कोटेशन आह्वान

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

कोटेशन आह्वान

(प्रथम पटक प्रकाशित)

मितिः २०८३।०१।२३ गते

गेरुवा सन् १९९३ मा स्थापना भएको एक गैर-नाफामूलक, गैर-सरकारी सामाजिक विकास संस्था हो। यो संस्था जिल्ला प्रशासन कार्यालय, बर्दियामा वि.सं. २०४९/१० मा दर्ता भएको हो। यसले स्थानीय सरकारका सरोकारवालाहरूसँग नजिकको सहकार्य गर्दै पछाडि पारिएका, दलित, सीमान्तकृत तथा अन्य विपन्न समुदायहरूको सामाजिक–आर्थिक विकास तथा स्वास्थ्य अवस्थाको सुधारका लागि कार्य गर्दै आएको छ।विशेष गरी विपन्न समुदायका महिला तथा बालबालिकाको हितका लागि WASH (पानी, सरसफाइ तथा स्वच्छता) लगायत सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्य अवस्थाको अभिवृद्धि गर्नु गेरुवाको मुख्य उद्देश्य हो।

यस गेरुवा ग्रामीण जागरण संघद्वारा सञ्चालित “सफल परियोजना” अन्तर्गत पानी चिस्यान प्रणाली (Water Cooling System) खरिद गर्नुपर्ने भएकाले, तोकिएको Specification अनुसार विभिन्न आपूर्तिकर्ता/कम्पनीहरूबाट दररेट (Quotation) पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र, मिति २०८३।०१।२९ सम्म आवश्यक कागजातसहित कोटेशन पेश गर्न हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

१. आवश्यक सामग्री:

पानी चिस्यान प्रणाली (Water Cooling System)

२. प्राविधिक विवरण (Specification):

  • उच्च गुणस्तरको पानी चिस्यान र तातो  गर्ने क्षमता भएको
  • विद्युत खपत कम हुने (Energy Efficient)
  • टिकाउ तथा मर्मत सम्भार गर्न सजिलो
  • स्वच्छ तथा सुरक्षित खानेपानी सुनिश्चित गर्ने
  • आवश्यक क्षमता (Capacity)  Specification अनुसार हुने
  • अन्य आवश्यक प्राविधिक विशेषता स्पष्ट रूपमा उल्लेख गरिएको हुनु पर्ने

३. महत्वपूर्ण शर्तहरू:

  • इच्छुक कम्पनी/आपूर्तिकर्ताले आफ्नो कम्पनीको प्रोफाइल सहित दररेट पेश गर्नु पर्नेछ
  • उपलब्ध गराइने सामग्रीको विस्तृत Specification तथा Warranty/Guarantee उल्लेख गर्नु पर्नेछ
  • VAT/PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ
  • डेलिभरी समय स्पष्ट उल्लेख गर्नु पर्नेछ
  • दररेट उपलब्ध गराउँदा, सम्बन्धित कम्पनीअनुसार दररेट पेश गर्नुपर्नेछ
  • बर्दिया जिल्लाको लागि ढुवानी तथा जडान खर्च सहितको दररेट उपलब्ध गराउनु पर्नेछ  
  • आवश्यक परेमा नमुना वा डेमो प्रस्तुत गर्नुपर्ने हुन सक्छ
  • १५ दिनभित्र उपलब्ध गराउन सक्ने हुनुपर्नेछ
  • पोस्ट-इन्स्टलेशन सेवा (वारेन्टी तथा सर्भिसिङ) को सुविधा भएमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ

४.निम्न Specification अनुसार दर रेट उपलब्ध  गराउन हुन नुरोध गरिन्छ

1. A- BAFSSHCN40/70 - HCN SERIES

Technical Specifications

  • Cold Water Storage Capacity: 70L
  • Water Cooling Capacity: 60 LPH
  • Hot Water Storage Capacity: 40L
  • Heating Capacity: 40 LPH
  • Normal Capacity: Regular flow
  • Dimension (W x D x H) in mm: based on capacity
  • Temperature Range: A35°C (16°C), A42°C (21°C), Hot 50°C
  • Watts: 1900W
  • Refrigerant: R134A
  • Voltage: Single phase 220-240V, AC, 50Hz

1. B-BAFSSHCN60/80 - HCN SERIES

Technical Specifications

  • Cold Water Storage Capacity: 80L
  • Water Cooling Capacity: 80 LPH
  • Hot Water Storage Capacity: 60L
  • Heating Capacity: 60 LPH
  • Normal Capacity: Regular flow
  • Dimension (W x D x H) in mm: based on capacity
  • Temperature Range: A35°C (16°C), A42°C (21°C), Hot 50°C
  • Watts: 2400W
  • Refrigerant: R134A
  • Voltage: Single phase 220-240V, AC, 50Hz

Features for 1 A&B 

  • CFC Free
  • Stainless Steel Body
  • Stainless Steel Inner Cabinet
  • Copper Coils
  • 4D Cooling
  • Suitable for Public Place and Offices
  • Element Based Heating

2. A- PSS 150/150

Technical Specifications

  • External dimension: based on capacity 
  • Water storage capacity: 150 Liters
  • Cooling capacity LPH: 150 Liters
  • Electricity Consumption (Watts): 1550
  • Cool water glasses per hour: 750 Nos
  • Faucet type/ no of taps: Push type/ 2 Nos
  • Cold water faucet/ normal water faucet: 2 Nos
  • Category: Water Cooler (PSS – Partial Stainless Steel)

2. B- PSS 200/200

Technical Specifications

  • External dimension: based on capacity 
  • Water storage capacity: 200 Liters
  • Cooling capacity LPH: 200 Liters
  • Electricity Consumption (Watts): 1800-2000
  • Cool water glasses per hour: 1000 Nos
  • Faucet type/ no of taps: Push type/ 2-3 Nos
  • Cold water faucet/ normal water faucet: 2-3 Nos
  • Category: Water Cooler (PSS – Partial Stainless Steel)

नोट: आपूर्तिकर्ता/कम्पनीहरूबाट दररेट (Quotation) पेश गर्दा लिटर (Ltr) तथा ब्रान्डअनुसार छुट्टाछुट्टै दर भएमा सूची उपलब्ध गराउनु पर्नेछ।

५. विशेष व्यवस्था:

नतिजा राम्रो आएमा र आवश्यकता अनुसार विभिन्न चरणमा गरी ५ देखि १० वटा पानी चिस्यान प्रणाली (Water Cooling System) खरिद गर्न सकिनेछ।

पुनश्चः इच्छुक बोलपत्रकर्ताले मिति २०८३।०१।२९ गते  कार्यलय समय ५:०० बजे भित्र गेरुवा ग्रामीण जागरण संघ, बर्दियाको कार्यालय वा ईमेल geruwabardiya77@gmail.com मार्फत पेश गर्नु पर्नेछ ।

थप जानकारीका लागिः 

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ बालमन्दीर टोल

geruwabardiya77@gmail.com   

०८४४२००८७

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 May, 2026
Apply Before 12 May, 2026
City Bardiya