कोटेशन आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कोटेशन आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८२/०५/०९)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको पोषण परियोजनाको लागि ल्यापटप (कम्प्युटरसेवा/सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले मुल्य अभिवृद्धि करमा दर्ता भएको वा मुल्य अभिवूद्धि करमा दर्ता नगरी सञ्चालन गर्न पाउने भनि कानुनले तोकिदिएको हकमा पान दर्ता भएका उल्लेखित सेवा आपुर्ती गर्न ईच्छुक विक्रेता/आपुर्तिकर्ता/वितरक/कम्पनी तथा सेवा प्रदायकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ३ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यालय समय भित्र सम्बन्धित आपूर्तीकर्ताहरूकै लेटर प्याडमा दरभाउ तथा शर्तहरू उल्लेख गरी कोटेशन ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

आपूर्ति गरिने सेवा/सामग्रीहरूको विवरणः

Laptop Specification

  • 13th Gen Intel Corei5 Processor (12MB or higher Cache, 10 Core, Up to 4.3 GHz speed Turbo) or higher
  • 16GB (2X8GB) DDR5 memory kit
  • 512GB Solid State Drive M.2, Gen 4 PCIe NVMe
  • 14" or higher FHD (1920x1080) LED Non-Touch Display with Integrated Webcam with Digital Microphone, LAN/WAN, Wireless features, Docking port, HDMI port, USB Port
  • 3-cell or higher-cell Primary Battery with quick charger AC Adapter,
  • Keyboard with backlight
  • Other standard configuration
  • Original Carrying case
  • Minimum 1 Years Warranty on Laptop and Battery or higher

१. कोटेशन पेश गर्दा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि १ थान, फर्म भ्याटमादर्ता भएको प्रमाणपत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्ष को करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सेवा/सामग्रीको लेटरप्याडमा दर भाउ अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । यसरी सेवा/सामग्रीको विवरण उल्लेख गर्दा उपलब्ध गराउने समयसीमा र बारेन्टी ग्यारेन्टी लगायतका सेवा सुविधाहरू के कसरी, कस्ता शर्तहरूमा रही दिन सकिने हो वा नसकिने हो स्पष्ट खुलाई पेश गर्नु पर्ने छ ।

२. म्याद नाघी वा रित नपूगी आएका कोटेशन उपर कुनै कारबाहीहुने छैन ।

३. कोटेशन खोल्ने मितिः २०८२ भाद्र १२ गते दिनको २:०० बजे, स्थानः राष्ट्रिय सचिवालय, मध्य बानेश्वर, काठमाडौं

४. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

सम्पर्कका लागि:

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

राष्ट्रिय सचिवालय, मध्य बानेश्वर, काठमाडौं

फोन नं. ४१०५०१८

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 25 Aug, 2025
Apply Before 27 Aug, 2025
City Kathmandu