कार्यालय सहयोगी (कुक तथा सफाई कर्ता)
S.W. Nepal Pvt. Ltd. (Scott Wilson Nepal/SWN) is a wholly Nepali-owned multidisciplinary research and infrastructure development consulting service provider. Since 2000, SWN has been working with multiple development partners and the Government of Nepal, delivering quality outputs in the design and management of locally and government-led projects and programs. The projects are focused on local organization capacity development strengthening local government capabilities, green resilient infrastructure development, and monitoring and evaluation (M&E) of the projects and programmes.
Details / requirements:
कर्मचारीको आवश्यकता
कार्यालय सहयोगी (कुक तथा सफाई कर्ता)
यस कम्पनी एस. डव्लु. नेपाल प्रा. लि. को लागि एक जना कार्यालय सहयोगी (कुक तथा सफाई कर्ता)को आवश्यकता रहेको छ । उक्त पदको लागि इच्छुक व्यक्तिले यस कार्यालयको इमेल info@swnepal.com.np मा २०८२।०२।१९ (2 June 2025) गते सम्ममा आफ्नो वायोडाटा (Bio-data) पठाउनहुन आग्रह गर्दछौँ ।
१. कार्यालय सहयोगीको योग्यता:
कक्षा १० वा सो भन्दा माथि उतीर्ण भएको ।
२. कार्यालय स्थान:
पानीपोखरी, कृष्णधारा मार्ग महाराजगञ्ज, काठमाडौं, नेपाल (नेपाल प्रहरी अस्पताल नजिक)
३. कार्यालयको समय:
बिहान ८:३० देखी बेलुका ६ बजे सम्म रहनेछ ।
४. तलव:
योग्यता र अनुभवको आधारमा तलव निर्धारण गरिने छ ।
५. कार्यसुची:
- दिनहुँ कार्यालयका कर्मचारीको लागि खाना तयार गर्ने
- आवश्यकता अनुसार कर्मचारी तथा पाहुनाको लागि चिया, कफि बनाउने र पुर्याउने
- कार्यालयमा कुनै कार्यक्रम भएमा आवश्यकता अनुसार कलेवा, नास्ता, दिनको खाना वा रातको खाना तयार पार्ने
- भान्छा र भाँडा सफा राख्ने
- कार्यालय कम्पाउण्ड साथै कोठाहरूको दिनहुँ सरसफाइ गर्ने
- शौचालय सफा राख्ने
- झ्याल ढोकाको साँचो राम्रोसँग लगाउने, बेलुका सबै कोठाको बत्ती निभाउने तथा बिहान ढोका, झ्याल, पर्दा खोल्ने
- फुलका विरुवाको हेरचाहा गर्ने तथा बगैचा सफा राख्ने
- कार्यालयको विभिन्न सरसामानको रेखदेख गर्ने तथा मर्मत संभारमा सहयोग गर्ने
- कर्मचारीलाई आवश्यक सरसहयोग गर्ने र सबैप्रति जिम्मेवार रहने
- आगलागी, भुईचालो जस्ता बिपत्तिको पूर्व तयारी र सुरक्षा सम्बन्धि समन्वय गर्ने ।
८९ कृष्णधारा मार्ग, महाराजगञ्ज, काठमाडौं, नेपाल, फोन: +९७७-१-४५१११५६, ९८५१२२१५०३, info@swnepal.com.np (सोमबार देखि शुक्रबार, बिहान ९ बजे देखि साँझ ५:३० बजे सम्म)
Overview
Category | Development and Project, Office Assistant |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | SLC / SEE, 10th Pass |
Posted Date | 23 May, 2025 |
Apply Before | 02 Jun, 2025 |
City | Kathmandu |