शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

(प्रथम पटक प्रकाशित मिति २०८३ भदौ २६ तद्अनुसार (११ सेप्टेम्बर २०२६)

विषय : शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा मिती २०८३।०५।२६ गते खरिद समितिको निर्णय अनुसार Save the Children को आर्थिक सहयोग र यस संस्थाको सहजिकरणमा संचालन भईरहेको Action aMNH कार्यक्रम अन्तर्गत माग भई आएको तपशिल बमोजिम सामाग्रिहरू आपुर्ति गर्न ईच्छुक अधिकृत बिक्रेता, आपुर्तिकर्ता तथा वितरकहरू वाट यो सूचना प्रकाशित भएको मितिले ७  दिन भित्र तपशिलको शर्तहरूको अधिनमा रहि दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

दरभाउ पत्र सम्बन्धि शर्तहरू :

१. दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आबश्यक कागजातहरू :

  • आ.ब.०८१/०८२ को करचुक्ता प्रतिलिपी
  • प्यान/भ्याट दर्ता प्रमाण–पत्रको प्रतिलिपी 
  • घरेलु/वाणिज्य दर्ता प्रमाण–पत्रको प्रतिलिपी 

२. ढुवानी/आपुर्तिका शर्तहरू :

  • सम्पुर्ण सामाग्रीहरू कबुल गरिएको समयअबधि भित्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । 
  • दरभाउ पत्र फाराम संस्थाको कार्यालयमा सिधै , सूचना प्रकाशित लिंकमा वा ईमेल मार्फत उपलब्ध गराईने छ । 
  • दरभाउ पत्र सिधै पेश गर्दा शिलबन्दि भएको हुनुपर्ने र ईमेल मार्फत पठाउँदा सो दरभाउ पत्र (RFQ) पि.डि.एफ.) फाईल बनाई पासवर्ड लक गरेर पठाउनुपर्नेछ । 
  • तोकिएको समय,म्याद नाघि वा रित नपुगेका दरभाउ पत्र मान्य हुनेछैन र दरभाउ स्वतः रद्ध गरिनेछ । 
  • दरभाउ पत्रमा केरमेट भएको  खण्डमा फर्म प्रतिनिधिको हस्ताक्षर र छाप गरेको हुनुपर्नेछ ।  
  • दरभाउ पत्रमा उल्लेख गरिएका सम्पुर्ण सामाग्रिहरूको दररेट पेश गर्नुपर्नेछ । यदि कुनै सामग्रिको दररेट उल्लेख नगरेमा त्यस्ता दरभाउ पत्र रद्ध गरिने छ । 
  • सामाग्री उपलब्ध गराउदा दिईएको स्पेशिफिकेशन अनुसारको गुणस्तर नभएमा सामाग्रि बुझ्न संस्था बाध्य हुने छैन र स्पेशिफिकेशन अनुरुपको सामाग्रि पुनः उपलब्ध गराउनु पर्नेछ । साथै सो वापत लाग्ने ढुवानी वा अन्य खर्च सप्लायर्स स्वयंमले ब्यहोर्नेपर्नेछ ।
  • बाल संरक्षण नितिको पुर्ण रूपमा पालना गर्नुपर्नेछ । 

तपशिल :

१) USG Machine: 1 Set

Specifications: https://drive.google.com/uc?export=download&id=1zdaXcBl59H5_4A2gXIaR-xfAqPGbPvrG

छनौट मापदण्ड:

Sub CriteriaCriteria% WeightRemarks
EssentialFirm Registration, VAT registration, Tax Clearance 081/082PASS/FAILSupplier accepts HRDC terms and conditions and mandatory policies
Sub-CriteriaWeight Capability Criteria (Break down of each weightage/scoring criteria)% Weight
Commercial Criteria Evaluation60%Submit the lowest price60%
CAPABILITY CRITERIA EVALUATION40%Quality: 35%, Lead time: 5%40%
Total100%Total100%

लिंक

  1. RFQ-USGS Set
  2. Annex-1 Specification

३.भुक्तानी :

  • संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रिहरू उल्लेखित शर्तहरू पालना गरि पुर्ण रूपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।  

४.दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगाना :

  • दरभाउ पत्र पठाउनुपर्ने इमेल : hrdcprocument@gmail.com
  • दरभाउ पत्र पेश गुनपर्ने अन्तिम मिति र समय : २०८३ असोज ०१  गते तद्नुसार ( १७ सेप्टेम्बर २०२६) सम्म ।
  • दरभाउ प्राप्त दरभाउ पत्र २०८३ असोज ०२ गते तद्अनुसार ( १८ सेप्टेम्बर २०२६ ) गते खोलिने छ र दरभाउ पत्र खोल्दा सम्बन्धित सप्लायर्स वा प्रतिनिधि उपस्थित नभएको खण्डमा दरभाउ पत्र खोल्न संस्थालाई कुनै वाधा हुनेछैन ।  

५. दरभाउ पत्र पुर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्ध गर्ने अधिकार पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटमा निहित हुनेछ । 

६. यस वाहेक थप जानकारी आबश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बर वा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ ।

सम्पर्क :

पहाडी क्षेत्र विकास अभियान,(HRDC)जाजरकोट, भेरी नगरपालिका ४,गैरीखाली ,कर्णाली प्रदेश

फोन नं.: ०८९४३००८९

खरिद समिति

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 11 Sep, 2026
Apply Before 17 Sep, 2026
City Jajarkot