Training Announcement

Women's Rehabilitation Centre (WOREC)

Details / requirements:

लुम्बिनी र मधेस प्रदेशका

मानव अधिकार रक्षकका लागि समष्टिगत सुरक्षा तालिमका लागि

आवेदन आह्वान

महिला पुर्नस्थापना केन्द्र (ओरेक) तथा मानव अधिकार र विकासका लागि एसियाली मञ्च (फोरम–एसिया) ले संयुक्त रूपमा लुम्बिनी र मधेस प्रदेशका मानव अधिकार रक्षकका लागि समष्टिगत सुरक्षा तालिमका लागि इच्छुक युवा मानव अधिकार रक्षकहरूबाट आवेदनको आह्वान गर्दछौं ।

तालिम आयोजना गरिने महिनाः जुलाई र अगष्ट २०२३

उद्देश्यः

  • मानव अधिकार रक्षकको समष्टिगत सुरक्षा क्षमता अभिवृद्धि गर्दै सहभागीहरूको भौतिक, संस्थागत, मनोसामाजिक तथा डिजिटल सुरक्षाबारेको बुझाइ अभिवृद्धि गर्ने । 
  • सङ्गठित दृष्टिकोणका साथ समष्टिगत सुरक्षा अभ्यासको अवलोकन गर्ने,
  • मानव अधिकार रक्षकका लागि समष्टिगत सुरक्षा तालिमको स्थानीय प्रशिक्षक बन्ने अवसर प्रदान गर्ने,

सहभागी छनौटका आधारहरू:

  • २८ वर्ष भन्दा कम उमेर भएको ।
  • विविध लैङ्गिक पहिचानका युवा मानव अधिकार रक्षकहरू,
  • मानव अधिकार सम्बन्धी आफुले गर्ने कार्य तथा  आफ्नो लैंगीक , बर्गीय तथा जातीय पहिचान का कारण अधिकतम जोखिममा रहेका मानव अधिकार रक्षकहरू (जमिन तथा वातावरण अधिकार रक्षक, आदिवासी जनजाति अधिकार रक्षक, महिला मानव अधिकार रक्षक, लैङ्गिक अल्पसङ्ख्यक अधिकार रक्षक, दलित अधिकार रक्षक, अपाङ्गता अधिकार रक्षकहरू आदि)
  • क्षमता अभिवृद्धिको अवसरबाट पछाडि पारिएका मानव अधिकार रक्षकहरु,
  • सुरक्षा तथा संरक्षण लगायतका मानव अधिकारका विशिष्ट सवालबारे सङ्घीय, प्रादेशिक तथा स्थानीय तहमा अन्य मानव अधिकार रक्षक तथा नागरिक समाजका संघसंस्थासँग समन्वयकारी भूमिका निर्वाह गरेको अनुभव भएका ।
  • बिगतमा मानव अधिकार सम्बन्धी तालिम संचालन गरेको व्यवहारिक अनुभव भएको तथा उक्त तालिममा सहभागी भएका मानव अधिकार रक्षकहरु, 
  • द्वन्द्व प्रभावित, पीडित संजाल वा संस्थामा आबद्ध रही द्वन्द्वपछिको अवस्थामा न्यायको पहुँचका लागि क्रियाशील रहेका मानव अधिकार रक्षकहरू ।

नोटः 

  • तालिममा सहभागिताको आवेदन दिन सबै मानव अधिकार रक्षकहरू योग्य रहनेछन् । यधपी माथिका मापदण्ड पूरा गरेका आवेदकहरूलाई प्राथमिकता दिइनेछ ।
  • छनौट भएका आवेदकहरुलाई मात्र तालिमका लागि सम्पर्क गरिनेछ ।

आवदेन फारम भरेर निम्न तरिकाबाट आवेदन दिन सकिनेछ,

  • Application Form.docx मार्फत फारम डाउनलोड गरेर bikash@worecnepal.org मा पठाउन सकिनेछ ।
  • https://forms.office.com/Pages/ResponsePage.aspx?id=SjhSOIHLDEqsZsGNrdrmK2m6OKBBFb9FgOjlxKbgRmdUNzlFUlU3QjBDM081OVVaOVUzMFJINE9INC4u मार्फत क्लिक गरी अनलाइन पनि भर्न सकिनेछ । 
  • आवेदन दिने अन्तिम म्याद जुलाई २१, २०२३ सम्म रहेको छ ।
  • फर्म भर्ने क्रममा केहि समस्या आएमा ओरेकको काठमाडौं कार्यालयको ०१–५१८६३७४, ०१–५१८६०७४ वा ९८५२८३३२७०, ९८६२१७९७२९ मा सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ ।

Overview

Category Educational Training, Development and Project
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 17 Jul, 2023
Apply Before 21 Jul, 2023
City Lalitpur