दरभाउपत्र आह्वानको सुचना
Details / requirements:
कर्णाली सामुदायिक विकास केन्द्र
गमगढी, मुगु
२०६२
दरभाउपत्र आह्वानको सुचना ।
प्रथम पटक प्रकाशित मिति: २०८३/०५/३१
CARE Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा कर्णाली सामुदायिक विकास केन्द्र (KCDC), मुगुद्बारा खत्याड गाउँपालिका वडा नं. ७, रामतडी मुगुमा Nurture Every Future- Poshan परियोजना संचालन भइरहेको छ। यस परियोजनाअन्तर्गत आवश्यक खाद्य तथा अन्य सामग्रीहरू आपूर्ति गर्न इच्छुक मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएका उत्पादक, अधिकृत विक्रेता तथा वितरकहरूबाट यो सूचना प्रकाशित भएको मिति ७ (सात) दिनभित्र देहायबमोजिमका शर्तहरूको अधीनमा रही दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
१. आवश्यक सामग्री तथा अनुमानित परिमाण
| क्र.सं. | सामग्रीको नाम | एकाइ | अनुमानित परिमाण | विवरण |
| १ | कुखुराको अण्डा | क्रेट | ६२ | कुखुराको अण्डा मिडियम साइज |
| २ | दाल | किलो | ६२ | मुङ्ग दाल वा मासको वा सिमि को २ किलोको प्याकेट वा १ किलोको प्याकेट, उपभोग्य मिति स्पष्ट उल्लेख भएको |
| ३ | घिउ | किलो | ६२ | गाई वा भैंसीको १ वा आधा किलोको बट्टामा उपभोग मिति उल्लेख भएको |
| ४ | झोला | वटा | ६२ | नाइलन वा फाइबरको झोला, माथि उल्लेखित सामग्री अट्ने क्षमताको |
नोट: माथि उल्लिखित सामग्रीहरूको माग परिमाणमा आवश्यकताअनुसार १० प्रतिशतसम्म घटबढ हुन सक्नेछ।
२. दरभाउपत्र पेश गर्ने शर्तहरू
१. दरभाउपत्र फारम कर्णाली सामुदायिक विकास केन्द्र (KCDC), खत्याड गाउँपालिका–७, रामतडी, मुगुस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
२. आपूर्तिकर्ताले फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
३. स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
४. व्यवसाय सञ्चालन इजाजतपत्र वा सम्बन्धित निकायमा दर्ता/नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
५. आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
६. दरभाउपत्र सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। खामको बाहिर आपूर्तिकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ।
७. तोकिएको समयसीमा नाघी प्राप्त भएका, अपूर्ण रहेका वा आवश्यक कागजातहरू संलग्न नभएका दरभाउपत्रहरू स्वतः अमान्य मानिनेछन्।
८. प्राप्त दरभाउपत्रहरूलाई संस्थाको प्रचलित खरिद प्रक्रिया तथा आवश्यकताअनुसार पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने अधिकार संस्थामा निहित रहनेछ।
९. दररेट नेपाली रुपैयाँमा उल्लेख गर्नुपर्नेछ।
१०. पेश गरिएको दरमा ढुवानी खर्च समावेश भएको हुनुपर्नेछ।
११. आपूर्ति गरिने खाद्य सामग्रीहरू तोकिएको गुणस्तर तथा विवरणअनुसारको हुनुपर्नेछ। गुणस्तर वा विवरणअनुरूप नभएका सामग्रीहरू संस्थाले अस्वीकार गर्न सक्नेछ।
१२. सफल आपूर्तिकर्ताले संस्थाबाट खरिद आदेश (Purchase Order) प्राप्त गरेपछि तोकिएको समयभित्र सामग्री आपूर्ति गर्नुपर्नेछ।
१३. सामग्री कर्णाली सामुदायिक विकास केन्द्र (KCDC), खत्याड गाउँपालिका–७, रामतडी, मुगु स्थित कार्यालयमा आपूर्ति गर्नुपर्नेछ।
१४. सामग्री आपूर्ति भएपछि संस्थाबाट आवश्यक गुणस्तर तथा परिमाण परीक्षण/प्रमाणीकरण गरिएपश्चात् संस्थाको प्रचलित प्रक्रिया बमोजिम भुक्तानी गरिनेछ।
३. दरभाउपत्र पेश गर्ने अन्तिम मिति तथा माध्यम
इच्छुक आपूर्तिकर्ताहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र अर्थात् २०८३/०६/०६ गते कार्यालय समयभित्र आफ्नो दरभाउपत्र पेश गर्नुपर्नेछ।
दरभाउपत्र पेश गर्ने माध्यम:
इमेलमार्फत: procurementposhankcdc@gmail.com
प्रत्यक्ष रूपमा:
कर्णाली सामुदायिक विकास केन्द्र (KCDC)
खत्याड गाउँपालिका–७, रामतडी, मुगु
४. थप जानकारीका लागि
कर्णाली सामुदायिक विकास केन्द्र (KCDC)
गमगढी कार्यालय तथा खत्याड फिल्ड कार्यालय
खत्याड गाउँपालिका–७, रामतडी, मुगु
सम्पर्क नं.: ९८४७४६५३१८
इमेल: procurementposhankcdc@gmail.com
LINK: RFQ_ Food Package_poshan.xlsx
कर्णाली सामुदायिक विकास केन्द्र (KCDC)
Nurture Every Future – POSHAN Project
गमगढी, मुगु
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 16 Sep, 2026 |
| Apply Before | 22 Sep, 2026 |
| City | Mugu |