कर्मचारीको आवश्यक्ता
Details / requirements:
तेस्रो पटक सुचना प्रकाशन
२०८२।०४।१६ गते
विषयः— करार सेवामा कर्मचारीको लागि विज्ञापन गरिएको सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा यो छ कि यस साना किसान कृषि सहकारी संस्था लि.रघुनाथपुर, सबैला न.पा.१२, धनुषामा ३ जना दक्ष कर्मचारीहरु आवश्यकता परेको हुँदा यस संस्थाको कार्यक्षेत्रभित्र वा बाहिर बसोबास गर्ने इच्छुक व्यक्ति GGGI (Global Green Growth Institute) को सहकार्यमा यस संस्थाद्धारा संचालित धान प्रशोधन उद्योगको स्तरोन्नतिको लागि स्टीमर प्लान्ट निर्माण तथा जडान परियोजना संचालन तथा सम्पन्नता गर्नको लागि कर्मचारी पदपूर्ती उप–समितिको बैठक नं.३, मितिः २०८२/०४/१६ गतेको निर्णय अनुसार मिति: २०८२/०४/२३ गते शुक्रवार भित्रमा तपसिल अनुसारको योग्यता पुगेको नेपाली नागरिकले यस संस्थाको कार्यलयमा आएर वा अनलाईन यस संस्थाको इमेल ठेगानाः rpursfacl@gmail.com मा आफ्नो बायोडाटा सहित हालसालै खिचिएको पासपोर्ट साईजको फाटो ४ प्रति, रितपूर्वक तोकिएको ढाँचाको व्यक्तिगत विवरण , मान्यता प्राप्त शिक्षण संस्थाबाट शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र तालिम तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी र कभर आवेदन पत्र संलग्न राखी दर्खास्त पेश गर्न सूचना आहवान गरिएको छ । साथै आवेदन फारम भौतिक रुपमा संस्था वा बुँदा नं.११ अनुसार यस संस्थाको सेवा केन्द्रहरुमा र अनलाईन https://drive.google.com/file/d/1kS4xrSmonG5FUNbqJ8N6Zi0YrEHPzqjQ/view?usp=drive बाट आवेदन फारम डाउनलोड गरी आवेदन माथि उल्लेखित ईमेल ठेगानामा माग गरिएका कागजातहरु प्रतिलिपी आवेदक स्वंले प्रमाणित गरी पठाउन सकिनेछ ।
१. यस विज्ञापन अनुसारको योग्यता पुगेका यस संस्थाको कार्यक्षेत्र भित्र वा बाहिर बसोबास गर्ने ईच्छुक व्यक्तिहरुले आवेदन दिन योग्य मानिनेछ ।
२. कर्मचारी आवश्यक संख्या र योग्यता
वि.नं. | पद | सेवा प्रकार | तह | संख्या | शैक्षिक योग्यता | उमेरको हद |
१–०८१/०८२ | Accountant cum MEL कर्मचारी (budget management, cost control,financial reporting and compliance on monthly basis) | करार | चौथो | १ | वाणिज्य शास्त्र वा व्यवस्थापन विषयमा १०+२ भएको सो भन्दा बढी योग्यता भएकालाई विशेष प्राथमिकता र अनुभव भएकोलाई प्राथमिकता दिईनेछ | १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको र महिलाको हकमा ३५ वर्ष ननाघेको |
२–०८१/०८२ | JTA Technical | करार | चौथो | १ | कृषि विषयमा १०+२ वा सो सरह उतीर्ण भएको सो भन्दा बढी योग्यता भएकालाई विशेष प्राथमिकता र अनुभव भएकोलाई प्राथमिकता दिईनेछ | १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको र महिलाको हकमा ३५ वर्ष ननाघेको |
३–०८१/०८२ | सवारी चालक (६ पाङ्ग्रे) | करार | श्रेणीबिहिन | १ | साधारण लेखपढ, धान चामल ढुवानी, सवारी चालक अनुमति पत्र अनिवार्य र अनुभव भएकोलाई प्राथमिकता दिईनेछ | १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको |
३. आवेदन दस्तुर लाग्ने छैन ।
४. Accountant cum MEL कर्मचारीको हकमा कम्प्युटर तालिम प्रमाण पत्र अनिवार्य छ ।
५. कुनै किसिमको फौजदारी अभियोग नलागेको ।
६. शैक्षिक प्रमाण पत्र अनिवार्य ।
७. डिजिटल माध्यम (Gmail, What'sapp, Advance Excel, Power point) चलाउन सक्ने र अनुभवीलाई विशेष प्राथमिकता दिईनेछ ।
८. करार अवधिः ६ महिनाको लागि मात्र तर संस्थालाई आवश्यकता परेमा पुनः म्याद थप गर्न सकिनेछ ।
९. सेवा सुविधाः यस संस्थाको निति नियम तथा संचालक समितिको निर्णय बमोजिम हुनेछ ।
१०.परीक्षा आवेदन भर्ने र पेश गर्ने अन्तिम अवधिः २०८२।०४।२३ गते बहिवार बेलुका ५ः०० बजे सम्म तर अन्तिम मितिमा कुनै विदा पर्न गएमा सो मितिको भोलिपल्ट आवेदन पेश गरिसक्नुपर्नेछ ।
११. आवेदन फारम यस संस्थाको प्रमुख कार्यालय रघुनाथपुरमा भौतिक रुपमा आई भर्न र पेश गर्न सकिनेछ तथा यस संस्थाको शेयर सदस्य सेवा केन्द्र, सबैला र खरिहानीमा पनि आवेदन भर्न र पेश गर्न सकिनेछ ।
१२.परीक्षाको किसिमः लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक ।
१३. यस संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरु कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्ध गर्ने सम्पूर्ण अधिकार यस संस्थामा सुरक्षित रहनेछ ।
१४.थप जानकारीको लागि कार्यालय सम्पर्क मोबाईल नं.९७६२८०१३०५, ९८१२०४४३१३, ९८२८८४७२०३, ९८०९६५३५८०
भवदीय
कर्मचारी पदपूर्ति उप–समिति
साना किसान कृषि सहकारी संस्था लि. रघुनाथपुर,
सबैला न.पा.१२, धनुषा
Overview
Category | Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 02 Aug, 2025 |
Apply Before | 08 Aug, 2025 |
City | Kathmandu |