उडान सहजकर्ता (Udaan Facilitator)

Divya Development Resource Centre Parsa

Details / requirements:

उडान सहजकर्ता (Udaan Facilitator)  

आवश्यकता सम्बन्धी सूचना 

विज्ञापन प्रकाशित मितिः  ३ जेष्ठ, २०८१

आवेदन दिने अन्तिम मितिः ९ जेष्ठ, २०८१

दिब्य बिकास स्रोत केन्द्र (DDRC), पर्सा  बि.स २०५० सालमा पर्सा जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले महिला पुरुष, किशोर किशोरी तथा बालबालिकालाई संगठित गरी उनिहरुलाइ सम्मान र्पूवक बाँच्न पाउन वातावरणको सृजना गर्ने, सिमान्तकृत विपन्न र सामाजिकरुपमा पिछडिएका महिला, किशोरी र युवालाइ आर्थिक रुपमा सवल वनाउने, समाजमा रहेका सवै वर्ग र जातजातिलाइ शान्तिर्पूवक जिउनको लागी समाजमा रहेका विभेदलाई न्यूनिकरण गर्नको लागी वकालत गर्ने, संस्थागत तथा व्यतिगत विकास गरी सुशासन कार्यन्वयनका लागी पहल गर्दै सुशासनको क्षेत्रमा नेतृत्व प्रदान गर्ने  र विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरिहरुको सशक्तिकरण गर्ने आदि जस्ता कार्यहरु आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको छ । हाल दिव्य विकास स्रोत केन्द्र र केयर नेपाल संगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा स्थानीय तहहरु पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकाहरुमा) यूएसएआइडीे एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजना संचालनमा छ ।

USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा  Association of Youth Organizations Nepal (AYON), Howard Delafield International HDI, Jhpiego, and Nepal CRS Company  संगको सयुक्त साझेदारीमा दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्साद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त बाताबरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यसै अनुरुप दिब्य बिकास स्रोत केन्द पर्साले केयर नेपालसंगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा पालिकाहरु पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य ARH परियोजना संचालन गरिरहेको छ । सोहि अन्तर्गत तपसिल अनुसारको स्थानका लागि उडान सहजकर्ता (Udaan Facilitator) पदमा योग्य र अनुभवी महिला उम्मेदवारहरु आवश्यक भएकोले इच्छुक स्थानीय महिला उम्मेदवारहरुले आवेदन, बायोडाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी सहित दिव्य विकास स्रोत केन्द्रको कार्यालय, वीरगंज–११, फुलवारी टोलमा समयभित्र आवेदन दिनहुन आह्वान गरिन्छ । आवेदन इमेलमार्फत vacancydycparsa@gmail.com पठाउन सकिने छ, वा कार्यालयमा उपस्थित भई दिन सकिने छ । 

कर्मचारी ( उडान सहजकर्ता ) कार्य विवरण

पदःउडान सहजकर्ता (Udaan Facilitator)
आवश्यक संख्या२ जना महिला (पोखरिया १ र बहुदरमाई १ जना)
योग्यताःबी.एड. वा सो सरह (स्नातक तह) उत्तीर्ण वा १०+२ उत्तीर्ण गरी कम्तिमा तीन वर्षको अनौपचारिक शिक्षा सम्बन्धि बिषयमा कार्य अनुभव भएको ।
उमेर हदः१८ देखि ४० वर्ष ननाघेको
सेवा सुविधाःसंस्थाको नियमानुसार।
आवेदन दिने अन्तिम मिति९ जेष्ठ २०८१, साँझ ५ः०० बजेसम्म 
परीक्षाको किसिमः 
लिखित र अन्तरर्वार्ता । (छोटो सूचि (Short List) मा छनौट भएका उम्मेदबारहरुलाई मात्र लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।)
परियोजनाःयूएसएआइडीे एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ
प्राथमिकतास्थानीय महिला, दलित, सिमान्तकृत समुदाय , कामको अनुभव र सम्बन्धित नगरपालिकाको आवेदक लाई बिशेष ग्राहयता दिईनेछ ।

मुख्य भूमिका तथा जिम्मेवारी(Main Duties/Responsibilities):

कार्यक्रम क्षेत्र
कार्य जिम्मेवारी
परिचालन
  • कार्यक्षेत्र भित्रका १० देखि १४ बर्षसम्मका विद्यालय छोडेका वा कहिल्यै विद्यालय नगएका किशोरीहरुको तथ्यांक संकलन गर्ने ।
  • मातृ विद्यालय तथा उडाने सेन्टर  संचालन का लागि सुरक्षित स्थान (Safe Space) छनौट गर्न सहजीकरण गर्ने उडान सेन्टरको दिवा खाजाका लागि तथा अन्य व्यवस्थापनको कार्य गर्ने । 
  • उडान सेन्टरका बालिकाहरुको उपस्थिति रुजु गरी फलोअपका लागि घरदैलो गर्ने । 
  • किशोरी समुहमा मासिक रुपमा अतिरिक्त क्रियाकलापहरु गराउने ।  
  • मासिक रुपमा अभिभावक समुहको बैठक तथा सत्र संचालन गराउने । 
  • परियोजनाको योजना अनुसार संचालन हुने बैठक, कार्यशाला, तालिम, सेमिनार, अभियान  आदिमा सहभागी हुने र संचालनमा सहयोग गर्ने 
उडान कक्षा संचालन तथा अनुगमन र मूल्याङ्कन गर्ने
  • नियमित रुपमा उडान कक्षा संचालन गर्ने र किशोरीहरुको प्रगति, सिकाईस्तरलाई निरन्तर निरीक्षण तथा मूल्यांकन गर्ने ।  
  • मासिक कार्ययोजना बनाउने र शैक्षिक सामाग्री तथा सुविधाहरुको नजिकबाट निगरानी  गर्दै सो को उपलब्धता समेत सुनिश्चित गर्ने ।
प्रतिबेदन तथा दस्तावेजीकरण
  • ARH GESI Officer लाई गतिविधिहरुको साप्ताहिक, मासिक, त्रैमासिक, अद्र्यवार्षिक, वार्षिक र् आवश्यकता अनुसारको रिपोर्टहरु तयार गर्न सहयोग गर्ने । 
  • विशिष्ट सिकाई परिणामहरुका ट्रयाकिङ्ग, मूल्यांकन र रिपोर्टिङ्ग तथा दस्तावेजीकरण गर्ने । 
  • कार्यक्रम कार्यान्वय सम्बन्धी कागजातहरु जस्तै: माइन्यूट, डाटाबेस परिणाम फाराम, घटना अध्ययन, सफलताको कथा लगायत लक्षित वर्गको जीवन परिवर्तन सम्बन्धी प्रमाणहरु संकलन गर्ने र रिपोर्टिङ्ग गर्ने । 
समन्वय तथा सहकार्य
  • सहज रुपमा परियोजना कार्यान्वयन तथा कार्यक्रमको प्रभावकारिताको लागि स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरुसंग नियमित रुपमा समन्वय तथा सहकार्य गर्ने ।
  • स्थानीय स्तरमा अभियानहरु (व्यक्तिगत घटना दर्ता, विद्यालय भर्ना अभियान, बालविवाह विरुद्धको अभियान)  संचालन गर्न स्थानीय सरकारसंग समन्वय गर्ने । 
  • विभिन्न सरोकारवाला र स्थानीय साझेदारहरु  आबश्यकता अनुसार  (गाउँ/नगर पालिका, वडा कार्यालय, शिक्षा समिति,  बाल संरक्षण समिति, विद्यालय, आदि) बैठक आयोजना गर्ने । 
अन्य
  • संस्थागत नीति, दिशा निर्देश, विनियम तथा नियमावलीलाई अनिवार्य रुपमा पालना गर्ने ।
  • बाल संरक्षण नीति, लैङ्गिक नीति, जालसाजी बिरुद्धको जस्ता नीतिलाई शुन्य सहनशीलता अन्तर्गत अनिवार्य रुपमा पालना गर्नुपर्ने । 
  • संस्था तथा परियोजनालाई आवश्यक पर्ने अन्य तोकिएको कार्य तथा जिम्मेवारीहरु पुरा गर्ने । 

दिव्य विकास स्रोत केन्द्र, पर्सा सँग बाल संरक्षण र सुरक्षा नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं । सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट दिव्य विकास स्रोत केन्द्रको नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आचार संहिता, सुरक्षा मापदण्ड प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भएको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।

नोटः महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, सिमान्तकृत समुदायवर्ग, बञ्चितिकरणमा परेको समुदायवर्ग तथा स्थानिय व्यक्तिहरुलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । दिव्य विकास स्रोत केन्द्रले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । 

दरखास्त पेश गर्ने स्थान 

दिब्य विकास स्रोत केन्द्र, पर्सा

वीरगंज–११, फुलवारी टोल, वीरगंज, पर्सा, नेपाल

सम्पर्क टेलिफोन: +९७७-०५१-५३४०५०/९८४१५१९२३२

Email: vacancydycparsa@gmail.com

Overview

Category Development Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 16 May, 2024
Apply Before 22 May, 2024
City Parsa