सिलबन्दी बोलपत्र (Sealed Quotation) आह्वानको सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

सिलबन्दी बोलपत्र (Sealed Quotation) आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित मिति २०८१/०६/०५ अर्थात २१ सेप्टेम्बर २०२४

सामुदायिक विकास तथा पैरवि मन्च नेपाल (CDAFN) बर्दिबास ले सेभ दि चिल्ड्रेनको साझेदारिमा महोत्तरी जिल्लाको बर्दिबास र गौशला न.पा.मा स्पोन्सरसिप र पँहुच परियोजना संचालन भईरहेको छ । उक्त परियोजना  अन्तर्गत दरभाउ पत्रमा उल्लेखित स्वास्थ्य सम्बन्धि सामाग्रि तथा उपकरण यस संस्थालाई आवश्यकता रहेकोले आपुर्ति गर्नका लागि ईच्छुक ईजाजत प्राप्त कम्पनि तथा सप्लायर्सहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपुर्वक सिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

देहायबमोजिम:

१. बोलपत्र फारम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अर्थात मिति २०८१/०६/१९ गते अर्थात (०५ अक्टोवर २०२४) तारिख दिउँसो ४ बजे भित्रमा आवश्यक कागजपत्र (व्यबसाय दर्ताको प्रमाण पत्र, भ्याटको प्रमाण पत्र, आ.व.२०७९/०८० कर चुक्ताको प्रमाण पत्र) र बाल सुरक्षा निति स्वीकार गरेको फारम संलग्न गरि यस संस्थाको एडमिन एण्ड लजिष्टिक बिभागमा दर्ता गराई सक्नु पर्नेछ ।

२. बोलपत्र (कोटेसन) फारम), बाल सुरक्षा निति फारम तथा अन्य सम्बन्धित कागजपत्रहरु संस्थाको एडमिन एण्ड लजिष्टिक बिभागबाट प्राप्त गर्न सक्नुहुनेछ ,संस्थाको सामाग्रि खरिद  तथा व्यबस्थापन समितिको ईमेल pc@cdafn.org.np मार्फत पनि माग गर्न सक्नुहुनेछ र अनलाईन सूचनाको लिंक बाट पनि डाउनलोड गरि प्राप्त गर्न सकिनेछ ।

३. शिलबन्दी बोलपत्र यस संस्थाको कार्यालयमा वा पासवर्ड सहित यस संस्थाको सामाग्रि खरिद तथा व्यबस्थापन समितिको ईमेल pc@cdafn.org.np मार्फत बुझाउन सकिनेछ बोलपत्र फारम  बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।

४. रितपुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका बोलपत्र फारम स्वत: बदर ठहरिने व्यहोरा यसै सुचना मार्फत सुचित गरिन्छ ।

५. दर्ता हुन आएका शिलबन्दी बोलपत्रहरु प्रथम पटक सूचना प्रकाशित भएको मितिले १७ औं दिन मिति २०८१/०६/२१ गते अर्थात (०७ अक्टोवर २०२४) तारिख बिहान ११ः३० बजे यस संस्थाको सामाग्रि खरिद तथा व्यबस्थापन समिति, उपस्थित सप्लायर्स तथा कम्पनिका प्रतिनिधि र अन्य प्रतिनिधिहरुको रोहबरमा खोलिनेछ । तर सप्लायर्स तथा कम्पनिको प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

६. यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पुर्ण निर्णय संस्थाको सामाग्रि खरिद तथा व्यबस्थापन समितिमा निहित रहनेछ ।

For the Request for Quotation, please click on the following link:

Link: Request for Quotation (RFQ)

बिस्तृत जानकारी तथा बोलपत्र पेश गर्ने सम्पर्क ठेगाना:

बर्दिबास, ३ महोत्तरी

सम्पर्क ईमेल: pc@cdafn.org.np

सम्पर्क नं.:  ९८४४४२३९८५/९८४०३००९३