Technical Mobilizer

Rajpur Drinking Water and Sanitation Management Board

Details / requirements:

राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड

Rajpur Drinking Water and Sanitation Management Board

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८०/०६/०९ गते)

राजपुर नगरपालिका भित्रका खानेपानी आयोजनाहरूको दीगो व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि नगरपालिकामा राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड ऐन २०७९ अन्तर्गत राजपुर नगर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन भएको छ । उक्त बोर्डका कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयनका लागि देहाय बमोजिमको कर्मचारी करारमा भर्ना गर्न आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र रीतपूर्वकको दरखास्त आव्हान गरिन्छ ।

क्र.स.

विज्ञापन नम्बर

समूह

पद/तह

माग पद संख्या

आवश्यक न्यूनतम शैक्षिक योग्यता

०२/०८०/०८१

Wash

Technical Mobilizer

१ जना

प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको । सम्बन्धित विषयमा कम्तिमा २ बर्षको अनुभव भएको ।

परीक्षाको किसिम:- लिखित, सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्ता ।

लिखित परिक्षा र अन्तर्वाता कार्यक्रम तालिका: २०८०।०६।१५ गते  

स्थान: ग्रामीण विकास केन्द्र नेपाल को कार्यालय गौर रौतहट

दरखास्त दिने अन्तिम मितिः २०८०।०६।१४ गते साँझ ५:०० बजेसम्म । यदि उक्त दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको साँझ ५ बजे सम्म ।

दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरूको (Reference) नाम, सम्पर्क नम्बर, इमेल ठेगाना सहितको वायोडाटा (व्यक्तिगत विवरण) तथा निवेदन लिई कार्यालयमा स्वयम् वा हुलाक अथवा ईमेल  मार्फत दरखास्त दिन सकिने छ । म्याद नाघि आएका वा रीत पुरा नगरेका निवेदनहरू उपर कुनै कार्यवाही हुने छैन । संस्थाले पुर्ण वा आंशिक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफुमा निहित गर्दछ ।

दरखास्त दस्तुर: रु. ५००/-

दस्तुर बुझाउने विधि:

खाता वालाको नामः Rajpur Drinking Water and Sanitation Management Board

खाता नं.: ४३६२५२४०२००१५८

बैंकको नामः नेपाल एसबिआई बैंक लिमिटेड......मा जम्मा गरेको सक्कल भौचर अथवा Online Payment गरेको खण्डमा दस्तुर जम्मा गरेको निस्सा दरखास्त फारम साथ समावेश गर्नुपर्ने छ ।

दरखास्त दस्तुर बुझाउने अवधि:-

२०८०।०६।१४ गते कार्यालय समयभित्र । यदि दरखास्त बुझाउने दिन सार्वजनिक बिदा परेमा सो पछि कार्यालय खुल्ने दिनको  कार्यालय समय भित्र ।

आवश्यक कागजातहरू:

शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू, तालिमका प्रमाणपत्रका प्रतिलिपिहरू, अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू, व्यवसायिक अनुमति प्रमाणपत्रका प्रतिलिपिहरू र नागरिकता प्रमाणपत्रको प्रतिलिपि लगायतका  कागजातहरू दरखास्तसाथ संलग्न गर्नुपर्ने छ । प्रचलित नेपाल कानुन बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि आवश्यक पर्नेमा सो समेत संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिहरूको पछाडि उम्मेदवार स्वयमले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।

उम्मेदवारको उमेरको हद:- २०८०।०६।१४ सम्म १८ वर्ष उमेर पुरा भै ४० वर्ष ननाघेको र महिला तथा अपाङ्गता उम्मेदवारहरूको हकमा ४५ वर्ष ननाघेको ।

सेवा सुविधा: नेपाल सरकारको (साहायक चौथो तह) प्रचलित स्केल रहनेगरी राजपुर  खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुनेछ ।

कार्य अवधीः टेक्निकल मोबिलाइजर को कार्य अवधी १ महिना  हुने छ । कार्य मुल्याङ्कनको आधारमा कर्य अवधी थप हुन सक्ने छ ।

नोटः संस्थाले साकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग तथा स्थानियलाई प्राथमिकता दिइने छ ।

आवश्यक न्यूनतम योग्यता तथा कार्य अनुभवः

१. नेपाली नागरिक ।

२. अनुभवको हकमा कम्तीमा दुई वर्ष खानेपानी पाइपलाईन, सोलार र विद्युतीय कार्य अनुभव भएको ।

३. अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।

४. समुदाय, उपभोक्ता तथा खानेपानी व्यवस्थापन बोर्डसँग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेतना भएको 

५. हाल कुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको । 

६. आधारभुत कम्प्यूटर सम्बन्धी ज्ञान भई वर्ड, एक्सेल, इमेल, इन्टरनेट, पावर प्वाइन्टमा निपुर्ण भएको साथै नेपाली र अंग्रेजीमा राम्रोसँग टाइप गर्न जान्ने । 

७. खानेपानी, सरसफाई तथा स्वच्छता (WASH), खानेपानी व्यवस्थापन र सुशासन सम्बन्धी ज्ञान भएको ।

८. नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशल भएको ।

जिम्मेवारी/कार्य विवरणः

१. बोर्डमा हस्तान्तरण भएका वा हुने खानेपानी आयोजनाहरूको आवश्यकता अनुसार पाईप लाइन ,घरधुरी जडान ,मिटर फिटिङ्गको  अनुगमन तथा कार्यान्वयन गर्ने गराउने ।

२. नयाँ तथा पुराना खानेपानी आयोजनाको निर्माण तथा मर्मत सम्भारको कार्य गर्ने गराउने ।

३. नगरपालिका क्षेत्र भित्र रहेका आयोजनाहरूको निर्माण तथा मर्मत सम्भारका लागि प्राथमिकताक्रम तयार गरिएका बोर्डमा हस्तान्तरण गराउन सहजीकरण गर्ने ।

४. मर्मत सम्भार तथा नयाँ निर्माणको लागी तयार भएका आयोजनाको लागी आवश्यक बजार तथा स्थानिय सामाग्रीहरूको सामाग्री माग फाराम,सामाग्री प्राप्ती सुचि तयार पार्ने र सम्बन्धित आयोजनामा लैजानु अगावै सँख्या र गुणस्तर चेकजाँच गर्ने ।

५. समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी चेतनामूलक अभिमूखीकरण कार्यक्रमहरूमा सहजीकरण गर्ने ।

६. आफू मातहतका प्राविधिक कर्मचारीहरूको कार्ययोजना तयार पारी सफल कार्यान्वयनमा मार्गदर्शन गर्ने ।

७. नगरपालिका क्षेत्रभित्र खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने अन्य गैरसरकारी संघ संस्थाका प्राविधिकहरूसँग समन्वय गर्ने ।

८. बोर्डको मातहतमा रहने प्राविधिक औजार तथा उपकरणहरूको सुरक्षित भण्डारण, प्रयोग तथा परिचालनमा सहजीकरण गर्ने ।

९. बोर्डको आवश्यकता बमोजीम व्यवस्थापक र सम्बन्धित सुपरभाईजरको निर्देशन बमोजिम अन्य कार्यहरु गर्ने गराउने । 

१o. खानेपानी आयोजना तथा ग्राहकहरूको सम्पुर्ण विवरण Water Mark software मा अद्यावधिक गर्ने सहयोग गर्ने ।

दरखास्त पेश गर्ने स्थान

राजपुर खोपानी तथा सरसफाई व्यवस्थापन बोर्डको कार्यालय

राजपुर नगरपालिका वडा नं. २

इमेलः rdsmb2079@gmail.com

सम्पर्क नं. ९८५५०४३६०२

९८०९१८९३३२

Overview

Category Technical, Development and Project
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Diploma / CTEVT Course
Posted Date 26 Sep, 2023
Apply Before 01 Oct, 2023
City Madhesh Province, Rautahat