छपाई सम्बन्धि दरभाउ कोटेशन पेश गर्ने बारे सुचना !!!
Janakalyan Saving & Credit Co-operative Society Ltd :" Established on 2053 ashad 29 under the Co-operative Act 2048, is a financial institution permitted to carry out financial transactions. The head office of which is situated in Benighat Rorang-3 Richoktar, Malekhu Dhading, Nepal. And Operate total 5 service center. It took part in the ACCESS programme conducted by Nepal Federation of Savings and Credit Cooperative Unions Ltd in technical association from Association of Asian Confederation of Credit Union and has been able to obtain the ACCESS Brand -BRONZE AND SILVER both.
Details / requirements:
च.न.८८५।०८१।०८२ दरभाउ कोटेसन.न.: ०४।०८१।०८२ मितिः २०८२।१२।०२ गते
बिषय : छपाई सम्बन्धि दरभाउ कोटेशन पेश गर्ने बारे सुचना !!! सुचना !!! सुचना !!!
यस जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, (बेनिघाट रोराङ–३ रिचोकटार मलेखु धादिङ) ले आर्थिक वर्ष २०८२।०८३ मा आवश्यक पर्ने तपसिल बमोजिमको सामग्री छपाई गर्नु पर्ने भएकोले यो सुचना प्रकाशित भएको मितिले १५ दिन (२०८२।१२।१६ गते कार्यालय समय ४:०० बजे) भित्रमा दरभाउ सहित भित्ते पात्रो, र विभिन्न साईजका आवश्यक समग्रीहरू छपाई एवं आपूर्ति सम्बन्धि समय अवधि समेत उल्लेख गरि डिजाईन र ढुवानी सहितको दरभाउ कोटेशन ईमेल वा पोस्टको माध्यमद्धारा पेश गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
१) भित्ते पात्रोको विवरण (संस्थाको ब्राण्डीङ्ग सहित ):
| कागज | साईज | रंग | पाना संख्या | बैनडिङ | तयारी संख्या |
| १५० ग्रामको आर्ट पेपर | १५"x२०" | ४ कलर | ३ पाना (६पेज) | पाताको | ५००० |
| १५० ग्रामको आर्ट पेपर | १२"x१८" | ४ कलर | ३ पाना (६पेज) | पाताको | ५००० |
२) विभिन्न साईजका आवश्यक सामग्रीहरू छपाईको विवरणः
| कागज | साईज | पेज | भित्री कागज साईज | बाहिरी कभर आर्ट पेपर (चार कलर) | बैनडिङ एवं तयार गर्ने बिधि | तयारी संख्या |
| स्पाईरल नोटबुक संस्थाको ब्राण्डीङ्ग सहित | १०"x७" | (१०० पेज) | ८० ग्राम | २५० ग्राम (४पेज) कलर | स्पाईरल | २०० |
| ननस्पाईरल नोटबुक संस्थाको ब्राण्डीङ्ग सहित | १०"x७" | (१०० पेज) | ८० ग्राम | २५० ग्राम (४पेज) कलर | ननस्पाईरल | २०० |
| ईन्डेक्स फाईल संस्थाको ब्राण्डीङ्ग सहित | A4 -Standard | (४ पेज) | २५० ग्राम | २५० ग्राम (४पेज) कलर | लेमिनेसन सहित | २५०० |
| बोरा फाईल खाम संस्थाको ब्राण्डीङ्ग सहित | A4 -Standard | खाम | ३५० ग्राम | ३५० ग्राम (४पेज) | नेपाली बोरा फाईल | २५०० |
| फर्महरू संस्थाको ब्राण्डीड्ड सहित | A3, A4, A5 | (२–४ पेज) | ७० ग्राम | ७० ग्राम १कलर सबै प्रकारको फारम | एक साईड र दुई साईड दुबै खालको दररेट | न्यून्तम ५० पैड |
पुनश्च:
१) नेपाली नागरिकताको प्रतिलिपि
२) फर्म दर्ता तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
३) कर चुक्ता तथा फर्म नवीकरणको प्रमाणपत्रको प्रतिलिपि
४) कालो सूचिमा नपरेको स्वधोषणा पत्र
५) प्राप्त कोटेसन मध्ये कुनै पनि कोटेसन बजारदर अनुसार पर्न नआएमा रद्द गरि पुन प्रकृया अगाडी बढाउने अधिकार संस्थामा निहित रहनेछ ।
६) कोटेसन स्विकृत गर्ने नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।
७) सम्झौता बमोजिम छपाई समग्रीहरू तोकीएको गुणस्तर नभएमा सम्झौता रद्द गरी अन्य प्रक्रिया अगाडी बढाउने अधिकार संस्थामा निहित रहनेछ।
८) सम्पर्क माध्यम: बेनिघाट रोराङ–३ रिचोकटार मलेखु धादिङ तथा ईमेलः janakalyan.publication@gmail.com मा पठाउन सकिनेछ । सम्पर्क नं.: 010400050,9851200751
९) मितिः २०८२।१२।१६ गते कार्यालय समय ५:०० बजे संस्थाको मुख्य कार्यालय परिसरमा प्रकासन उपसमितिको रोहवरमा दरभाउ कोटेशन खोलिनेछ। उक्त मिति र समयमा सम्बन्धित छापाखानाले अधिकारिक प्रतिनिधि पठाउनु पर्नेछ तर तोकिएको समयमा प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउ कोटेशन खोल्न कुनै बाधा हुने छैन।
Overview
| Category | Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 17 Mar, 2026 |
| Apply Before | 30 Mar, 2026 |
| City | Dhading |