कोटेशन आह्वान सम्बन्धी सूचना
Details / requirements:
कोटेशन आह्वान सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०७/२१ गते
MOFA जापान र वर्ल्ड भिजन जापानको आर्थिक सहयोग, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारितामा सामाजिक विकासका लागि सचेत समाज धनगढी कैलाली अन्तर्गत सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत टिकापुर नगरपालिका र जानकी गाउँपालिकाको स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका लागि तपसिल बमोजिमका सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले कोटेशन फर्ममा उल्लेख गरिएको शर्तहरू र सामाग्रीको गुणस्तर (स्पेशिफिकेशन) बमोजिमको सामाग्रीहरू उपलब्ध गराउन ईच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका सम्पूर्ण आपूर्तिकर्ता, फर्म वा कम्पनिबाट आजको मितिले १४ दिन भित्र (मिति २०८२ मंसिर ०४ गते सम्म, २० नोभेम्बर २०२५) कार्यालय समय भित्र प्राप्त हुने गरि शिलबन्दी कोटेशन पेश गर्न हुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ । शिलबन्दी कोटेशन फाराम संस्थाको Email ID: recruitment.ckailali@gmail.com मा ईमेल पठाएर पनि प्राप्त गर्न सकिने छ, वा संस्थाको केन्द्रिय धनगढी कैलाली वा परियोजना कार्यालय टिकापुर कैलालीबाट समेत प्राप्त गर्न सकिनेछ ।
सिलबन्दी कोटेशनका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:
१) फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी – १ थान
२) फर्म नविकरण गरेको प्रमाणपत्रको प्रतिलिपी – १ थान
३) भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी – १ थान
४) आ.व २०८१।२०८२ को कर चुक्ताको प्रमाण पत्र को प्रतिलिपी – १ थान
५) फर्म सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी – १ थान
६) फर्मको आफ्नो Letter head मा Cover letter – १ थान
पुनश्च: इमेल मार्फत कोटेशन पेश गर्दा PDF file बनाएर PIN code Lock गरेर पठाउनु पर्नेछ र भौतिक रुपमा कोटेशन बुझाउँदा राम्रोसँग सिलबन्दी गरेर पठाएको हुनु पर्नेछ । साथै सामाग्रीहरूको दररेट वजार दरभाउ अनुसार हुनुपर्ने छ र कार्यालयले माग गरी आएको समय सिमा भित्र काटेशन बुझाई सक्नुपर्नेछ अन्यथा कोटेशन मान्य हुने छैन ।
(नोट: कोटेशन स्वीकार गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार संस्थामा निहीत रहनेछ साथै आंशिक वा पूर्ण रुपमा खरिद गर्ने अधिकार पनि संस्थामा रहने छ ।)
शिलबन्दी कोटेशन पेश गर्ने ठेगाना:
सामाजिक विकासका लागि सचेत समाज, केन्द्रिय कार्यालय, धनगढी कैलाली
वा
परियोजनाको कार्यालय टिकापुर कैलाली
फोन नं. ०९१–५२३८४६/९८४८४९००४५
Email: recruitment.ckailali@gmail.com
खरिद उप–समिति
सामाजिक विकासका लागि सचेत समाज कैलाली
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 07 Nov, 2025 |
| Apply Before | 20 Nov, 2025 |
| City | Kailali |