कर्मचारी आवश्यकता

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

AQr0xrSUSJ86AAAAAElFTkSuQmCC

कर्मचारी आवश्यकता

(सूचना प्रकाशित मिति: २०८० माघ २८ गते)

प्रथम पटक प्रकाशित

एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशको जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, अछाम र रुकुम पश्चिम जिल्लाहरुमा स्थानिय साझेदार संस्थाहरुद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालन गरिदै आइरहेको छ । जाजरकोट जिल्ला र रुकुम पश्चिमका लागि साझेदार संस्था पहाडी क्षेत्र बिकास अभियान (HRDC) जाजरकोटलाई तपसिलका पदहरु आवश्यकता भएकोले तपशिलमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।

क) पद: सब ईन्जिनियर (PPIA)

जम्मा माग पद संख्या: १ (एक) जना 

कार्यस्थल: कार्यक्रम लागु भएका पालिकाहरु ।  

मुख्य कार्यहरु र जिम्मेवारी:

वार्षिक कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ योजनाको निर्माण पूर्व तथा पश्चात चरणमा तय गरिएका विभिन्न क्रियाकलापहरु जस्तै योजनाहरुको विस्तृत प्राविधिक सर्वेक्षण गर्ने, कार्यक्रमले तोके बमोजिमको डिजाइन लागत अनुमान तयार पार्ने तथा अन्य क्रियाकलापहरु कार्यान्वयनका लागि मुख्य भूमिका निर्वाह गर्ने जिम्मेबारी सब इन्जिनियरको हुनेछ । सब इन्जिनियरलाई कार्यकारी निर्देशकले सुपरिवेक्षण गर्नेछन 

  • पालिकामा सञ्चालनहुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइ संग सम्वन्धित योजनाहरुको सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण र  डिजाइन लागत तयार गर्ने ।लागत अनुमान स्विकृति प्रक्रियाका लागि सहजिकरण गर्ने ।
  • पुराना योजनाहरुको सुचारुपनका लागि नियमित अनुगमन गर्ने ।
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाइ योजनाहरुको सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
  • कार्यकारी निर्देशकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
  • फिल्ड संयोजकहरुको समन्वयमा कार्यहरु संचालन गर्ने ।

आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता

  • सब ईन्जिनियर (PPIA) पदका लागि कुनै पनि मान्यता प्राप्त प्राविधिक शिक्षालयबाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी खानेपानी तथा सरसफाइ क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
  • खानेपानी तथा सरसफाइ योजनाहरुको सर्भेक्षण,डिजाइन तथा लागत इष्टिमेट तयार गर्न सक्ने ।
  • Computer र IT सम्बन्धी ज्ञान भएको र खास गरी Excel, Word र खानेपानी योजना सम्वन्धी  डिजाइन तथा लागत इस्टिमेट सप्टवयर मा दखल भएको हुनुपर्ने ।
  • सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।
  • समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिग तथा समावेशीका सवालमा सचेत भएको
  • समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिक तथा समावेशीका सवालमा सचेत भएको ।

ख) पद: प्राविधिक सहजकर्ता

जम्मा माग पद संख्या: २ (एक) जना

कार्यस्थल: कार्यक्रम लागु भएका पालिकाहरु ।

मूख्य जिम्मेवारी:

  • पालिकामा सन्चालन हुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, वहुउपयोग,लघु सिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइ संग सम्वन्धित योजनाहरुका डिजाइन स्टिमेट अनुसार योजना कार्यान्वयन  गराइ सोको नियमित सुपरिवेक्षण गर्ने र निर्माणकार्यको गुणस्तर कायम गर्ने ।
  • कार्यक्रमको मार्गदर्शन अनुसार समुदाय स्तरमा संचालन गरिने उपभोक्ता समितिका तालिमहरुमा सहजीकरण गर्ने र आवश्यकता अनुसार समुदाय परिचालन गर्ने ।
  • कार्य प्रगती अनुसारको नाँप जाँच (MB) तयार गरी आवश्यक विल तयार गर्न उपभोक्ता समितिलाइ सहजिकरण गर्ने  ।
  • स्थानीय तह, उपभोक्ता समिति, उपभोक्ता तथा दातृ संस्था सँग समन्वय गरि कार्यक्रम संचालनमा सहजीकरण गर्ने ।
  • निर्माण चरणमा नगर तथा गाउँ पालिकामा गठित संवद्ध समिति तथा उपभोक्ता समितिहरुलाइ आवश्यकता अनुसार सहयोग गर्ने ।
  • पालिका वाट विनीयोजित समपूरक कोष निकासाका लागि आवश्यक सहजिकरण गर्ने ।
  • कार्यक्रमको निति अनुसार खानेपानी तथा सरसफाई योजनाहरुको सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखापरिक्षण र विभिन्न चरणका अनुगमनमा सहयोग गर्ने ।
  • पुराना योजनाहरुको सुचारुपनका लागि नियमित अनुगमन गर्ने ।
  • कार्यक्रम संयोजक वा फिल्ड निरिक्षकले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
  • वाह्य निर्माण सामाग्री खरिदमा सामाग्रीहरुको गुणस्तर कायम गर्न उपभोक्ता समितिहरुलाई सहयोग तथा सहजीकरण गर्ने ।

योग्यता तथा अनुभव:

  • मान्यता प्राप्त प्राविधिक शिक्षालयवाट सिभिल ईञ्जिनियरिङ विषयमा डिप्लोमा पास गरी कम्तिमा १ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको वा सव-ओभरसियर पास गरी कम्तिमा ३ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको  वा खा.पा.स.टे.को तालिम लिई कम्तीमा ७ वर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्य अनुभव भएको
  • सर्भे उपकरणहरु (GPS, Abney level, Auto level, Smart phone) प्रयोग गर्न सक्ने ।

अन्य 

  • समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।

ग) पद: सामाजिक सहजकर्ता

जम्मा माग पद संख्या: १ (एक) जना

कार्यस्थल: कार्यक्रम लागु भएका पालिकाहरु ।  

  • साझेदार संस्थामुख्य कार्यहरु र जिम्मेवारीपालिकामा सञ्चालन हुने विभिन्न प्रकारका खानेपानी तथा सरसफाइ योजना, बहुउपयोग, लघुसिंचाइ योजना, स्वच्छता तथा पूर्ण सरसफाइसंग सम्वन्धित योजनाहरुका आधारभुत तथ्यांक संकलन, सामाजिक परिचालन गर्ने । 
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाइ योजनाका लागि उपभोक्ता समिति गठन गर्ने र समितिको वैठकका क्रममा लैङ्गिकता, सामाजिक समावेशीकरण तथा समुदायमा पछि परेका समुहहरुको सार्थक सहभागिताको सुनिश्चितता गरी निर्णय प्रक्रियामा उनीहरुको प्रतिनिधित्व गर्न सहजिकरण गर्ने ।
  • योजना संचालनमा कुनै किसिमको विवाद आएमा सामुहिक रुपमा विवाद सुल्झाउन पहल गर्ने ।
  • सामाजिक परिचालनका विभिन्न गतिविधिहरु सञ्चालन गर्दा कार्यक्रम बाट खटिएका फिल्ड कर्मचारी तथा सुपरिवेक्षक, कार्यक्रम संयोजक तथा संस्थाको कार्यालय संग समन्वय गर्ने ।
  • नगरपालिका तथा गाउँपालिकातथा योजनास्तरमा आयोजना गरिने विभिन्न तालिमहरुको कार्ययोजना तयार गर्दै तालिम सञ्चालन गर्ने अथवा फिल्ड संयोजकहरुलार्ई  सहयोग गर्ने र नगरपालिका तथा गाउँपालिका एवं योजनास्तरमा हुने वैठकहरुमा समन्यय गर्दै आवश्यकता अनुसार सक्रिय सहभागिता जनाउने
  • योजनाहरुको कार्यान्वयन चरणमा सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखा परिक्षण संचालनमा सहजिकरण गर्ने 
  • फिल्डमा कार्यरत प्राविधिक एवं अन्य कर्मचारीहरु संग समन्वय गरि कार्य गर्ने ।
  • संझौतामा उल्लेख गरिए अनुसार सञ्चालित योजनाहरुको त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रगति प्रतिवेदन समयमै पेश गर्न फिल्ड संयोजकलाई आवश्यक तथ्याङ्क तथा सूचनाहरु उपलब्ध गराउने ।
  • कार्यक्रमको नीति अनुसार खानेपानी तथा सरसफाई एवं अन्य संपन्न योजनाहरुको अनुगमनमा सहयोग गर्ने।
  • फिल्ड संयोजकहरुले आवश्यक ठानेका कार्यक्रमसंग सम्वन्धित अन्य कार्यहरु गर्ने ।
  • वाह्य निर्माण सामाग्री खरिद प्रकृया, ढुवानी तथा भण्डारणका लागि आवश्यकता अनुसार उपभोक्ता समितिहरुलाई सहयोग र सहजिकरण गर्ने ।

आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता

  • सामुदायिक सहजकर्ताका लागि प्रमाण पत्र तह वा १२ कक्षा उत्तिर्ण गरि ३ वर्षको सामुदायिक विकास कार्यमा अनुभव भएको हुनु पर्नेछ । सो मध्ये कम्तीमा १ वर्ष समुदाय स्तरमा खानेपानी तथा सरसफाइ क्षेत्रमा अनुभव भएको हुनु पर्ने छ ।
  • आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
  • तोकिएको कार्यविवरण अनुसार सम्बन्धित योजना क्षेत्रहरुमा नै रही कार्य गर्न इच्छुक भएको । 

पारिश्रमिक: दातृनिकाय संग सम्झौता भए अनुसार 

दरखास्त दिने विधि:

आवेदन  र ब्यक्तिगत बिवरण सहित ईमेल ठेगाना hrdc.jajarkotvacancy@gmail.com मा मिती २०८०।११।०५ गते सम्म सो दिन विदा भए भोलीपल्ट कार्यालय समय ५ बजे सम्म दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा बायोडाटामा सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्नेछ । म्याद नाघी आएका  निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ ।

हेल्भेटास नेपाल र यसका साझेदार संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।

पदपूर्ति समिति

Overview

Category Engineering - Civil, Development and Project, Development / NGO
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 11 Feb, 2024
Apply Before 17 Feb, 2024
City Jajarkot