शिलबन्दी दरभाउपत्रको सूचना आह्वान
Details / requirements:
२०८२ फाल्गुन २८ गते
शिलबन्दी दरभाउपत्रको सूचना आह्वान
यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित Transforming Lives Through Nutrition परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको लाभग्राहीहरूको लागि Poultry Support को लागि चल्ला, दाना तथा अन्य सामाग्री खरिद गर्नको लागि तल उल्लेखित शर्तहरूको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरूबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि शिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ ।
प्राप्त शिलबन्दी दरभाउपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा शिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८२ चैत्र ५ गते तदानुसार १९ मार्च २०२६ बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८२।१२।०६ गते बिहान १०:०० बजे शिलबन्दी दरभाउपत्रदाताको प्रस्तावना खोलिने छ । शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।
शर्तहरू:
१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको दरभाउपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।
३. शिलबन्दी दरभाउपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
४. रोगी बिरामी किसिमको चल्ला आपुर्ति गर्न पाइने छैन । रोगी बिरामी चल्ला आपुर्ति गरेमा सो को सट्टा स्वस्थ्य चल्ला उपलब्ध गराउनु पर्नेछ ।
५. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।
६. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरू उल्लेख गर्ने बिक्रेताहरू स्वतः अयोग्य हुने छन् ।
७. सामाग्रीको ढुवानी यस कार्यालय सम्म सम्बन्धित आपुर्तिकर्ताले नै गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।
८. इमेलबाट पठाइएको दरभाउपत्र स्वीकार गरिने छैन तसर्थ शिलबन्दी दरभाउपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।
९. म्याद नाघेको, रित नपुगेको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
१०. प्राप्त दरभाउपत्रहरू खोलिने मिति र समय सम्बन्धित दरभाउपत्र दातालाई जानकारी गराईने छ । दरभाउपत्र दाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
११. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।
१२. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।
१३. दरभाउपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ ।
१४. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरुको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।
सम्पर्कः गुनासो गर्नको लागिः
खरिद तथा लिलाम बिक्री उप-समिति टोल फ्री नम्बरः १८१०५०००२८२
कालिका स्वावलम्बन सामाजिक केन्द्र इमेलः cfm.kssc@gmail.com
कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा
सम्पर्क नम्बरः ०७६-५६०२८२
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 12 Mar, 2026 |
| Apply Before | 19 Mar, 2026 |
| City | Kapilvastu |