कर्मचारी अवश्यक्ता सम्बन्धी सूचना

National Environment and Equity Development Society (NEEDS Nepal)

Details / requirements:

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः २०८३।०१।२३

निडस नेपालद्धारा कंचनपुर जिल्लामा संचालन हुन गईरहेको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

पदन्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभवमुख्य जिम्मेवारीहरू

कार्यक्रम संयोजक (Program Coordinator)

  • (१ जना) जनस्वास्थ्य वा नर्सिङमा स्नातकोत्तर (MPH/MSc Nursing) उत्तीर्ण भई कार्यक्रम व्यवस्थापनमा २  वर्षको अनुभव वा जनस्वास्थ्य, नर्सिङ वा स्वास्थ्य सम्बन्धी विषयमा स्नातक उत्तीर्ण भई कार्यक्रम व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त गरेको।
  • तोकिएको समय र बजेटभित्रै सम्पूर्ण लक्ष्यहरू हासिल भएको सुनिश्चित गर्न परियोजनाका क्रियाकलापहरूको समग्र योजना तर्जुमा, कार्यान्वयन, प्रतिवेदन तयार र दैनिककार्य व्यवस्थापन गर्ने।
  • जिल्ला तहमा स्वास्थ्य तथा पोषण सँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरू र अन्य सरोकारवालाहरूसँग समन्वय गर्ने।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विस्तृत कार्यान्वयन योजना निर्माण गर्ने।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन गर्ने र सम्बन्धित सरकारी तथा गैर-सरकारी संस्थाहरूसँग नियमित समन्वय गर्ने।
  • असल अभ्यास, सफलताका कथा र परियोजनाका चुनौतीहरूको अभिलेखीकरण सुनिश्चित गर्दै अनुगमन, मूल्याङ्कन गर्ने।
  • परियोजनाको तथ्याङ्क व्यवस्थापन गर्ने, मातहतका कर्मचारीलाई सहयोग गर्ने र समयमै प्रगति प्रतिवेदनहरू पेश गर्ने।
कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical)
  • (१ जना) नर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण भएको।
  • मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रममा कम्तीमा २ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने।
  • कार्यक्षेत्र (फिल्ड) स्तरका क्रियाकलापहरू कार्यान्वयन गर्न र प्रगति प्रतिवेदन तयार गर्न कार्यक्रम संयोजकलाई सहयोग पुर्‍याउने।
  • जिल्ला तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण सम्बन्धी प्राविधिक सम्पर्क व्यक्तिहरूसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने।
  • कार्यसञ्चालन योजनाहरू निर्माण गर्ने र कार्यक्षेत्रमा तिनको समयमै तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
  • पालिका स्तरका सम्बन्धित सरकारी तथा गैर-सरकारी निकायहरूसँग समन्वय गर्ने।
  • मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र परियोजना क्षेत्रका स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण तथा प्राविधिक सहयोग प्रदान गर्ने।
  • मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण सेवाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई प्राविधिक सहयोग प्रदान गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा कार्यसम्पादनको सुदृढीकरणका लागि यथोचित प्राविधिक सहयोग प्रदान गर्ने।
  • तथ्याङ्कको व्यवस्थापन र विश्लेषण गर्दै परियोजनाका सफलताका कथा र चुनौतीहरूको अनुगमन, मूल्याङ्कन र अभिलेखीकरण गर्ने।
अनुगमन तथा मूल्याङ्कन अधिकृत (Monitoring and Evaluation Officer)
  • (१ जना) जनस्वास्थ्यमा स्नातक (public health) उत्तीर्ण भई २ वर्षको अनुभव वा  नर्सिङ, सामाजिक विज्ञान वा  अन्य सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई कम्तीमा  ३  वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको।
  • अनुगमन तथा मूल्याङ्कनको योजना निर्माण  र कार्यान्वयन गर्ने  ।
  • परियोजनाका सूचकहरू सम्बन्धी तथ्याङ्क समयमै सङ्कलन, विश्लेषण, प्रतिवेदन, तथा प्रयोग भएको सुनिश्चित गर्ने।
  • तथ्याङ्को गुणस्तर जाँच, अनुगमन, कर्मचारी क्षमता अभिवृद्धि, डाटा बेस सिस्टमको विकास र  प्रमाणमा आधारित निर्णयलाई सहयोग गर्ने ।
  • HMIS को सबलीकरण र प्रयोगका लागि जिल्ला/पालिकाका सरोकारवालासँग समन्वय गर्ने ।
  • तथ्यमा आधारित योजना तर्जुमा गर्न परियोजनालाई सहयोग प्रदान गर्ने तथा मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण सम्बन्धी तथ्यांकको गुणस्तर सुधार गर्ने ।
प्रशासन तथा वित्त अधिकृत (Admin and Finance Officer) (१ जना)
  • स्नातक तह उत्तीर्ण गरी  कम्तीमा  ३  वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको।
  • वित्तीय व्यवस्थापन तथा बजेट नियन्त्रण गर्ने।
  • दैनिक आय–व्यय तथा अन्य वित्तीय कारोबारहरू लेखा Software मा अभिलेख राखी  भुक्तानी गर्ने।
  • परियोजनाका लागि आवश्यक लजिस्टिक्स व्यवस्थापन तथा प्रशासनिक कार्यहरू गर्ने।
  • खरिद तथा आपूर्ति व्यवस्थापन
  • आवश्यक वित्तीय प्रतिवेदन तयार  गर्ने।

फिल्ड सुपरभाइजर (Field Supervisor) (४ जना)

  • PCL नर्सिङ वा हेल्थ असिस्टेन्ट (HA) उत्तीर्ण गरेको (BPH वा BN उतिर्णलाई प्राथमिकता दिईने)
  • समुदाय स्तरमा तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रम प्रत्यक्ष रूपमा कार्यान्वयन गर्न यथोचित सहयोग प्रदान गर्ने।
  • कार्यक्षेत्रका गतिविधिहरू सही ढङ्गले सञ्चालन भएको सुनिश्चित गर्दै सामुदायिक परिचालकहरूलाई प्रत्यक्ष सुपरिवेक्षण र क्षमता विकास गर्ने।
  • कार्यक्रमको सहज सञ्चालन सुनिश्चित गर्न स्थानीय सरोकारवालाहरूसँग समन्वय गर्ने र स्थानीय स्तरमा देखा पर्ने कार्यान्वयनका चुनौतीहरू समाधान गर्ने।

सामुदायिक परिचालक (Community Mobilizer)(९ जना)

  • कम्तीमा ANM, CMA वा PCL Nursing उत्तीर्ण भई मातृ, नवजात शिशु, बाल स्वास्थ्य  तथा पोषण कार्यक्रम सम्बन्धी अनुभव प्राप्त गरेको।
  • अग्रपङ्क्तिका कर्मचारीका रूपमा आधारभूत स्तरका मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न समुदायसँग प्रत्यक्ष रूपमा संलग्न हुने।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय कार्यान्वयनका लागि कार्ययोजना तर्जुमा गर्ने।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने।
  • समूह परिचालन, व्यवस्थापन गर्ने र समयमै प्रतिवेदन बुझाउने, सफलताका कथाहरूको अभिलेखीकरण गर्ने र स्थानीय तथ्याङ्क व्यवस्थापन गर्ने कार्य सुनिश्चित गर्ने।

पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्र, न्युनतम शैक्षिक तथा कार्यअनुभव सम्बन्धि योग्यता प्रमाण पत्रको प्रतिलिपि, संलग्न गरी कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा, अपेक्षित सेवा सुबिधा निवेदनमा स्पष्ट रूपमा खुलाई पेस गर्नु पर्ने छ ।

प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ। साथै दुइ पाङ्ग्रे सवारी साधन चलाउन जान्ने सीप भएको ग्रहायता दिईने छ । 

दरखास्त दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले साँझको ५ बजे भित्र ।

दरखास्त पठाउने इमेल ठेगाना:  hr@needsnepal.org.np मा पठाउन जानकारी गरिन्छ।

भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना: नीड्स नेपालको केन्द्रिय कंचनपुर,महेन्द्रनगर 

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

नोट: म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।

Overview

Category Public Health, Development Project, Medical / Nursing
Openings Few
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 06 May, 2026
Apply Before 12 May, 2026
City Kanchanpur