Invitation to Bid
Details / requirements:
Invitation to Bid
समाज जागरण केन्द्र ( स्याक), नेपाल
केन्द्रिय कार्यालय वीरेन्द्रनगर – १२, सुर्खेत
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मितिः २०८२ चैत्र ३ गते )
समाज जागरण केन्द्र (स्याक),नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित “किशोरी शसक्तिकरण परियोजना” (BBaGS) अन्तर्गत डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा २ वटा बिद्यालयहरूमा अपांग तथा लैंगिक मैत्री शौचालय निर्माण तथा १ वटा ठुलिभेरी नगरपालिकामा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था लागि यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र (सार्वजनिक विदा परेमा सो को भोलिपल्ट) रितपुर्वक शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।
पेश गनुपर्ने आवश्यक कागजातहरू:
१.कम्पनी रजिस्ट्रार प्रमाणपत्र प्रतिलिपी
२.स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी
३. आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण पत्र
४.प्रस्तावकले यस अघि सिफारिस गरेको समान कामको अनुभवहरूको कागजातको प्रतिलिपी
५.प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (Bank Guarantee letter) साथै Package1 र Package 2 को छुट्टा छुट्टै संलग्न गर्नु पर्नेछ ।
६.प्रस्ताव आव्हानको फारम, शर्तहरु (TOR) तथा BOQ संस्थाको website वा तथा तल दिईएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।
७. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२।१२।२३ गते कार्यालय समय ( बिहानको ११:०० वजे) रहेको तथा उक्त बोलपत्र मिति २०८२।१२।२३ गते दिनको १२:०० वजे खोलिने छ ।
८.भवन निर्माण हुने क्षेत्र तथा निर्माण संरचना तपसिल बमोजिम रहेको छ ।
तपसिल
| विड नं. | विद्यालयको नाम / स्वास्थ्य चौकी | ठेगाना | निर्माण संरचना | कैफियत |
| 1/SAC/82-83 | थरगाउँ सामुदायिक स्वास्थ्य इकाई | ठुलिभेरि नगरपालिका –०६ थरगाउँ, डोल्पा | दुई कोठे भवन, संगै अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 1) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
| 2/SAC/82-83 | भगवती आधारभुत विधालय | त्रिपुरासुन्दरी नगरपालिका ०७, छल, डोल्पा | ३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
| 3/SAC/82-83 | सरस्वती माध्यमिक विधालय | त्रिपुरासुन्दरी नगरपालिका ०३ सुँ डोल्पा | ३ (तिन) कोठा, ६ वटा धारा भएको हात धुने स्थान भएको अपांग तथा लैंगिक मैत्री पक्की शौचालय निर्माण (Package 2) | आवश्यक स्पेशिफिकेशन BOQ मा उपलव्ध गराइएको |
नोट
वोलपत्रको विस्तृत फाराम
Financial Proposal_Toilet&AFS.pdf
Technical proposalAFS&Toilet.pdf
यहाँबाट डाउनलोड गर्न सकिनेछ वा संस्थाको मुख्य कार्यालय बिरेन्द्रनगर, सुर्खेत वाट पाउन सकिन्छ । वोलपत्रमा केही संशोधन भएमा पेश हुनुभन्दा पहिले जानकारी गराईने छ ।
- स्थानिय निर्माण ठेकेदार कम्पनीलाई प्राथमिकता दिइने छ ।
- दर रेट दिदा निर्माण ठेकेदार कम्पनीले विद्यालय क्षेत्रको भौगौलीक अवस्था अवलोकन गरी कागजात पेश गर्नहुन प्रोत्साहन गरिन्छ ।
- विकास साझेदार संस्थावाट रकम स्विकृत भएको खण्डमा मात्र लागु हु्ने तथा वोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने वा आशिंक स्वीकार गर्ने सम्पुर्ण अधिकार संस्थामा रहनेछ ।
वोलपत्र पेश गर्ने ठेगाना
खरिद समिति
समाज जागरण केन्द्र ( स्याक), नेपाल
केन्द्रिय कार्यालय वीरेन्द्रनगर– १२, सुर्खेत
फोन न.: ०८७–४४०१५२
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Mar, 2026 |
| Apply Before | 06 Apr, 2026 |
| City | Surkhet |