मनोसामाजिक परामर्शकर्ता तथा वकालत अधिकृत

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

पदपूर्ति सम्वन्धि सूचना

प्रथम पटक प्रकाशन मितिः २०८२।०६।१०

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी.– नेपाल), मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ कार्यरत राष्ट्रिय स्तरको एक अग्रणी संस्था हो । फेल्मको आर्थिक सहयोगमा सल्यान जिल्लाका बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकासंगको Empowering Inclusion and Enhancing Accessibility for Persons with Disabilities परियोजनाका लागि एक जना मनोसामाजिक परामर्शकर्ता तथा वकालत अधिकृतको आवश्यकता परेकोले पदपुर्तिका लागि योग्यता पुगेका निवेदकहरुबाट निवेदन आह्वान गर्दछौं ।

१. पदः मनोसामाजिक परामर्शकर्ता तथा वकालत अधिकृत (१ जनाः सल्यान जिल्लाको लागि)

कामको मूख्य जिम्मेवारीः

  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सवालमा समुदायस्तरमा सचेतना बढाउने ।
  • मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारको पहिचान गर्ने, उपचारको लागि स्वास्थ्य निकायमा सम्प्रेषण गर्ने र घरभेटघाटको माध्यमबाट ब्यक्तिगत वा समूहमा मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने । 
  • अपाङ्गताको भएका व्यक्ति, मनोसामाजिक वा मानसिक स्वास्थ्य समस्याको अनुभव गरेका व्यक्ति र परिवारका सदस्यहरुलाई समेटेर मानसिक स्वास्थ्य स्वावलम्वन समूह वा साथी सहयोगी समूह गठन गर्ने, उनीहरुको संस्थागत र अन्य ब्यवसायिक क्षमता अभिबृद्धि गर्दै त्यस्ता समूहलाई समुदायस्तरमा परिचालन गर्ने ।
  • अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गरी मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुको हक, अधिकार संरक्षण, समावेशी र सेवामा पहुँच बृद्धिका लागि वकालत एंव पैरवी गर्ने । 
  • मानसिक स्वास्थ्य समस्या, अपाङ्गताको भएका व्यक्ति र परिवारको आयआर्जन बढाउनको लागि सरकारी लगायत अन्य रोजगार प्रदायक संघसस्थाहरु सँग समन्वय गर्ने, सीप विकास तालिम तथा वित्तिय साक्षरताको कक्षा लिने लागि संयोजन गर्ने लगायतका काममा सहयोग गर्ने ।
  • स्थानीय तहमा सञ्चालित कार्यक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न स्थानीय सरकार लगायत अन्य सरोकारवाला संघसस्थाहरु सँग समन्वय गर्ने आदि ।
  • प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति, रणनैतिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका निम्ती माग भए अनुसार तालिममा सहजीकरण गर्नुका साथै संस्थाका तर्फबाट सहयोग प्रदान गर्ने । 
  • स्थानीय सरकारमा रहेका विभिन्न नीतिगत दस्तावेजहरुमा अपाङ्गताको भएका व्यक्तिको मुलप्रवाहीकरण र समावेशीकरणका निम्ती आवश्यक अन्तरक्रिया, छलफल तथा पैरवी गर्ने
  • समावेशी शिक्षाको अवधारणालाई आत्मसात गर्दै पहुँचयुक्तता सुनिश्चीतता, विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने ।
  • प्रतिवेदन तयार गर्ने, तथ्यांकहरु संकलन गर्ने, रेकर्ड राख्ने र परियोजना संयोजक, कार्यक्रम प्रमुखलाई पठाउने । आवश्यकता अनुसार महिला तथा बालबालिका, स्वास्थ्य शाखा मार्फत पालिकालाई बुझाउने ।

योग्यता:

  • सामाजिक कार्य (social work) वा समाजशास्त्र वा मनोविज्ञान वा जन स्वास्थ्य वा नर्सिग वा स्वास्थ्य शिक्षाविषयमा स्नातक तह उत्तिर्ण गरेर कम्तिमा ३ वर्ष समुदायमा वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गरेको कार्य अनुभव भएको ।  
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट स्विकृत मनोसामाजिक परामर्शको ६ महिनाको तालिम लिएको वा लिईरहेको उम्मेदवारलाई प्राथमिकता दिईनेछ ।
  • अधिकारमुखी सामाजिक परिचालन पद्तिमा रही मानसिक स्वास्थ्य स्वावलम्वन समूह वा अन्य समुदायस्तरका संस्थाहरुसँग काम गरेको अनुभव भएको । 
  • अपांगता समावेशीकरण, पहँचयुक्तता लगायतका सवालमा स्थानीयस्तरमा रहेर काम गरेको अनुभव भएको ।
  • प्रतिवेदन लेखन, तथ्यांक, जानकारी संकलन र अभिलेखीकरण सम्वन्धि सीप भएको ।
  • संचार, संयोजन र पैरवी सम्वन्धि आवश्यक सीपका साथै कम्प्युटर, इन्टरनेट सम्वन्धि ज्ञान, सीप भएको ।
  • अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफैले वा अन्य व्यक्ति वा संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

सुविधाहरु:  सी.एम.सी.–नेपाल र सम्वन्धित दातृ निकायसँग भएको सम्झौता अनुसार करारनामा हाललाई डिसेम्वर २०२५ सम्मको लागि हुनेछ र कामको आवश्यकता अनुसार थप गर्न सकिनेछ ।

माथि उल्लेख गरेअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण (bio-data) सहित तल दिइएको ठेगानामा २०८२ असोज २४ गते गते भित्र दरखास्त आह्वान गरिन्छ । 

पदपुर्ति प्रक्रिया सम्वन्धि सम्पूर्ण अधिकार सी.एम.सी.– नेपालमा निहित रहनेछ । 

स्थानीय बासिन्दा, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुसंग कार्यअनुभव भएका व्यक्तिलाई विशेष प्राथमिकता दिईनेछ । 

मानवसंशाधन व्यवस्थापक, सी.एम.सी.– नेपाल

ईमेलःvacancy.cmcnepal@gmail.com, वेभपेजःwww.cmcnepal.org.np

Overview

Category Development Project, Development / NGO
Openings 1
Position Type Full Time
Position Level Mid Level
Experience 3+ years
Education B.P.H. (Bachelors in Public Health), B.S.W. (Bachelors in Social Work), Bachelors in Psychology
Posted Date 26 Sep, 2025
Apply Before 10 Oct, 2025
City Salyan