सूची दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
सूची दर्ता गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०४/०६)
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. लाई आ.व. २०८२/८३ मा आवश्यक पर्ने तपसिलका विवरणमा उल्लेखित बस्तु तथा सेवाहरु पटक पटक वा एकैपटक खरिद गर्नु पर्ने भएकोले सम्बन्धीत बस्तु तथा सेवाको कारोवार गर्न स्विकृत प्राप्त गरेका इच्छुक फर्म, संस्था तथा कम्पनीहरुलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस Email: naccfl.prama@gmail.com, contact@naccfl.org मा प्रत्येक समूहको लागि छुट्टाछुट्टै विवरण खुलाई निवेदन सहित सूचिकृत हुन सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
बस्तु तथा सेवाको विवरणः
समूह (क) स्टेशनरी (मसलन्द) तथा छपाई
१. स्टेशनरी (मसलन्द) आपूर्ति कार्य ।
२. वार्षिक प्रतिवेदन, मासिक पत्रिका, पुस्तक तथा पुस्तिका, पम्पेल्ट, बिल, भरपाइ, लेजर, खाता, आइ.डि.कार्ड, भिजिटिङ्ग कार्ड लगायतका सम्पूर्ण छपाई तथा आपूर्ति सम्बन्धी कार्य ।
३. फ्लेक्स, ग्योवोर्ड, होडिङ्ग बोर्ड तथा साइनबोर्ड आदि आपूर्ति ।
समूह (ख): इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स
४. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सम्बन्धी सामानहरु आपूर्ति तथा मर्मत सम्भार समेतका कार्यहरु ।
५. कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, टोनर, काटिज आपूर्ति र रिफिल तथा मर्मत सम्भार समेतका कार्यहरु ।
६. नेटवर्किङ, इन्रकम, हार्डवेयर, सफ्टवेयर, सिसिटिभि, फोन, एयरकण्डिसन, पंखा, हिटर, भ्याकुम, इन्भटर, पानी टान्ने मेशिन, माइक्रोवभन आपूर्ति तथा मर्मत सम्भार समेतका कार्यहरु ।
समूह (ग): फर्निचर, फर्निचर तथा फिक्सचर
७. अफिस फर्निचर, फर्निसिङ्ग तथा फिक्स्चर (काठ, स्टिल, फलाम लगायतका), कार्पेट, गलैचा आपूर्ति तथा मर्मत सम्भार समेतका कार्यहरु ।
समूह (घ): निर्माण मर्मत तथा सम्भार
८. कार्यालय निर्माण/आन्तरिक संजावत/आर्किटेक्ट, इलेक्ट्रिकल, रङ्गरोगन, सिभिल इन्जिनियरिङ लगायतका कार्य ।
समूह (ङ):अन्य
९. बिज्ञापन सेवा
१०. इन्धन आपूर्ति
११. कर्मचारी युनिफर्म
१२. बीमा (जीवन/र्निजिवन)
१३. खानेपानी आपूर्ति
१४. स्यानेटरी तथा प्लम्बिङ्ग सम्बन्धी सेवा
१५. क्यान्टिन संचालन
१६. क्याटरिङ सर्भिस
१७. होटल तथा व्याङक्वेट
१८. फोटोग्राफी/भिडियोग्राफी
१९. कुरियर सेवा (आन्तरिक तथा बाह्रय)
२०. हस्तकलाका समानहरुको निर्माण तथा आपूर्ति
२१. गार्मेन्टजन्य सामाग्री निर्माण तथा आपूर्ति
२२. ट्राभल्स एण्ड टुर र हवाई टिकेटिङ्ग सेवा (आन्तरिक तथा बाह्रय)
२३. सवारी साधन (गाडी तथा मोटरसाइकल) स्पेयर पार्टस् सप्लाई तथा मर्मत सेवा,
२४. परामर्श दाता, विज्ञ सेवा प्राविधिक सेवा समेत ।
नोटः १. प्रत्येक समूहको लागि छुट्टाछुट्टै सूचि दर्ता फारम भर्नु पर्ने छ । सूचि दर्ता फारम यस संघको वेवसाइट www.naccflnepal.org.np बाट डाउनलोड गर्न सकिने छ ।
२. सूचिकृतको लागि पेश हुन आएको फारमसंग संलग्न विवरण, क्षमता, अनुभव तथा दक्षतालाई आधार मानी योग्य ठहरिएको आपूर्तिकताहरु (फर्म, संस्था तथा कम्पनी) लाई मात्र सूचिकृत गरिने छ ।
सूचि दर्ता फारम साथ पेश गर्नु पर्ने कागजात
१. संस्था वा फर्म दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. प्रबन्धपत्र, नियमावली र विगत वर्षहरुमा अन्य संघ संस्थामा कार्य गरेको अनुभव प्राप्त प्रमाणपत्रको प्रतिलिपि ।
३. स्थायी लेखा नम्बर तथा मूल्य अधिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
४. आ.व. २०८०/८१ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. (NACCFL),
धोविघाट, ललितपुर
फोन नं.: ०१५१५३६६०,०१५१५३६६५, ०१५१५३१७०
Email: naccfl.prama@gmail.com, contact@naccfl.org
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 21 Jul, 2025 |
Apply Before | 05 Aug, 2025 |
City | Lalitpur |