कपिलबस्तुको बुद्धभुमिमा एक प्रशिक्षार्थी कर्मचारीको आवश्यकतासम्बन्धी सूचना

Pro Public

Details / requirements:

कपिलबस्तुको बुद्धभुमिमा एक प्रशिक्षार्थी कर्मचारीको आवश्यकतासम्बन्धी सूचना

विज्ञापन प्रकाशन मितिः २०८२ फागुन ३ गते

निवेदन पेश गर्ने अन्तिम मितिः २०८२ चैत्र १० गते

जनहित संरक्षण मञ्च (प्रो पब्लिक) ले नागरिक शान्ति सेवा कार्यक्रम अन्तर्गत नेपालमा शान्ति निर्माण र द्वन्द्व रूपान्तरणका विभिन्न पक्षहरूमा निरन्तर रुपमा काम गरिरहेको छ । सो कार्यक्रम अन्तर्गत स्वःप्रेरित एवं सिक्ने इच्छाशक्ति भएको एक प्रशिक्षर्थी कर्मचारीको आवश्यकता भएकाले योग्य व्यक्तिहरूबाट निवेदन आह्वान गरिन्छ ।

१. पद: प्रशिक्षर्थी कर्मचारी:– १ जना (महिला उम्मेद्वारलाई विशेष ग्राहयता दिइने)

२. कार्यस्थल: बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु जिल्लाका अन्य पालिकाहरू)

३. न्यूनतम योग्यताः कम्तिमा उच्च मावि (१०+२) पास भए थप योग्यता मानिने ।

४. भुमिका, क्षमता र अनुभवः

  • नगरपालिका तथा वडा कार्यालयहरूसँग समन्वय गर्ने तथा परियोजनाका वार्षिक गतिविधिहरू कार्यान्वयनमा परियोजना टोलीलाई सहयोग गर्ने,
  • वडा तथा नगरपालिका स्तरमा आयोजना हुने कार्यक्रम तथा बैठकहरूको व्यवस्थापनमा सहयोग तथा कार्यक्रमसम्बन्धी आवश्यक सञ्चार गर्ने,
  • विभिन्न नगरपालिका तथा वडाहरूमा भ्रमण गरी परियोजना कार्यान्वयनमा सहयोग गर्ने तथा संवाद समूह गठन  र सामुदायिक संवाद कार्यक्रमहरूको गतिविधि सुपरिवेक्षण गर्ने,
  • स्थानीय न्यायिक समितिमार्फत हुने मेलमिलाप कार्यको प्रगतिबारे नगरपालिकासँग समन्वय गर्ने र नियमित प्रगति तथा कार्यक्रम प्रतिवेदन तयार गर्ने,
  • सरकार–नागरिक संवाद कार्यक्रमहरूका लागि विभिन्न नगरपालिकाहरूसँग समन्वय गर्न तथा आवश्यकताअनुसार विभिन्न कार्यक्रममा संस्थाको प्रतिनिधित्व गर्ने,
  • विभिन्न समुदायका अगुवाहरूसँग समन्वय गर्न रुचि भएको,
  • मोटरसाइकल वा स्कुटरको वैध लाइसेन्ससहित आफ्नै सवारी साधन भएको तथा वडा, पालिका, जिल्ला र केन्द्रीय स्तरसम्म फिल्ड भ्रमण गर्ने समय र इच्छा भएको । 
  • इमेल, इन्टरनेट र कम्प्युटर प्रयोगमा  राम्रो जानकार भई नेपाली टाइपिङ गर्न सक्ने,
  • फिल्डस्तरको प्रतिवेदन लेख्न सक्ने सीप भएको तथा सिपलाई बडाउन सिकाईमा  रुचि भएको,
  • मेलमिलापकर्ता  वा संवाद सहजकर्ताका रूपमा कार्य अनुभव र नेतृत्वदायी गुण भई  ९ महिना निरन्तर कार्य गर्न प्रतिबद्ध महिला उम्मेदवारलाई पहिलो प्राथमिकता दिइनेछ ।

५. कार्यावधि: ९ (नौ) महिना (मार्चदेखि डिसेम्बर २०२६ सम्मको अवधिमा)

६. निवेदन दिने प्रक्रियाः योग्य उम्मेदवारहरूले मिति २०८२ चैत्र १० गतेभित्र तलको इमेल ठेगानामा निवेदन, व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र र हालसालैको फोटो पठाउनुपर्नेछ ।

कार्यकारी निर्देशक

अनामनगर, काठमाण्डौ

इमेल: propublic.vacancy2024@gmail.com

propublic.cpsp@gmail.com

नोटः आवेदन पेश गर्न कठिनाइ भएमा वा थप जानकारी चाहिएमा ०१–५७०५१८३ मा सम्पर्क गर्नुहोला ।

Overview

Category Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Intermediate (10+2)
Posted Date 17 Mar, 2026
Apply Before 24 Mar, 2026
City Kapilvastu