महेन्द्रनगर, कन्चनपुरमा सुरक्षित रहनेछ ।

७. बोलपत्र सम्बन्धि अन्य शर्तहरू बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुनेछ ।

बोलपत्र सम्बन्धि अन्य जानकारीका लागि: वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, भिमदत्त न. पा. १८, महेन्द्रनगर, कन्चनपुर

फोन नं.: ९७०१५६८३४४ वा email: procurement.peswan@gmail.com मार्फत सम्पर्क गर्न सकिनेछ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 25 Mar, 2026
Apply Before 22 Apr, 2026
City Kanchanpur