कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

Protection Nepal

Details / requirements:

संरक्षण नेपाल, बारा

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

विज्ञापन नम्बर: ०४/२०८१/०८२

प्रथम पटक सूचना प्रकाशन मिति: ८ असार २०८२, (२२ जुन २०२५)

संरक्षण  नेपाल सन २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो ।  यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।

United Mission to Nepal  को साझेदारीमा संरक्षण नेपालको सहजिकरणमा Children Happily Involved in Learning and Development (CHILD) Project बारा जिल्लाको निजगढ नगरपालिकाहरूमा विषेश गरी कार्य क्षेत्रमा दलित, मुस्लिम, गरिब, सिमान्तकृत तथा पछाडी परेका बालबालिकाहरूको (बालिका) गुणस्तरिय शिक्षामा पहुच अभिबृद्धि, बालबालिका, यूवाहरूलाई आफनो क्षमता बिकास र राय व्यक्त गर्न सक्षम बनाउन सहयोग गर्ने र आत्म निर्भर समूहका सदस्यहरूलाई सामाजिक, आर्थिक, शैक्षिक रुपमा क्षमता विकास गरि समुदायमा गुणस्तरिय शिक्षाको प्रभाव बढाउन सहयोग गर्ने साथै सोका लागी सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी नमुना विद्यालय निर्माणमा सहयोग गर्ने र समुहका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्ने बालबालिका, युवा, अभिभावक गरिव, जोखिममा परेका र समाजवाट वहिष्कृत महिला पुरुषहरूलाई सामाजिक समता, न्याय स्थापना, बाल विवाह तथा दाइजो प्रथा अन्त्यका लागी शिक्षा तथा सचेतना मुलक क्षमता अभिवृद्धिका लागि संवेदनशिल तवरबाट कार्य गर्नु रहेको छ ।

यस CHILD Sponsorship Project परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरूको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

तपसिलका कर्मचारीहरूको पद तथा योग्यता, अनुभव र सिप:

क्र.सपदपद संख्यायोग्यता योग्यता, अनुभव र सिप:

Project Coordinator

(कार्यक्रम संयोजक)

स्नातकोत्तर/स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट मानविकि, शिक्षा, समाजशास्त्र, जनस्वास्थय लगायतका विषयमा स्नातकोत्तर तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट मानविकि, शिक्षा,समाजशास्त्र, उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Detailed Job Description of Project Coordinator

Child Sponsorship officer

(बाल प्रयोजन अधिकृत)

 स्नातकोत्तर/स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट मानविकि, शिक्षा, समाजशास्त्र, लगायतका विषयमा स्नातकोत्तर तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट मानविकि, शिक्षा, समाजशास्त्र, विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Detailed Job Description of Child sponsorship Officer

Admin and Finance Officer

(प्रशासन तथा लेखा  अधिकृत)

स्नातकोत्तर/स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन वा अर्थ शास्त्र) मा स्नातकत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा स्नातक सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भई गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रतिवेदन, वजट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा कार्य अनुभव भएको हुनुपर्ने । 

Detailed Job Description of Admin and Finance Officer

Education community Facilitator

(शिक्षा समुदायिक सहजकर्ता)

प्रविणता प्रमाण पत्र तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट शिक्षा, मानविकि  वा सो सरह विषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्र्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा सो सरह विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी शिक्षा वा समाजिक परिचालनको रुपमा सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Detailed Job Description of Education Community Facilitator

नोट: तपसिलका पदहरूको लागि बिस्तृत कार्य विवरण चाहेको खण्डमा तल्ल उल्लेखित इमेलबाट माग गर्न सकिन्छ । 

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

आवश्यक कागजातहरू

    १. नेपाली नागरिकताको प्रमाण पत्र । 

    . शैक्षिक प्रमाण पत्रको प्रतिलिपि ।

    . यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र ।

    . अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)

    . आवेदन पत्र सहित हाल सालै खिचेको फोटो (PN_Job Application Form.doc)

    . छनौटको किसिमः लिखित तथा अन्तरवार्ता (दुवै)

आवेदन गर्ने प्रकृयाः

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको ........ पदको लागि आवेदन भनेर खुलाउनु होला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको दष्यमबतब सहित १५ दिन भित्र २२ असार २०८२ (६ जुलाइ २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगाना:

संरक्षण नेपाल

कलैया, बारा

फोन नः ०५३–५५०६०५/६९०३१८

वा

ईमेल ठेगाना: vacancy.pnbara@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

Overview

Category Education, Public Health, Accounting and Finance, Social Science, Development and Project, Finance & Administration
Openings 7
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 22 Jun, 2025
Apply Before 06 Jul, 2025
City Bara