Vacancy Announcement
Details / requirements:
प्रकाशित मितिः २०८३ कार्तिक २७ गते तदानुसार नोभेम्वर १३ तारिखको दिन ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (सी.एम.सी.-नेपाल) मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको गैरसरकारी संस्था हो। यस संस्थाले Felm-Nepal को सहयोग र स्थानीय संस्था हेरेण्डक-नेपालसँगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी सशक्तिकरण तथा पहुँच अभिवृद्धि परियोजना मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकामा सञ्चालन गरिरहेको छ । यस परियोजनाको मुख्य उद्देश्य मुगु जिल्लामा रहेका सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाहरुका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको पहुँचमा सुधार गर्नु रहेको छ।
यस परियोजनाले बालबालिकाको मनोसामाजिक तथा विकासात्मक आवश्यकतालाई सम्बोधन गर्न विद्यालयहरूमा विद्यार्थी मनोसामाजिक सहयोग इकाइ स्थापना गर्दछ र जटिल समस्या भएका बालबालिकाहरूका लागि स्थानीय स्वास्थ्य संस्थाहरूलाई रिफरल केन्द्रका रूपमा विकास गर्दछ। यसका साथै, बालबालिकाको कार्यगत सीमितता पहिचान गर्न विद्यालयमा स्वास्थ्य परीक्षण सञ्चालन गर्ने, अपाङ्गता भएका बालबालिकाका लागि व्यक्तिगत शैक्षिक योजना (IEP) निर्माण गर्ने, र शिक्षकहरूलाई समावेशी शिक्षण पद्धति (UDL), मनोसामाजिक सहयोग, गुनासो सुनुवाइ तथा शिक्षक मेन्टरिङसम्बन्धी तालिम प्रदान गर्ने कार्य गर्दछ। यसका साथै समावेशी शिक्षामा पहुँच तथा भौतिक पूर्वाधार विकासको लागि यस परियोजनाले अपाङ्गतामैत्री शौचालय, खानेपानी तथा सरसफाइ (WASH) सुविधा, र्याम्प (Ramp), र पहुँचयुक्त कक्षाकोठाको पुनःसंरचना गर्दै विद्यालय सुधार योजना (SIP) मा अपाङ्गतामैत्री विपद् जोखिम न्यूनीकरण (DiDRR) लाई एकीकृत गरी शिक्षामा रहेका भौतिक तथा प्रणालीगत अवरोधहरू हटाउन सहयोग गर्दछ । कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्नका लागि परियोजनाले विद्यालय भर्ना अभियानलाई सहयोग गर्नुका साथै दुर्गम क्षेत्रका विद्यालय बाहिर रहेका अपाङ्गता भएका बालबालिकाका लागि विशेष ‘घरमै विद्यालय (School at Home)’ कार्यक्रम लागू गर्दछ। यसरीनै यस परियोजनाले अत्यन्त जोखिममा रहेका तथा अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूलाई आयआर्जन र जीविकोपार्जनमा सहयोग पुर्याउँछ। यसका साथै यस परियोजनाले स्थानीय तहमा समावेशी विद्यालय शिक्षा क्षेत्र योजना (SESP) निर्माण गर्न प्राविधिक सहयोग प्रदान गर्दछ र सरोकारवालाहरू तथा तीनै तहका सरकारसँग नीतिगत समन्वय र पैरवीलाई सुदृढ बनाउँछ।
नेपालको सन्दर्भमा "घरमै विद्यालय" वा "स्कुल एट होम" को अवधारणा विशेष गरी कोभिड-१९ महामारीको समयमा तथा त्यसपश्चात संकटकालीन अवस्था, भौगोलिक विकटता, र नियमित रूपमा विद्यालय जान नसक्ने पूर्ण वा अति अशक्त (गम्भीर अपाङ्गता भएका) बालबालिका हरूका लागि व्यापकता पाएको हो। यस अवधारणा वा कार्यक्रमको मुख्य उद्देश्य विद्यालयको पहुँच बाहिर रहेका वा नियमित विद्यालय जान नसक्ने बालबालिकालाई घरमै बसेर गुणस्तरीय शिक्षा, आवश्यक हेरचाह र जीवनोपयोगी सीपहरू सुनिश्चित गर्नु हो।
यस संस्थाले "घरमै विद्यालय" वा "स्कुल एट होम" को अवधारणा अनुसार उक्त कार्यक्रम लगभग ३ वर्ष सम्मको लागि सञ्चालन गर्न तपसीलमा लेखिए अनुसारको जिम्मेवारी बहन गर्न सक्ने र तल लेखिए अनुसारको योग्यता र सीप भएको स्थानीय सहजकर्ता आवश्यक भएकोले काम गर्न इच्छुक योग्य उम्मेदवारहरूका लागि यो सूचना प्रकासित गरिएको छ।
१. पद: घरमै विद्यालयका लागि स्थानीय स्वयंसेवी सहजकर्ता
पद संख्या: ८ देखि १० जना
कार्यस्थल: परियोजना सञ्चालित स्थानीय तहका तोकिएको वडाहरुका घरहरु ।
प्रमुख जिम्मेवारीहरू
- शिक्षा विभागले तयार गरेको एकीकृत पाठ्यक्रममा आधारित रहेर घरैमा गएर अपांगता भएका बालबालिकालाई अध्यापन गराउने ।
- घरका सदस्य वा अभिभावकहरूलाई बालबालिकाको दैनिक सिकाइको सहजीकरण गर्नका लागि प्रशिक्षित गर्ने, जसले गर्दा उनीहरूले घरमै बसेर गृहकार्य र अध्ययन गराउन सक्छन् ।
- पाठ्यपुस्तक, अभ्यास पुस्तिका, चित्रमय सामग्री तथा स्थानीयस्तरमा उपलब्ध वस्तुहरूको प्रयोगद्वारा बालबालिकालाई सिकाइमा संलग्न गराउने।
- रेडियो, टेलिभिजन, अनलाइन पोर्टल र भर्चुअल कक्षाका माध्यमबाट प्रसारित हुने शैक्षिक कार्यक्रमहरूको तालिका अनुसार बालबालिकाको समय व्यवस्थापन गरी अध्ययन गराउने ।
- बालबालिकाहरुलाई जीवनउपयोगी सीप लगायतका विषयमा अध्यापन गराउने ।
- स्थानीय विद्यालयका प्र.अ., शिक्षक, जनप्रतिनिधिहरुसँग नियमित सम्पर्कमा रहने, भएका प्रगतिबारे जानकारी गराउने ।
- विद्यार्थीहरुलाई सरकारको परिक्षा प्रणालीमा सहभागी गराउने ।
- कार्यक्रमको प्रतिवेदन तोकिएको ढाँचामा संस्थाको तोकिएको कर्मचारीलाई नियमित रुपमा बुझाउने ।
न्यूनतम योग्यता तथा अनुभव
- न्यूनतम प्रमाणपत्र तह वा प्लस टुमा शिक्षा विषय लिएर मुख्य विषय लिएर उत्तीर्ण गरेको वा सो सरहको शैक्षिक योग्यता भएको ।
- समुदाय परिचालन, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, युवा परिचालनमा अनुभव भएको हुनुपर्नेछ ।
- प्रभावकारी सञ्चार, अन्तरव्यक्तिगत तथा सहजीकरण सीप भएको ।
- स्थानीय भाषामा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने र काम गर्ने दृढ रुचि भएको ।
- गोपनीयता, बाल संरक्षण, समावेशीकरण तथा नैतिक आचरणप्रति प्रतिबद्ध।
- मानसिक स्वास्थ्य, अपांगता समावे्शीकरण आदि विषयमा काम गर्न वा सिक्न ईच्छा भएको ।
- शिक्षण पेशामा अनुभव भएका स्थानीय युवाहरुलाई विशेष प्राथमिकता दिईनेछ ।
सहजकर्ता स्वयंसेवी सुविधा: परियोजनामा व्यवस्था भए अनुसारको सहजकर्ता स्वयंसेवी सुविधा उपलब्ध गराईने छ ।
सुरक्षा, समावेशीकरण तथा समान अवसर
- CMC-Nepal बालबालिका तथा किशोरकिशोरीको सुरक्षा सुनिश्चित गर्न तथा सुरक्षित, समावेशी, सम्मानजनक र गैर–भेदभावपूर्ण कार्य वातावरण प्रवर्द्धन गर्न प्रतिबद्ध छ।
- विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि पारिएका, बहिष्कृत वा सीमान्तकृत समुदायका योग्य उम्मेदवारहरूलाई आवेदन दिन विशेष रूपमा प्रोत्साहित गरिन्छ।
- छनोट प्रक्रियाका लागि छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ। छनोट हुने उम्मेदवारको कुनै आपराधिक अभिलेख हुनुहुँदैन। छनोट तथा आवश्यक परेमा प्रक्रिया रद्द गर्ने सम्बन्धी सम्पूर्ण अधिकार CMC-Nepal मा निहित रहनेछ।
आवेदन पेश गर्ने अन्तिम मिति तथा ठेगाना
उल्लेखित योग्यता पूरा गर्ने इच्छुक उम्मेदवारहरूले अद्यावधिक बायोडाटा (CV) तथा नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र सहित आफु कुन स्थानीय तहको लागि निवेदन दिएको हो सो कुरा प्रष्ट हुने गरि आफ्नो आवेदन १७ नोभेम्वर २०२६ सम्म निम्न ठेगानामा पेश गर्नुपर्नेछ।
कार्यकारी निर्देशक
CMC-Nepal
इमेल: recruitment@cmcnepal.org.np
Overview
| Category | Development / NGO, Development / INGO, NGO/INGO/Social work |
| Salary | Rs. / |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 13 Nov, 2026 |
| Apply Before | 17 Nov, 2026 |
| City |