कर्मचारी आवश्यकता सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति २०८२ साल भाद्र ६ गते

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि विगत १४ वर्षदेखि कार्यरत रहदै आएको छ ।

महासंघले जैविक विविधताको संरक्षण, महिला तथा सिमान्त समुदायको जीविकोपार्जनमा टेवा, उद्यमशीलता क्षमता विकास विकास गर्ने उदेश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा जिल्लाको “मुतानी खोला जलाधार व्यवस्थापन कार्यक्रम” बिगत २ वर्ष देखि सञ्चालन गरिहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय, सिरहामा एवं सम्बन्धित कार्यक्षेत्रमा रही तपशिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपशिलमा उल्लेखित ठेगानामा १२ भाद्र २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं वायोडाटा पेश गर्न अनुरोध गरिन्छ । निवेदन पेश गर्दा आशातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

2Q==

  • महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि
  • दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मितिः २०८२ भाद्र १२ गते सम्म

छनौट विधी: लिखित र मौखिक

..........................

पदपूर्ति समिति

Overview

Category Agriculture, Administrative / Management, Development Project, Finance & Administration
Openings 2
Position Type Full Time
Experience 1+ years, 2+ years
Education B. Sc. in Agriculture, JTA Agriculture
Posted Date 22 Aug, 2025
Apply Before 28 Aug, 2025
City Kathmandu