पद पुर्तिका लागि विज्ञापन गरिएको सूचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

जन जागरण युवा क्लब (JJYC), बारा

पद पुर्तिका लागि विज्ञापन गरिएको सूचना  ।

प्रथम पटक प्रकाशित मितिः २०८२/०४/३०

जन जागरण यूवा क्लब (JJYC), बाराद्वारा Save the Children/KOICA को सहयोगमा संचालन भईरहेको INSPIRE परियोजनाको लागि स्वयंसेवक  सहजकर्ता (Volunteer/Facilitators) को आवश्यकता रहेकोले ईच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाण–पत्र तथा तपसिलमा उल्लेख भए अनुसारका शैक्षिक योग्यता तथा अनुभवका प्रमाण–पत्रहरू संलग्न राखी यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा आ–आफ्नो आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ । दरखास्त बुझाउने अन्तिम दिन सरकारी विदा परेमा विदा पछि कार्यालय खुल्ने दिनलाई अन्तिम दिन मानिनेछ । छनौटमा परेका सहजकर्ताले संस्थाले खटाएको विद्यालयको सेवा क्षेत्रमा गएर काम गर्नु पर्ने छ ।

विज्ञापन नं. पदपद संख्यादरखास्त दस्तुरन्युनतम शैक्षिक योग्यताकैफियत
०१/०८२/८३स्वयंसेवक शिक्षक१२६निशुल्क प्रविणता प्रमाण पत्र तह वा +२ (शिक्षा संकाय)

मुख्य जिम्मेवारीः 

  • छनोट भएका सहजकर्ताहरूले TOR अनुसार सत्र सञ्चालन गर्नुपर्नेछ र निम्न कार्यहरू गर्नुपर्नेछः
  • कक्षा ४ र ५ मा अध्यनरत बालबालिका मध्ये अधारभुत तहभन्दा न्यून सिकाइ, अधारभुत तहको सिकाई र औसतभन्दा कम सिकाइ अवस्थाका विद्यार्थी निर्धारीत प्रकृया बमोजिम छनौट गर्नुपर्नेछ । 
  • छनौट भएका बालबालिकाहरूलाई ३ महिना निरन्तर रुपमा  सिकाई योजना बानाई सत्रहरू सञ्चालन गर्नुपर्नैछ । (बिदाको दिन बाहेक, नेपालि, अंग्रेजी, गणित र विज्ञान तथा प्रविधि)
  • सत्र सञ्चालन समय र स्थान बालबालिका, अभिभावक र शिक्षकहरूसँग समन्वय गरी  निर्धारण गर्नुपर्नेछ ।
  • स्थानीय सिकाइ सामग्रीहरू प्रयोग गरेर घरमा सिकाइ कुना स्थापना गर्न बालबालिकाहरूलाई सहयोग गर्ने ।
  • संस्थाद्वारा प्रदान गरिएका शैक्षिक सामग्री प्रयोग गर्ने र बालबालिकाको उपस्थितिलाई नियमित रूपमा ट्र्याक गर्ने र सम्बन्धित विद्यालयहरूलाई सेयर गर्ने ।
  • बालबालिकाको मासिक रुपमा सिकाई उप्लब्धि परिक्षण गर्ने र संस्थालाई प्रतिवेदन दिनुपर्ने छ ।
  • मासिक रूपमा सत्र सञ्चालन पछि फिल्ड अधिकृतलाई रिपोर्ट पेश गर्ने ।

कार्य स्थान: महागढीमाई नगरपालिका, करैयामाई गाउपालिका, र देवताल गाउपालिका । 

करार अवधि: सन् २०२५ डिसेम्बर सम्म । 

सेवा, सुविधा: सम्झौता तथा सर्तमा उल्लेख भए बमोजिम । 

छनौट प्रक्रिया: मौखिक ।

दरखास्त दिने अन्तिम मितिः २०८२/०५/०५ गते । 

दरखास्त बुझाउने स्थानः जन जागरण यूवा क्लब, बारा, कलैया–०१, गणेश टोलको कार्यालय । 

थप जानकारीको लागि कार्यालय समयमा जन जागरण यूवा क्लबको कार्यालय वा मो. नं. ९८४८०५६१०१ मा सम्पर्क गर्न सकिन्छ ।

नोटः स्वयंसेवक शिक्षक पदको लागि सम्बन्धित पालिकाहरुको सीमान्तकृत, महिला, विपन्न समुदायबाट मात्र आवेदकहरुले आवेदन दिन अनुरोध गरिन्छ तथा छनोटमा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाको लागि आमन्त्रित गरिनेछ ।

भवदीय

.....................

JJYC, बारा

Link: https://drive.google.com/uc?export=download&id=1Wl4SwXP1JljvJktfayNas3JYzeCeHwRS

Overview

Category Development Project, Teachers
Openings 123
Position Type Full Time
Position Level Volunteer
Experience Please check vacancy details.
Education Intermediate (10+2)
Posted Date 15 Aug, 2025
Apply Before 21 Aug, 2025
City Bara